त्यस उत्तम देशका निम्ति धन्यवादी होऊ!
8
“यी सब आज्ञाहरू, जुन आज्ञाहरू आज म तिमीलाई आज्ञा गर्दछु, तिमीहरूले होशियारसाथ पालन गर! तब तिमीहरू जीवित रहनेछौ, संख्यामा बढ़्नेछौ र त्यस देशमा प्रवेश गरेर त्यसलाई आफ्नो अधिकारमा लिनेछौक, जुन देशको विषयमा परमप्रभुले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको थियो। 2 अनि तिमीले त्यस सम्पूर्ण बाटोको सम्झना गर्नू, जुन बाटोमा तिमीलाई नम्र तुल्याउनलाई र तिमीलाई जाँचेर तिम्रो हृदयमा के छ, तिमीले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ, सो जान्नलाई परमप्रभु तिम्रा परमेश्वरले यी चालीस वर्षभरि तिमीलाई उजाड़स्थानबाट भएर डोर्याउँदै लैजानुभयो। 3 अनि उहाँले तिमीलाई नम्र तुल्याउनुभयो, तिमीलाई भोको हुन दिनुभयो र तिमीलाई मन्ना खुवाउनुभयो, जसलाई न ता तिमीले जानेका थियौ, न तिम्रा पुर्खाहरूले जानेका थिए; ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमप्रभुको मुखबाट निस्किने हरेक वचनले मानिस बाँच्दछ’ भन्ने कुरा तिमीलाई बुझ्ने तुल्याउनलाई उहाँले यसो गर्नुभएको हो। 4 यी चालीस वर्षभरि तिम्रो वस्त्र तिम्रो शरीरमाथिख पुरानो भएन, न ता तिम्रो पाउ नै सुन्नियो। 5 तिमीले आफ्नो हृदयमा यो कुरा पनि विचार गर्नू: जसरी मानिसले आफ्ना छोरालाई ताड़ना दिन्छ, त्यसरी परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई ताड़ना दिनुहुन्छ। 6 यसकारण परमप्रभुका मार्गहरूमा हिँड़्न र उहाँको डर मान्नलाई तिमीले परमप्रभु तिम्रा परमेश्वरका आज्ञाहरू पालन गर्नू! 7 किनकि परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई एउटा उत्तम देशमा अर्थात् बेंसीहरूमा र पहाड़हरूमा उम्रेर निस्केका पानीका खोलाहरू, मुहानहरू र गहिरा पानीहरू भएको देशमा ल्याइपुर्याउनुहुन्छ; 8 गहुँ, जौ, अङ्गुर, नेभारा र दारिमको देश; जैतुनको तेल र महको देश; 9 यस्तो एउटा देश, जहाँ तिमीले उब्रोपाब्रो हुने गरी रोटी खानेछौ, जहाँ तिमीलाई कुनै कुराको घटीकमी हुँदैन; एउटा देश, जसका ढुङ्गाहरू फलाम हुन्, र जसका पहाड़हरूबाट तिमीले तामा खन्नेछौ। 10 जब खाएर तिमी तृप्त हुन्छौ, तब परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको त्यस उत्तम देशका निम्ति तिमीले उहाँलाई धन्यवाद चढ़ाउनू!”होशियार, परमप्रभुलाई नबिर्स!
11 "होशियार; नत्र कहीं उहाँका आज्ञाहरू, उहाँका नियमहरू र उहाँका विधिहरू, जुन नियम र विधिहरू आज म तिमीलाई आज्ञा गर्दछु, पालन नगरेर तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सौला! 12 नत्र जब खाएर तिमी तृप्त होऔला, राम्रा-राम्रा घरहरू बनाएर तिमी तिनमा बसौला; 13 अनि जब तिम्रा गाईबस्तुहरू र भेड़ाबाख्राहरू गन्तीमा बढ़्लान्; जब तिम्रा चाँदी र सुन बढ़्लान्, र तिम्रा सबै थोकहरू बढ़्लान्; 14 तब तिम्रो हृदय घमण्डले फुल्ला, र तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सौला, जसले तिमीलाई मिस्र देशबाट अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो; 15 उहाँले तिमीलाई त्यस ठूलो र डरलाग्दो उजाड़स्थानबाट भएर डोर्याएर लैजानुभयो, जहाँ विषालुग सर्पहरू र बिच्छीहरू थिए, अनि जहाँ जमिन सुक्खा र पानीविनाको थियो; उहाँले तिम्रा निम्ति चकमकको चट्टानबाट पानी निकाल्नुभयो; 16 उहाँले तिमीलाई उजाड़स्थानमा मन्ना खुवाउनुभयो, जसलाई तिम्रा पितापुर्खाहरूले जान्दैनथिए; उहाँले तिमीलाई नम्र तुल्याईकन र तिमीलाई जाँचीकन तिम्रो पछिल्लो दिनमा तिम्रो भलाइ गर्नलाई यसो गर्नुभएको छ। 17 अनि कहीं तिमीले आफ्नो हृदयमा भनौला: ‘यो धनसम्पत्ति मेरै शक्ति र मेरै हातको बलले मेरा निम्ति प्राप्त गरेको हो!’ 18 तर तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई सम्झना गर्नू; किनकि तिमीलाई धनसम्पत्ति प्राप्त गर्ने सामर्थ्य दिनुहुने उहाँ नै हुनुहुन्छ; आफ्नो वाचा पूरा गर्नलाई उहाँ यसो गर्नुहुन्छ, जसको विषयमा उहाँले तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभयो, जस्तो आज भइरहेको छ। 19 अनि यस्तो हुनेछ: यदि तिमीले साँच्चै परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेर अरू देवताहरूको पछि लाग्यौ, तिनीहरूको पूजाच गर्यौ र तिनीहरूलाई दण्डवत् गर्यौ भने आज म तिम्रो विरोधमा यो साक्षी दिन्छु: तिमीहरू निश्चय नष्ट हुनेछौ। 20 यी जातिहरूजस्तै, जसलाई परमप्रभुले तिमीहरूको सामुबाट नष्ट गर्नुहुन्छ, तिमीहरू पनि त्यस्तै नष्ट हुनेछौ; किनकि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको कुरा मान्न चाहेनौ।घ ”