शुद्ध र अशुद्ध पशुहरू
14
“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ; यसकारण तिमीहरूले मरेकाहरूका निम्ति आफूलाई काटेर चोटैचोट नपार्नू, न ता आफ्ना आँखाहरूको बीचमाक टाउको मुड़ाउनूख! 2 किनकि तिमी परमप्रभु आफ्ना परमेश्वरका निम्ति एक पवित्र जाति हौ; अनि आफ्ना निम्ति एउटा विशेष जाति हुनका निम्ति परमप्रभुले तिमीलाई पृथ्वीको सतहमा भएका सबै जातिहरूको बीचबाट चुन्नुभयो।3 तिमीले कुनै घृणित वस्तु नखानू! 4 जुन पशुहरू तिमीहरू खान सक्छौ, ती यी हुन्: गोरु, भेड़ा र बाख्रा, 5 हरिण, मृग, रातो मृगग, घोरल, सम्बरघ, चित्तल र थारङ; 6 अनि पशुहरूमध्ये हरेक, जसको खुर फारिएको छ, जसको दुई खुर हुने गरी चिरिएको खुट्टा हुन्छ र जसले उग्राउँछ, त्योचाहिँ तिमीहरूले खान सक्छौ। 7 तापनि उग्राउनेहरू र खुर फारिएकाहरूमध्ये तिमीहरूले ऊँट, खरायो र भीर-खरायोच खानुहुँदैन; किनकि ती उग्राउँछन्, तर खुरचाहिँ फारिएका हुँदैनन्; यसकारण ती तिमीहरूका निम्ति अशुद्ध हुन्छन्। 8 अनि सुँगुर; किनकि त्यसको खुर फारिएको त हुन्छ, तर त्यसले उग्राउँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ; तिनीहरूका मासुबाट तिमीहरूले नखानू, न ता तिनीहरूको सिनु नै छुनू!
9 पानीमा भएका सबै जन्तुहरूमध्ये यिनलाई तिमीहरूले खान सक्छौ: पखेटा र कत्ला भएकाहरू सबै तिमीहरूले खान सक्छौ। 10 जसका पखेटा र कत्ला हुँदैनन्, तिनलाई तिमीहरूले नखानू; यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ।
11 सबै शुद्ध पक्षीहरू तिमीहरूले खान सक्छौ। 12 तर तीमध्ये तिमीहरूले यी नखानू: गरुड़, हाड़फोरा र समुद्री चील; 13 शिकारा, बेसारा सबै किसिमका चीलहरू; 14 सबै किसिमका कागहरू; 15 सुतुरमुर्ग, हुचील, पानी-कुखुराछ र सबै किसिमका बाजहरू; 16 लाटोकोसेरो, भुल्का र उल्लू; 17 धनेस, सिनु खाने गिद्ध र हाड़गील;ज 18 सारस, किसिम-किसिमका बकुल्लाहरू; फाप्रे चरो र चमेरा।
19 सबै उड़्ने कीराफट्याङ्ग्राहरू तिमीहरूका निम्ति अशुद्ध छन्; तिनलाई खानुहुँदैन। 20 सबै शुद्ध पक्षीहरू तिमीहरूले खान सक्छौ।
21 तिमीहरूले आफै मरेको कुनै कुरा नखानू! तिमीले त्यो तिम्रा मूलढोकाहरूभित्र बस्ने परदेशीलाई दिन सक्छौ, र त्यसले त्यो खाओस्; कि ता तिमीले त्यो कुनै विदेशीलाई बेच्न सक्छौ; किनकि तिमी परमप्रभु आफ्ना परमेश्वरका निम्ति एक पवित्र जाति हौ। तिमीले बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू!”
दसौं अंश देऊ!
22 "वर्षपिच्छे खेतबारीले उब्जाएको तिम्रो बीउको सबै उब्जनीबाट तिमीले निश्चय नै दसौं अंश दिनू! 23 तिम्रो अन्नको, तिम्रो दाखरसको र तिम्रो तेलको दसौं अंश, साथै तिम्रा गाईबस्तुहरूका र तिम्रा भेड़ाबाख्राहरूका पहिले जन्मेकाहरू तिमीले त्यस ठाउँमा परमप्रभु आफ्ना परमेश्वरको सामु खानू, जुन ठाउँ उहाँले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्नुहुनेछ; फलस्वरूप तिमीले परमप्रभु आफ्ना परमेश्वरको सधैंभरि डर मान्न सिक्न सक। 24 तर जुन ठाउँ परमप्रभु तिम्रा परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नलाई चुन्नुहुन्छ, त्यो तिमीबाट धेरै टाढ़ा भएकाले तिम्रा निम्ति त्यो बाटो साह्रै लामो छ भने, र तिमीले त्यो दसौं अंशझ बोकेर लैजान सक्दैनौ भने, जब परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष् दिनुहुन्छ; 25 तब तिमीले त्यसलाई पैसामा साट्नू, र त्यो पैसा आफ्नो हातमा बाँधेर त्यही ठाउँमा जानू, जुन ठाउँ परमप्रभु तिम्रा परमेश्वरले चुन्नुहुनेछ। 26 अनि त्यहाँ तिमीले त्यो पैसा तिम्रो मनलेञ चाहेजति कुराका निम्ति खर्च गर्नू: गोरु, भेड़ाबाख्रा, दाखमद्य, मदिरा वा कुनै पनि कुराका निम्ति, जो तिम्रो मनलेञ चाहना गर्दछ; अनि त्यहाँ तिमीले परमप्रभु आफ्ना परमेश्वरको सामु खानू, र आनन्द मनाउनू – तिमीले र तिम्रो घरानाले; 27 अनि तिम्रा मूलढोकाहरूभित्र बस्ने लेवीलाई तिमीले नत्याग्नू; किनकि तिमीसँग उसको कुनै भाग वा कुनै पैतृक सम्पत्तिट छैन।
28 हरेक तीन-तीन वर्षको अन्तमा, त्यस वर्ष तिम्रो उब्जनीको सबै दसौं अंश निकाल्नू, र आफ्ना मूलढोकाहरूभित्र थुपार्नू!ठ 29 अनि लेवी (किनकि तिम्रो साथमा उसको कुनै भाग वा पैतृक सम्पत्ति छैन), परदेशी, अनाथ र विधवा, जो तिम्रा मूलढोकाहरूभित्र छन्, आऊन् र खाएर तृप्त होऊन्; र तिम्रा हातको सबै काममा, जो तिमी गर्दछौ, परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष् दिऊन्!”