अरू विभिन्न नियमहरू
22
“तिमीले आफ्नो जाति-भाइको गोरु वा उसको भेड़ा भड़्केर गएको हेरिनबस्नू, र तीबाट आफूलाई नलुकाउनू; तिमीले कुनै पनि रीतिलेक तिनलाई आफ्नो भाइकहाँ फर्काएर ल्याइदिनू! 2 अनि तिम्रो भाइ तिम्रो नजिकमा छैन, वा तिमीले उसलाई चिन्दैनौ भने तिमीले त्यसलाई आफ्नो घरमा ल्याउनू; अनि तिम्रो भाइले त्यसको खोज नगरुन्जेल त्यो तिमीसँग रहोस्! तब तिमीले त्यसलाई उसकहाँ फर्काइदिनू! 3 अनि उसको गधासँग पनि तिमीले यस्तै गर्नू; अनि उसको लुगासँग पनि तिमीले यस्तै गर्नू; अनि तिम्रो भाइका सबै हराएका थोकसँग, जो उसले हराएको छ र तिमीले भेट्टाएका छौ, तिमीले यस्तै गर्नू; तिमीले आफूलाई नलुकाउनू! 4 तिमीले आफ्नो भाइको गधा वा उसको गोरु बाटोमा लड़ेको हेरिनबस्नू; तिमीले आफूलाई नलुकाउनू; तिमीले कुनै रीतिले पनिख त्यसलाई उठाउनमा उसलाई सहायता गर्नू!5 पुरुषको वस्त्र स्त्रीले नपहिरोस्, न ता स्त्रीको वस्त्र पुरुषले पहिरोस्; किनभने यस्तो गर्नेहरू सबै परमप्रभु तिम्रा परमेश्वरका निम्ति घृणित छन्।
6 बाटोमा कहीं कुनै रूखमा वा भुइँमा बचेराहरू वा अन्डाहरू भएको चराको गुँड़ तिम्रो सामु पर्यो भने, जहाँ ती बचेराहरू वा अन्डाहरूमाथि माउ बसेको छ भने तिमीले ती बच्चाहरूसँगै त्यस माउलाई नलैजानू! 7 तर तिमीले कुनै रीतिले पनिख त्यस माउलाई छोड़िदिनू, र ती बच्चाहरू आफ्ना निम्ति लिनू, जसले गर्दा तिम्रो भलो होस्, र तिम्रो आयु लामो होस्!
8 जब तिमीले नयाँ घर बनाउँछौ, तब आफ्नो छानामा बार लगाउनू; नत्र त्यहाँबाट कोही खस्यो भने तिमीले आफ्नो घरानामाथिग रगतको दोषघ ल्याउनेछौ।
9 तिमीले आफ्नो दाखबारीमा दुई किसिमका बीउहरू नछर्नूङ, नत्र तिमीले छरेको बीउको उब्जनी र तिम्रो दाखबारीको फल अशुद्ध हुनेछन्। 10 तिमीले गोरु र गधालाई एकसाथ नारेर नजोत्नू! 11 तिमीले बेग्ला-बेग्लै किसिमको अर्थात् ऊन र सुती एकसाथ मिसिएको वस्त्र नलगाउनू!
12 तिमीले जुन वस्त्र ओढ़्छौ, त्यस वस्त्रका चारै किनारमा आफ्ना निम्ति झुम्काहरू बनाउनू!”
विवाहितामा कुमारीपनको माग
13 “कुनै मानिसले कुनै स्वास्नी ल्याउँछ र त्यसकहाँ जान्छ, अनि त्यसलाई घृणा गर्छ भने; 14 अनि त्यसको विरोधमा ‘मैले यस स्त्रीलाई विवाह गरें; अनि जब म त्यसकहाँ गएँ, तब मैले त्यसमा कुमारीपन पाइनँ’ भन्दै निन्दापूर्ण दोषहरू लाउँछ, र त्यसको बदनामी गर्छ भने, 15 त्यस केटीका बुबा र त्यसकी आमाले त्यस केटीको कुमारीपनका चिन्हहरू लिऊन् र बाहिर मूलढोकामा शहरका बूढ़ा प्रधानहरूकहाँ ल्याऊन्; 16 अनि त्यस केटीका बुबाले बूढ़ा प्रधानहरूलाई भनोस्: ‘मैले मेरी छोरी यस मानिसलाई स्वास्नी हुनका निम्ति दिएँ, अनि यसले उसलाई घृणा गर्छ; 17 अनि हेर्नुहोस्, “मैले तिम्री छोरीमा कुमारीपन पाइनँ” भन्दै यसले त्यसलाई निन्दापूर्ण दोषहरू लाउँछ; तरै पनि मेरी छोरीको कुमारीपनका चिन्हहरू यी हुन्।’ अनि तिनीहरूले शहरका बूढ़ा प्रधानहरूको सामु त्यो लुगा फैलाऊन्! 18 अनि त्यस शहरका बूढ़ा प्रधानहरूले त्यस मानिसलाई पक्रून्च, र त्यसलाई ताड़ना दिऊन्; 19 अनि उनीहरूले त्यसलाई एक सय शेकेल चाँदी जरिवाना लगाऊन्, र त्यस केटीका बुबालाई दिऊन्; किनकि त्यसले इस्राएलकी कन्यामाथि बदनामी ल्याएको छ; अनि त्यो त्यसैकी पत्नी बनिरहोस्; अनि त्यसले आफ्नो सारा जीवनभरि नै त्यसलाई त्याग्न नपाओस्! 20 तर यो कुरा सत्य ठहर्यो भने, र त्यस केटीको कुमारीपनका चिन्हहरू पाइएनन् भने, 21 उनीहरूले त्यस केटीलाई बाहिर त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र त्यसको शहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्, र त्यो मरोस्; किनकि त्यसले आफ्ना बुबाको घरमा वेश्याको काम गरेर इस्राएलमा बदनामी ल्याएकी छे; यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनू!”
परस्त्रीगमन र कुकर्म गर्नेको सजाय
22 कुनै मानिसलाई लोग्नेसँग विवाह भइसकेकी स्त्रीसँग सुतिरहेको पाइयो भने ती दुवै – त्यस स्त्रीसँग सुत्ने मानिस र त्यो स्त्री दुवै मारिऊन्;छ यसरी तिमीले इस्राएलबाट यो खराबी हटाइदिनू!
23 कुनै कन्याकेटीको मगनी कुनै मानिससित भएको छ; अनि शहरभित्र कुनै मानिसले त्यसलाई भेट्टायो र त्यससँग सुत्यो भने, 24 तिमीहरूले ती दुवैलाई बाहिर त्यस शहरको मूलढोकामा ल्याउनू, र तिनीहरूलाई ढुङ्गाले हान्नू, र ती मरून्; त्यस केटीलाई, किनकि शहरभित्र भएर पनि त्यो चिच्च्याइन; त्यस मानिसलाई, किनकि त्यसले आफ्नो छिमेकीकी पत्नीलाई होच्याएकोज छ; यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनू! 25 तर कुनै मानिसले मगनी भएकी केटीलाई मैदानमा भेट्टाउँछ, र त्यस मानिसले उसमाथि बल प्रयोग गरेर उससँग सुत्छ भने उससँग सुत्ने मानिस मात्र मारियोस्झ; 26 तर त्यस केटीलाई तिमीले केही नगर्नू! त्यस केटीमा मारिनञ लायकको कुनै पाप छैन; किनकि यो कुरा कुनै मानिसले आफ्नो छिमेकीमाथि जाइलागेर त्यसलाई मारेजस्तै हो। 27 किनकि त्यसले उसलाई मैदानमा भेट्टायो, अनि त्यो मगनी भएकी केटी चिच्च्याई, तर त्यहाँ उसलाई बचाउने कोही पनि थिएन।
28 कुनै मानिसले मगनी नभएकी कुनै कन्याकेटीलाई भेट्टाउँछ, उसलाई पक्रन्छ र उससँग सुत्छ; अनि ती भेट्टाइए भने, 29 उससँग सुत्ने त्यस मानिसले त्यस केटीको बुबालाई पचास शेकेल चाँदी देओस्, र ऊचाहिँ त्यसकी पत्नी बनोस्; किनकि त्यसले उसलाई होच्याएकोट छ; त्यसले आफ्नो सारा जीवनभरि नै उसलाई त्याग्न पाउनेछैन।
30 कसैले आफ्ना बुबाकी पत्नीलाईठ पत्नी नतुल्याओस्, न ता आफ्ना बुबाको वस्त्र उघारोस्!”