पूजाहारीहरू र लेवीहरूको भाग
18
“इस्राएलको साथमा लेवी पूजाहारीहरू र लेवीको सारा कुलको कुनै भाग वा कुनै पैतृक सम्पत्ति हुनेछैन; उनीहरूले आगोद्वारा चढ़ाइएका परमप्रभुका बलिहरू र उहाँको भागक खाऊन्! 2 यसकारण आफ्ना दाजुभाइहरूको बीचमा उनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्; उहाँले उनीहरूलाई भन्नुभएअनुसार परमप्रभु नै उनीहरूको पैतृक सम्पत्ति हुनुहुन्छ।3 अनि चाहे त्यो बहर होस्, वा भेड़ाबाख्रा होस्, मानिसहरूबाट अर्थात् बलि चढ़ाउनेहरूबाट पूजाहारीहरूको भागख यो हुनेछ: तिनीहरूले पूजाहारीलाई पाता, दुईवटा गाला र भुँड़ी दिऊन्! 4 तिम्रो अन्नको, तिम्रो दाखरस र तिम्रो तेलको पहिलो फल, साथै तिम्रा भेड़ाबाख्राको कत्रेको ऊनको पहिलो भाग तिमीले उसलाई दिनू! 5 किनकि परमप्रभुको नाममा सेवा गर्नका निम्ति खड़ा रहनलाई परमप्रभु तिम्रा परमेश्वरले उसलाई, अँ, उसलाई र उसका छोराहरूलाई सदाका निम्ति तिम्रा सबै कुलहरूबाट चुन्नुभएको छ।
6 अनि यदि कुनै लेवी सारा इस्राएलका तिम्रा मूलढोकाहरूमध्ये कुनै एउटाबाट जहाँ ऊ बस्थ्यो, निस्केर आउँछ भने – अनि ऊ आफ्नो मनको सम्पूर्ण चाहनाको साथ त्यस ठाउँमा आउँछ भने, जुन ठाउँ परमप्रभुले चुन्नुहुनेछ; 7 तब त्यहाँ परमप्रभुको सामु खड़ा रहने उसका सबै लेवी दाजुभाइहरूले गरेझैं उसले पनि परमप्रभु आफ्ना परमेश्वरको नाममा सेवा गरोस्! 8 उसको पैतृक सम्पत्तिको बिक्रीबाट जे आउँछ, त्यसबाहेक उनीहरूले खानका निम्ति बराबर भाग पाऊन्!”
जोखना हेर्ने र टुनामुना गर्ने जस्ता घृणित कामहरू गर्न नसिक!
9 “जब तिमी त्यस देशमा पुग्छौ, जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ, तब तिमीले ती जातिहरूका घृणित कामहरूअनुसार गर्न नसिक्नू! 10 तिमीहरूको बीचमा यस्तो कुनै मानिस नहोस्, जस्तै आफ्नो छोरा वा आफ्नी छोरीलाई आगोमा चढ़ाउनेग, जोखना हेर्ने, साइत हेर्ने, मन्त्रतन्त्र गर्ने, वा टुनामुना गर्ने, 11 अथवा मोहनी लाउने, भूतप्रेत खेलाउने, बोक्सेरो-विद्या जान्ने र मरेकाहरूलाई बोलाउनेघ। 12 किनकि यस्ता कामहरू गर्ने सबै परमप्रभुका निम्ति घृणित हुन्; अनि यी घृणित कामहरूकै कारणले गर्दा परमप्रभु तिम्रा परमेश्वरले तिनीहरूलाई तिम्रो सामुबाट धपाउनुहुन्छ। 13 तिमी परमप्रभु आफ्ना परमेश्वरप्रति सिद्ध हुनू! 14 किनभने जुन जातिहरूलाई तिमीहरूले कब्जाङ गर्नेछौ, तिनीहरूले साइत हेर्नेहरू र जोखना हेर्नेहरूको कुरा सुन्थे; तर तिमीलाई चाहिँ – परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई त्यस्तो गर्ने अनुमति दिनुभएको छैन।”
मोशाजस्तो अर्का एकजना भविष्यवक्ता उठ्नेछन्
15 “परमप्रभु तिम्रा परमेश्वरले तिम्रै बीचबाट, तिम्रै दाजुभाइहरूबाट मजस्तै एकजना भविष्यवक्ता तिम्रा निम्ति खड़ा गर्नुहुनेछ; तिमीहरूले तिनकै कुरा ध्यानसित सुन्नू – 16 तिमीले होरेबमा, सभाको दिन ‘मैले परमप्रभु मेरा परमेश्वरको सोर फेरि सुन्नु नपरोस्, न ता फेरि कहिल्यै त्यो ठूलो आगो नै देख्नु परोस्, नत्र ता म मर्नेछु’ भनी परमप्रभुबाट मागेका सबै कुराअनुसार। 17 अनि परमप्रभुले मलाई भन्नुभयो: ‘तिनीहरूले जे भने, त्यो तिनीहरूले ठिक्कै भनेका छन्।’ 18 म तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइहरूको बीचबाट तिमीजस्तै एकजना भविष्यवक्ता खड़ा गर्नेछु र मेरा वचनहरू तिनको मुखमा हाल्नेछु; अनि म तिनलाई जे-जे आज्ञा गर्नेछु, ती सबै कुराहरू तिनले तिनीहरूलाई भन्नेछन्। 19 अनि यस्तो हुनेछ: हरेक जसले मेरा वचनहरू सुन्दैन, जो तिनले मेरो नाममा भन्नेछन्, त्यसबाट म यसको लेखा लिनेछु। 20 तर जुन भविष्यवक्ताले घमण्डच गरेर मेरो नाममा मैले बोल्नलाई आज्ञा नगरेको वचन बोल्दछ वा अरू देवताहरूको नाममा बोल्दछ, त्यो भविष्यवक्ता मारियोस्! 21 तर “जुन वचन परमप्रभुले बोल्नुभएको होइन, त्यो हामी कसरी जानौं??” भनी तिमी आफ्नो मनमा भन्छौ भने – 22 कुनै भविष्यवक्ताले परमप्रभुको नाममा बोलेपछि त्यो कुरा हुन आएन वा पूरा भएन भने त्योचाहिँ परमप्रभुले बोल्नुभएकै कुरा होइन, तर त्यस भविष्यवक्ताले घमण्डच गरेर बोलेको हो; त्यससँग तिमी नडराउनू!’ ”