परमप्रभुले चुन्नुभएको ठाउँमा मात्र बलि चढ़ाऊ!
12
“यी ती विधिहरू र नियमहरू हुन्, जुन विधि र नियमचाहिँ जति दिन तिमीहरू यस पृथ्वीमाथि जीवित रहन्छौ, तबसम्म तिमीहरूले त्यस देशमा होशियारसाथ पालन गर्नू, जुन देश परमप्रभु तिम्रा पितापुर्खाहरूका परमेश्वरले त्यसलाई कब्जाक गर्न भनी तिमीलाई दिनुहुन्छ। 2 जुन जातिहरूलाई तिमीहरूले आफ्नो अधिकारमा पार्नेछौ, तिनीहरूले जुन-जुन अग्ला पहाड़हरू र डाँड़ाहरूमा, अनि हरेक हरियो रूखमुनि आफ्ना देवताहरूको पूजा गर्थे, ती सब ठाउँहरू तिमीहरूले पूरै नष्ट गरिदिनू; 3 अनि तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका खाँबाहरू टुक्रा-टुक्रा पारिदिनू, तिनीहरूका अशेराका मूर्तिहरूख आगोले जलाइदिनू, तिनीहरूका देवताहरूका खोपिएका मूर्तिहरू काटेर ढालिदिनू र त्यस ठाउँबाट तिनीहरूका नामहरू मेटाइदिनू!4 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका निम्ति यस्तो नगर्नू! 5 तर जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नलाई तिमीहरूका सबै कुलहरूबाट चुन्नुहुन्छ, त्यही ठाउँको खोजी, अँ, उहाँको निवासको खोजी तिमीहरूले गर्नू, र त्यहीं तिमी आउनू! 6 अनि त्यहीं तिमीहरूले आफ्ना होमबलिहरू, आफ्ना बलिदानहरू, आफ्ना दसौं अंशहरू, आफ्नो हातका उचाल्ने भेटीहरू, आफ्ना भाकलहरू, आफ्ना स्वेच्छा-दानहरू र आफ्ना गाईबस्तु र भेड़ाबाख्राहरूका पहिले जन्मेकाहरूलाई ल्याउनू! 7 अनि त्यहीं तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामु खानू, र तिमीहरूले आफूले हात हालेका सबै कामकुराहरूमा, जसमा परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष् दिनुभएको छ, तिमीहरूले आनन्द मनाउनू – तिमीहरू र तिमीहरूका घरानाहरूले! 8 आज यहाँ हामी हरेकको आँखामा जे ठीक लाग्छ, त्यही गर्छौं, यी सबै कामकुराअनुसार तिमीहरूले त्यहाँ नगर्नू! 9 किनकि तिमीहरू अहिलेसम्म त्यस विश्राम र त्यस अधिकारको भागमा आएका छैनौ, जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुन्छ। 10 तर जब तिमीहरू यर्दनपारि जान्छौ र त्यस देशमा बस्छौ, जसका अधिकारी परमप्रभुले तिमीहरूलाई तुल्याउनुहुन्छ, अनि जब उहाँले तिमीहरूलाई चारैतिर तिमीहरूका सबै शत्रुहरूबाट विश्राम दिनुहुन्छ, र तिमीहरू सुरक्षित बस्नेछौ; 11 तब यस्तो हुनेछ: जुन ठाउँ त्यहाँ आफ्नो नाम राख्न परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुहुनेछ, त्यही ठाउँमा तिमीहरूले मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू ल्याओ: आफ्ना होमबलिहरू, आफ्ना बलिदानहरू, आफ्ना दसौं अंशहरू, आफ्नो हातका उचाल्ने भेटीहरू र परमप्रभुलाई भाकल गरेका तिमीहरूका विशेष भाकलहरू। 12 अनि परमप्रभु आफ्ना परमेश्वरको सामु आनन्द मनाओ – तिमीहरू, तिमीहरूका छोराहरू, तिमीहरूका छोरीहरू, तिमीहरूका कमाराहरू र तिमीहरूका कमारीहरूले, साथै तिमीहरूका मूलढोकाहरूभित्र बस्ने लेवीले; किनकि तिमीहरूको साथमा उसको कुनै भाग वा कुनै पैतृक सम्पत्ति हुँदैन।
13 आफ्नो विषयमा होशियार बस! तिमीले देख्ने जुनसुकै ठाउँमा आफ्ना होमबलिहरू नचढ़ाउनू! 14 तर जुन ठाउँ परमप्रभुले तिम्रा कुलहरूमध्ये कुनै एउटामा चुन्नुहुनेछ, त्यहीं तिमीले आफ्ना होमबलिहरू चढ़ाउनू, र त्यहीं मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरू तिमीले गर्नू! 15 तर तिम्रा सबै मूलढोकाहरूभित्र परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको उहाँको आशिष्अनुसार तिम्रो मनलेग चाहेजति तिमीले पशु मारेर मासु खान सक्छौ; दुवै अशुद्ध र शुद्ध व्यक्तिले त्यो मृग र हरिणको मासुजस्तै खान सक्छन्। 16 रगत मात्र तिमीहरूले नखानू; तिमीहरूले त्यसलाई भुइँमा पानीझैं पोखाइदिनू! 17 तिमीले आफ्नो अन्न, आफ्नो दाखरस वा आफ्नो तेलको दसौं अंश, अथवा आफ्ना गाईबस्तुहरूका वा आफ्ना भेड़ाबाख्राहरूका पहिले जन्मेकाहरू, तिमीले भाकल गरेको आफ्नो कुनै भाकल, आफ्ना स्वेच्छा-दानहरू वा तिम्रो हातको उचाल्ने भेटी तिमीले आफ्ना मूलढोकाहरूभित्र नखानू! 18 तर यी कुराहरू तिमीले परमप्रभु तिम्रा परमेश्वरको सामु त्यस ठाउँमा खानू, जुन ठाउँ परमप्रभु तिम्रा परमेश्वरले चुन्नुहुनेछ – तिमी आफैले, साथै तिम्रो छोरा, तिम्री छोरी, तिम्रो कमारा, तिम्री कमारी र तिम्रा मूलढोकाहरूभित्र बस्ने लेवीले; अनि परमप्रभु तिम्रा परमेश्वरको सामु तिमीले सबै कामकुराहरूमा, जसमा तिमीले आफ्नो हात हालेका हुन्छौ, आनन्द मनाउनू! 19 आफ्नो विषयमा होशियार बस! जहिलेसम्म तिमी आफ्नो देशमाथि जीवित रहौलाघ, तहिलेसम्म तिमीले लेवीलाई नत्याग्नू!
20 जब परमप्रभु तिम्रा परमेश्वरले, उहाँले तिमीसित प्रतिज्ञा गर्नुभएअनुसार तिम्रो सिमाना बढ़ाउनुहुनेछ, र तिम्रो मनलेग मासु खाने लालसा गरेको हुनाले तिमीले ‘म मासु खान्छु’ भनी भनौला, तब तिमीले तिम्रो मनलेग चाहेजति मासु खान सक्छौ। 21 परमप्रभु तिम्रा परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्नुभएको ठाउँ तिमीदेखि धेरै टाढ़ा छ भने तिमीले आफ्ना गाईबस्तु र आफ्ना भेड़ाबाख्राहरूबाट, जो परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको छ, मैले तिमीलाई आज्ञा गरेअनुसार मार्नू, र आफ्ना मूलढोकाहरूभित्र तिम्रो मनलेग चाहेजति खानू! 22 तर जसरी मृग र हरिणको मासु खाइन्छ, त्यसरी नै तिमीले त्यो खानू; अशुद्ध र शुद्ध दुवै व्यक्तिले त्यो खान सक्छन्। 23 केवल निश्चित होऊ, कि रगत तिमीले बिलकुलै नखानू; किनकि रगतचाहिँ प्राण हो; अनि तिमीले मासुको साथमा प्राण खानुहुँदैन! 24 तिमीले त्यो नखानू; तिमीले त्यसलाई भुइँमा पानीझैं पोखाइदिनू! 25 तिमीले त्यो नखानू; तब तिमीले परमप्रभुको दृष्टिमा जे ठीक छ, सो गरेकाले तिम्रो र तिमीपछि तिम्रा सन्तानको भलो हुनेछ।
26 केवल तिमीले आफूसँग भएका तिम्रा पवित्र वस्तुहरू र तिम्रा भाकलहरूघ लिनू, र त्यस ठाउँमा जानू, जुन ठाउँ परमप्रभुले चुन्नुहुनेछ। 27 अनि तिमीले आफ्ना होमबलिहरू – मासु र रगत – परमप्रभु आफ्ना परमेश्वरको वेदीमाथि चढ़ाउनू; अनि आफ्ना बलिहरूको रगत परमप्रभु आफ्ना परमेश्वरको वेदीमाथि खन्याइयोस्; अनि मासुचाहिँ तिमीले खानू! 28 जुन वचनहरू म तिमीलाई आज्ञा गर्दछु, यी सबै वचनहरूमा ध्यान देऊ, र सुन; तब तिमीले परमप्रभु तिम्रा परमेश्वरको दृष्टिमा जे असल र ठीक छ, सो गरेका हुनाले सदा-सर्वदा तिम्रो र तिमीपछि तिम्रा सन्तानको भलो हुनेछ।
29 जब परमप्रभु तिम्रा परमेश्वरले तिम्रो सामुबाट ती जातिहरूलाई नष्ट गर्नुहुन्छ, जहाँ तिमी तिनीहरूलाई कब्जाङ गर्न जान्छौ; अनि तिमीले तिनीहरूलाई निकाल्छौ र तिनीहरूको देशमा बस्छौ; 30 तब आफ्नो विषयमा होशियार होऊ! नत्र कहीं तिम्रो सामुबाट तिनीहरू नष्ट भएपछि तिनीहरूको पछि लागेर तिमी पासोमा फसौला! अनि कहीं ‘यी जातिहरूले आफ्ना देवताहरूलाई कसरी पूजा गर्थे? म पनि त्यस्तै गर्नेछु’ भन्दै तिमीले तिनीहरूका देवताहरूको विषयमा सोधखोज गरौला! 31 तिमीले परमप्रभु आफ्ना परमेश्वरका निम्ति यस्तो नगर्नू; किनकि परमप्रभुका निम्ति जे कुरा घृणित छ, जसलाई उहाँले घृणा गर्नुहुन्छ, ती सबै कामकुरा नै तिनीहरूले आफ्ना देवताहरूका निम्ति गरेका छन्; किनभने तिनीहरूले आफ्ना देवताहरूका निम्ति आफ्ना छोराहरू, र आफ्ना छोरीहरूलाई समेत आगोमा जलाइदिएका छन्। 32 म तिमीहरूलाई जे आज्ञा गर्दछु, त्यो तिमीहरूले होशियारसाथ पालन गरच! तिमीले त्यसमा केही नथप्नु, न ता त्यसबाट केही घटाउनू!”