मोशाको गीत
32
“हे आकाशहो, कान थाप, र म बोल्नेछु; अनि हे पृथ्वी, मेरो मुखका वचनहरू सुन्!2 मेरो शिक्षा झरीझैं तप्किनेछ, मेरो वाणी शीतझैं झर्नेछ, कलिलो घाँसमाथि सिमसिमे झरीझैं, र सागमातमाथि वर्षाहरूझैं;
3 किनभने म परमप्रभुको नाम प्रचार गर्नेछु; महान्ता हाम्रा परमेश्वरकै हो भनी गुणगान गर!
4 उहाँ चट्टान हुनुहुन्छ; उहाँको काम सिद्ध छ; उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्; उहाँ विश्वासयोग्यक र अधर्मरहित परमेश्वर हुनुहुन्छ; उहाँ धर्मी र सीधा चालका हुनुहुन्छ।
5 तिनीहरूले आफैलाई भ्रष्ट पारेका छन्; तिनीहरू उहाँका छोराछोरी होइनन्, तिनीहरू कलङ्क हुन्; तिनीहरू एउटा कुटिल र टेढ़ा पुस्ता हुन्।
6 हे मूर्ख र निर्बुद्धि मानिसहरूहो, के तिमीहरू परमप्रभुलाई यसरी नै बदला दिन्छौ? के उहाँ तिम्रा पिता हुनुहुन्न, जसले तिमीलाई किन्नुभयो? के उहाँले नै तिमीलाई बनाउनुभएको र स्थापित गर्नुभएको होइन र?
7 उहिलेका दिनहरूको सम्झना गर, पुस्तौंपुस्ताका वर्षहरू विचार गर; आफ्ना बुबालाई सोध, र उनले तिमीलाई बताउनेछन्; तिम्रा वृद्धहरूलाईख सोध, र उनीहरूले तिमीलाई भन्नेछन्।
8 जब परमप्रधानलेग जाति-जातिहरूलाई तिनीहरूको अधिकारको भाग बाँड़िदिनुभयो, जब उहाँले आदमका सन्तानहरूलाई अलग-अलग पार्नुभयो; तब उहाँले इस्राएलीहरूको गन्तीअनुसार जाति-जातिका सिमानाहरू ठहराउनुभयो।
9 किनकि परमप्रभुको भागचाहिँ उहाँको प्रजा हो; याकूब नै उहाँको पैतृक सम्पत्तिरूपी भागघ हो।
10 उहाँले उसलाई उजाड़स्थानमा, अँ, निर्जन, हुरुरुरु गर्दै गुन्जने मरुभूमिमा भेट्टाउनुभयो; उहाँले उसलाई घेर्नुभयो; उहाँले उसलाई शिक्षा दिनुभयो; उहाँले आफ्नो आँखाको नानीलाई झैं उसको रक्षा गर्नुभयो।
11 जसरी गरुड़ले आफ्नो गुँड़ घचघच्याउँछ, आफ्ना बच्चाहरूमाथि पखेटा फरफराउँछ, आफ्ना पखेटाहरू फैलाएर तिनीहरूलाई उठाउँछ, तिनीहरूलाई आफ्ना पखेटाहरूमाथि बोक्छ;
12 त्यसरी नै परमप्रभुले उसलाई एकलै डोर्याउनुभयो, अनि ऊसित अरू कुनै पराई देवता थिएन।
13 उसले खेतबारीहरूको उब्जनी खाओस् भनेर उहाँले उसलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूहुँदो सवार गराउनुभयो; उहाँले उसलाई चट्टानबाट मह र चकमकको चट्टानबाट तेल चुसाउनुभयो;
14 गाईको मक्खन,ङ भेड़ाबाख्राको दूध, भेड़ाका पाठाहरूको बोसो, बाशान जातिका भेड़ाहरू र बोकाहरू, साथै गहुँका मिर्गौलाको बोसो खुवाउनुभयो; अनि तिमीले अङ्गुरको चोखो रगत पियौ।
15 तर यशूरून्च मोटो भयो, र लात हान्यो; तिमी मोटा, हृष्टपुष्ट, बोसिला भयौ; तब आफूलाई बनाउनुहुने परमेश्वरलाई त्यागेर उसले आफ्नो उद्धारको चट्टानलाई तुच्छ ठान्यो।
16 पराई देवताहरू मानेर तिनीहरूले उहाँभित्र जलन पैदा गरिदिए; घृणित कुराहरूद्वारा तिनीहरूले उहाँको रिस उठाए।
17 तिनीहरूले परमेश्वरका निम्ति होइन, तर दुष्ट आत्माहरूलाई, अँ, आफूले नजानेका देवताहरूलाई, भर्खरै निस्केका नयाँ देवताहरूलाई बलि चढ़ाए, जसको डर तिमीहरूका पितापुर्खाहरूले मान्दैनथिए।
18 जुन चट्टानले तिमीलाई जन्म दिनुभयो, उहाँलाई तिमीले वास्तै गरेनौ; अनि जुन परमेश्वरले तिमीलाई रच्नुभयो, उहाँलाई तिमीले बिर्सिदियौ।
19 अनि यो देखेर परमप्रभुले तिनीहरूलाई घृणा गर्नुभयो; किनकि उहाँका छोराहरू र उहाँका छोरीहरूले उहाँको रिस उठाइदिए।
20 अनि उहाँले भन्नुभयो: तिनीहरूदेखि म आफ्नो अनुहार लुकाउनेछु, तिनीहरूको अन्त के-कस्तो हुन्छ, सो म हेर्नेछु; किनकि तिनीहरू साह्रै टेढ़ा पुस्ता हुन्, सन्तानहरू हुन्, जससँग विश्वासयोग्यता छैन।छ
21 जो ईश्वर होइन, त्यसद्वारा तिनीहरूले मभित्र जलन पैदा गरिदिएका छन्; तिनीहरूले आफ्ना व्यर्थका कुराहरूद्वारा मलाई रिस उठाएका छन्; यसैले म पनि उनीहरूद्वारा, जो जाति नै होइनन्, तिनीहरूभित्र जलन पैदा गर्नेछु; एउटा मूर्ख जातिद्वारा म तिनीहरूको रिस उठाउनेछु।
22 किनकि मेरो रिसमा एउटा आगो सल्किसकेको छ, जुन आगो नरककोज पींधसम्म जल्नेछ, जसले पृथ्वीलाई त्यसको उब्जनीसित भस्म पार्नेछ र पहाड़हरूका जगमा आगो लगाउनेछ।
23 म तिनीहरूमाथि विपत्तिहरूको थुप्रो लगाउनेछु; म तिनीहरूमाथि आफ्ना काँड़हरू चलाएर सिद्ध्याउनेछु।
24 तिनीहरू भोकले क्लान्त हुनेछन् अनि जल्दो ताप र तीतो विनाशद्वारा भस्म हुनेछन्; अनि म तिनीहरूमाथि धूलोमा घस्रने सर्पहरूको विषको साथ जनावरहरूका दाँतहरू पठाउनेछु।
25 युवक र कन्या दुवैलाई, वृद्ध मानिसको साथमा दूधे बालकलाई पनि बाहिरबाटको तरवारले र भित्रबाटको त्रासले नष्ट पार्नेछन्।
26 म भन्नेथिएँ: म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु; म मानिसहरूको बीचबाट तिनीहरूको सम्झनाधरि मेटाइदिनेछु;
27 तर कहीं तिनीहरूका शत्रुहरूले गलत अर्थ लगाएर ‘हाम्रो हात नै उच्च छ; अनि परमप्रभुले यो सबै गर्नुभएको होइन’ भन्छन् कि भनेर म शत्रुको छेड़खानीदेखि डराएँ।
28 किनकि तिनीहरू एक सल्लाहहीनझ जाति हुन्, न ता तिनीहरूमा कुनै समझ छ।
29 तिनीहरू बुद्धिमान् भए त! तिनीहरूले यो बुझ्नेथिए, तिनीहरूले आफ्नो अन्त विचार गर्नेथिए!
30 तिनीहरूको चट्टानले नै तिनीहरूलाई नबेचेको भए, र परमप्रभुले तिनीहरूलाई नसुम्पिनुभएको भए कसरी एकजनाले हजारलाई लखेट्छ र? तब कसरी दुईजनाले दस हजारलाई भगाउँछन् र?
31 किनकि तिनीहरूको चट्टान हाम्रा चट्टानजस्तो छैन, चाहे हाम्रा शत्रुहरू नै न्यायकर्ता किन नहोऊन्!
32 किनभने तिनीहरूको दाखको बोट सदोमको दाखको बोटबाटको हो र गमोराका खेतबारीहरूबाटको हो; तिनीहरूका अङ्गुरहरू पित्तका अङ्गुर हुन्, तिनीहरूका झुप्पाहरू तीता छन्।
33 तिनीहरूको दाखमद्य अजिङ्गरहरूको विष हो र साँभे साँपहरूको घातक विष हो। 34 के यो मसँग साँचेर राखिएको, मेरा धनसम्पत्तिहरूमध्ये मोहरछाप मारेर राखिएको होइन र?
35 साटो फेर्ने र बदला दिने काम मेरा हुन्; तिनीहरूको पाउ ठीक समयमा चिप्लनेछ; किनकि तिनीहरूको विपत्तिको दिन नजिकै छ, र तिनीहरूका निम्ति तयार गरेका कुराहरूले हतार गरिरहेका छन्।
36 किनभने जब परमप्रभुले तिनीहरूको शक्ति गएको, र कैदी वा स्वतन्त्र कोही नरहेको देख्नुहुन्छ, तब उहाँले आफ्नो प्रजाको न्याय गर्नुहुनेछ र आफ्ना दासहरूप्रति दया देखाउनुहुनेछ।’ञ
37 अनि उहाँले भन्नुहुनेछ: ‘तिनीहरूका देवताहरू अर्थात् तिनीहरूको चट्टान, जसमाथि तिनीहरूले भरोसा राख्थे, उनीहरू कहाँ छन्?
38 जसले तिनीहरूका बलिहरूको बोसो खान्थे र तिनीहरूका अर्घबलिहरूको दाखमद्य पिउँथे, उनीहरू नै उठून्, तिमीहरूलाई सहायता गरून् र तिमीहरूको सुरक्षा बनून्!
39 अब हेर, म, अँ, म उही हुँ; र मसित अरू कुनै देवता छैन; म मार्छु, र म नै जीवित पार्छु; म घायल पार्छु, र म नै निको पार्छु; अनि मेरो हातबाट छुटाउन सक्ने कोही पनि छैन।
40 किनकि म आफ्नो हात स्वर्गतिर उठाएर भन्छु: म सदा-सर्वदा जीवित हुन्छु!
41 मैले आफ्नो टलक्क टल्किने तरवारमा सान लाएँ भने, र आफ्ना हातले न्यायलाई बलियो गरी समातिराख्यो भने म मेरा विरोधीहरूलाई साटो फेर्नेछु, र मलाई घृणा गर्नेहरूलाई बदला दिनेछु।
42 म मेरा काँड़हरूलाई रगतले मताउनेछु; अनि मेरो तरवारले मासु खानेछ; मारिएकाहरू र कैदीहरूको, अँ, शत्रुका अगुवाहरूकोट कप्तानकोठ रगतले।’
43 हे जातिहरूहो, उहाँको प्रजाको साथमा रमाओ; किनकि उहाँले आफ्ना दासहरूको रगतको साटो फेर्नुहुनेछ, र आफ्ना विरोधीहरूलाई बदला दिनुहुनेछ, अनि आफ्नो देश र आफ्नो प्रजाका निम्ति प्रायश्चित गर्नुहुनेछ।”
मोशाको अन्तिम चेताउनी
44 मोशा आए, र त्यस गीतका सबै शब्दहरू मानिसहरूका कानमा भने – उनी र नूनका छोरा होशे।ड 45 अनि मोशाले सारा इस्राएललाई यी सबै वचनहरू भनिसिद्ध्याए; 46 अनि उनले तिनीहरूलाई भने: “जुन वचनहरू मैले आज तिमीहरूको बीचमा चेताउनी दिँदै भनें,ढ ती सबै वचनहरूमाथि आफ्नो हृदय लगाओ, यस हेतुले कि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई यस व्यवस्थाका सबै वचनहरू होशियारसाथ पालन गर्नू भनी आज्ञा देओ! 47 किनकि तिमीहरूका निम्ति यो व्यर्थको कुराण होइन; किनकि यो तिमीहरूको जीवन हो; अनि यही वचनद्वारा तिमीहरूले त्यस देशमा, जहाँ त्यसलाई अधिकार गर्न भनी तिमीहरू यस यर्दनपारि गइरहेका छौ, आफ्नो आयु बढ़ाउनेछौ।”
मृत्युको घड़ीमा मोशाले नबो पहाड़बाट कनान देश देख्ने मौका पाए
48 अनि त्यही दिन परमप्रभुले मोशालाई यसो भन्नुभयो: 49 “यस अबारीम पहाड़, नबो पहाड़माथि चढ़, जुन पहाड़ येरिहोको सामुन्ने मोआबको देशमा छ, अनि कनान देशलाई हेर, जुन देश म इस्राएलीहरूलाई अधिकारको भागको रूपमा दिन्छु; 50 अनि जसरी तिम्रा दाजु हारून होर पहाड़मा मरे र आफ्ना मानिसहरूकहाँ मिल्न गए, त्यसरी नै तिमी पनि यस पहाड़मा मर, जहाँ तिमी उक्लेर जाँदैछौ, र आफ्ना मानिसहरूकहाँ मिल्न जाऊ! 51 किनकि तिमीहरूले जीनको उजाड़स्थानमा मरीबा-कादेशको पानीनिर इस्राएलीहरूको बीचमा मेरो विरोधमा अपराध गर्यौ;त किनकि तिमीहरूले इस्राएलीहरूको बीचमा मलाई पवित्र पारेनौ। 52 तरै पनि तिमीले आफ्नो सामु त्यो देश देख्नेछौ; तर तिमी त्यस देशमा जान पाउनेछैनौ, जुन देश म इस्राएलीहरूलाई दिन्छु।”