इस्राएलीहरूलाई मोशाको आशीर्वाद
33
अनि जुन आशीर्वाद परमेश्वरका जन मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलीहरूलाई दिए, त्यो आशीर्वाद यही हो;2 अनि उनले भने: “परमप्रभु सिनाईबाट आउनुभयो र सेईरबाट तिनीहरूकहाँ उदय हुनुभयो; उहाँ पारान पहाड़बाट चम्कनुभयो; अनि उहाँ लाखौं पवित्र जनहरूसित आउनुभयो; उहाँको दाहिने हातबाट तिनीहरूका निम्ति अग्निमय व्यवस्था निस्क्यो। 3 हो, उहाँले आफ्नो प्रजालाईक प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंको हातमा छन्; अनि तिनीहरू तपाईंका पाउनिर बस्छन्; हरेकले तपाईंका वचनहरूबाट ग्रहण गर्नेछ। 4 मोशाले हामीलाई व्यवस्था दिएख अर्थात् याकूबको समुदायको पैतृक सम्पत्ति दिए।ख 5 अनि जब प्रजाका अगुवाहरू र इस्राएलका कुलहरू एकसाथ भेला भए, तब उहाँ यशूरूनमा राजा हुनुहुन्थ्यो।
6 रूबेन जीवित रहोस्, र नमरोस्; अनि उसका जनहरू थोरै नहोऊन्!”
7 अनि यो यहूदाको आशीर्वाद हो; अनि उनले भने:
“हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस् र उसलाई उसका जनहरूकहाँ ल्याउनुहोस्! उसका निम्ति उसका हातहरू नै पर्याप्त होऊन्; अनि तपाईं उसका शत्रुहरूको विरोधमा उसका निम्ति सहायक बन्नुहोस्!” 8 अनि लेवीको विषयमा उनले भने: “तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको पवित्रग जनसँग रहोस्, जसलाई तपाईंले मस्सामा जाँच्नुभयो, जससँग तपाईंले मरीबाको पानीनिर झगड़ा गर्नुभयो; 9 जसले आफ्ना बुबा र आफ्नी आमाको विषयमा भन्यो: ‘मैले उनीहरूलाईघ देखेको छैनँ’; न ता उसले आफ्ना दाजुभाइहरूलाई नै आफ्नो मान्यो, न ता आफ्नै छोराछोरीहरूलाई चिन्यो; किनकि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् र तपाईंको वाचा कायम राखेका छन्।
10 तिनीहरूले याकूबलाई तपाईंका नियमहरूङ र इस्राएललाई तपाईंको व्यवस्था सिकाउनेछन्; तिनीहरूले तपाईंको सामु धूप र तपाईंको वेदीमाथि सर्वाङ्ग होमबलि चढ़ाउनेछन्। 11 हे परमप्रभु, उसको धनसम्पत्तिमा आशिष् दिनुहोस्, र उसका हातको काम ग्रहण गर्नुहोस्; उसको विरोधमा उठ्नेहरू र उसलाई घृणा गर्नेहरूको कम्मरमा हिर्काउनुहोस्, र ती फेरि उठ्न नसकून्!”
12 अनि बिन्यामीनको विषयमा उनले भने: “परमप्रभुको प्रियजन उहाँको छेउमा सुरक्षित बस्नेछ; परमप्रभुले उसलाई दिनभरि ढाकिराख्नुहुनेछ; अनि ऊ उहाँका काँधहरूको बीचमा बस्नेछ।”
13 अनि यूसुफको विषयमा उनले भने:
“उसको देश परमप्रभुद्वारा आशिषित होस् – आकाशका बहुमूल्य थोकहरूले, शीत र मुनि दबेर बसेको गहिरो सागरले, 14 अनि सूर्यद्वारा उब्जाइएका बहुमूल्य फलहरूले, र चन्द्रमाद्वारा उमारिएका बहुमूल्य थोकहरूले, 15 अनि प्राचीन पर्वतहरूका सर्वश्रेष्ठ थोकहरूले र अनन्त डाँड़ाहरूका बहुमूल्य थोकहरूले, 16 अनि पृथ्वीका बहुमूल्य थोकहरू र त्यसको भरपूरीले, साथै उहाँको निगाहलेच, जसले काँड़े पोथ्रामा वास गर्नुभयो, यूसुफको शिरमाथि, अँ, उसैको थाप्लोमाथि आओस्, जो आफ्ना दाजुभाइहरूबाट अलग पारिएका थिए। 17 उसको महिमा उसको गाईको पहिलो जन्मेकोजस्तो छ; अनि उसका सिङहरू अर्नाकाछ सिङहरूजस्ता छन्; तीद्वारा उसले जातिहरूलाई एकसाथ पृथ्वीका छेउ-छेउसम्म घचेट्नेछ; अनि यिनीहरूचाहिँ एप्रैमका लाखौंलाख हुन्, र यिनीहरू नै मनस्सेका हजारौंहजार हुन्।”
18 अनि जबूलूनको विषयमा उनले भने:
“हे जबूलून, तिमी बाहिर जाँदा आनन्द मनाऊ! अनि हे इस्साकार, तिम्रा पालहरूभित्र आनन्द मनाऊ! 19 तिनीहरूले जाति-जातिहरूलाई पहाड़मा बोलाउनेछन्; त्यहाँ तिनीहरूले धार्मिकताका बलिहरू चढ़ाउनेछन्; किनकि तिनीहरूले समुद्रहरूको भरपूरी र बालुवामा लुकेका धन चुस्नेछन्।”
20 अनि गादको विषयमा उनले भने: “जसले गादलाई बढ़ाउँछ, त्यो धन्यको हो; ऊ सिंहनीझैं बस्छ, र उसले थाप्लोसँगै पाखुरालाई च्यातचुत पारिदिन्छ। 21 अनि उसले आफ्ना निम्ति पहिलो भाग प्रबन्ध गर्यो; किनभने त्यहाँ व्यवस्थापकको भाग छुट्याएर राखिएको थियो; ऊ प्रजाका अगुवाहरूको साथमा आयो; उसले परमप्रभुको धार्मिकता र नियमहरूज इस्राएलमा लागू गरायो।”
22 अनि दानको विषयमा उनले भने:
“दान त सिंहको डमरु हो; ऊ बाशानबाट झम्टेर आउनेछ।”
23 अनि नप्तालीको विषयमा उनले भने:
“हे नप्ताली, निगाहले तृप्त भएको र परमप्रभुको आशिष्ले भरपूर! तिमी पश्चिम र दक्षिणलाई अधिकार गर!”
24 अनि आशेरको विषयमा उनले भने: “आशेरचाहिँ छोराछोरीहरूले आशिषित होस्; ऊ आफ्ना दाजुभाइहरूमा ग्रहणीयझ होस्; अनि उसले आफ्नो पाउ तेलमा चोपोस्! 25 तिम्रा जुत्ताहरू फलाम र पित्तल होऊन्; अनि जस्ता तिम्रा दिनहरू, त्यस्तै तिम्रो शक्ति होस्!
26 यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन; तिम्रो सहायताका निम्ति उहाँ आकाशमाथि र आफ्नो प्रतापमाञ बादलहरूमाथि सवारी गर्नुहुन्छ। 27 अनन्त परमेश्वर तिम्रा शरणस्थान हुनुहुन्छ, र मुनिपट्टि अनन्त पाखुराहरू हुन्छन्; अनि उहाँले तिम्रो सामुबाट शत्रुलाई धपाउनुहुनेछ र भन्नुहुनेछ: ‘तिनीहरूलाई नष्ट गर!’ 28 तब इस्राएल एकलै सुरक्षित बस्नेछ; याकूबको मुहान अन्न र दाखरसको देशमा हुनेछ; उहाँको आकाशले पनि शीत तप्काउनेछ। 29 हे इस्राएल, तिमी धन्यका हौ; हे परमप्रभुद्वारा उद्धार पाएको जाति, तिमीजस्तो को छ र! उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ; अनि उहाँ तिम्रो प्रतापको तरवार हुनुहुन्छ! अनि तिम्रो सामु तिम्रा शत्रुहरू लुरुक्क पर्नेछन्,ट र तिमीले तिनीहरूका उच्च स्थानहरू कुल्चीमिल्ची पार्नेछौ।”ठ