दस आज्ञाको दोस्रो विवरण
5
तब मोशाले सारा इस्राएललाई बोलाएर तिनीहरूलाई भने: “हे इस्राएल, ती विधि र नियमहरू सुन, जुन विधि र नियमहरू आज म तिमीहरूका कानमा भन्दैछु, तिनलाई सुन; अनि तिमीहरूले तिनलाई सिक्नू, र तिनलाई होशियारसाथ पालन गर्नू!2 होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीसँग एउटा वाचा बाँध्नुभयो। 3 परमप्रभुले यो वाचा हाम्रा पितापुर्खाहरूसँग होइन, तर हामीसँग बाँध्नुभयो, अँ, हामीसँग, जो आज यहाँ सबै जीवित छौं। 4 परमप्रभुले त्यस पहाड़मा आगोको बीचबाट यसो भन्दै तिमीहरूसँग आमुन्ने-सामुन्ने कुरा गर्नुभयो: 5 (मचाहिँ त्यस बेला तिमीहरूलाई परमप्रभुको वचन सुनाउनलाई परमप्रभु र तिमीहरूको बीचमा उभिएँ; किनकि तिमीहरू त्यस आगोदेखि डरायौ, र माथि पहाड़मा गएनौ);
6 ‘परमप्रभु तिम्रा परमेश्वर म नै हुँ; मैले तिमीलाई मिस्र देशबाट, अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ। 7 मेरो सामु तिम्रा अरू ईश्वरहरूक हुनुहुँदैन!
8 तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनू, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वीमुनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनू! 9 तिमीले तिनीहरूलाई दण्डवत् नगर्नूख, र तिनीहरूको पूजाग नगर्नू; किनकि म, परमप्रभु तिम्रा परमेश्वर जलन राख्ने ईश्वर हुँ; मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु। 10 तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तासम्मलाई म करुणा देखाउँछु।
11 तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थैमा नलिनू; किनकि जसले उहाँको नाम व्यर्थमा लिन्छ, त्यसलाई परमप्रभुले निर्दोष ठहऱ्याउनुहुनेछैनघ।
12 परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएअनुसार तिमीले विश्रामदिन पवित्र राख्न त्यस दिनलाई मान्नू! 13 छ दिन तिमीले परिश्रम गर्नू, र तिम्रा सबै काम गर्नू; 14 तर सातौं दिनचाहिँ परमप्रभु तिम्रा परमेश्वरको विश्रामदिन हो; यसमा तिमीले कुनै काम नगर्नू – न तिमीले, न तिम्रा छोराले, न तिम्री छोरीले, न तिम्रो कमाराले, न तिम्री कमारीले, न तिम्रो गोरुले, न तिम्रो गधाले, न कुनै तिम्रो गाईबस्तुले, न तिम्रा मूलढोकाहरूभित्र बस्ने तिम्रो परदेशीले; यस हेतुले कि तिम्रो कमारा र तिम्री कमारीले पनि तिमीले झैं विश्राम लिऊन्!
15 अनि सम्झना गर, तिमी पनि मिस्र देशमा कमारा थियौ, र परमप्रभु तिम्रा परमेश्वरले शक्तिशाली हात र फैलाएको पाखुराले तिमीलाई त्यहाँबाट निकालेर ल्याउनुभयो; यसैकारण परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई विश्रामदिन पालन गर्नू भनी आज्ञा गर्नुभयो।
16 परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएअनुसार आफ्ना बुबा र आफ्नी आमालाई आदर गर, र तिम्रो आयु लामो होस्, र परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई जुन देश दिनुहुन्छ, त्यस देशमा तिम्रो भलो होस्!
17 तिमीले हत्या नगर्नू!
18 तिमीले व्यभिचार नगर्नूङ!
19 तिमीले चोरी नगर्नू!
20 तिमीले आफ्नो छिमेकीको विरोधमा झूटो गवाही नदिनू!
21 तिमीले आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; न ता आफ्ना छिमेकीको घर, न उसको खेतबारी, न उसको कमारा, न उसकी कमारी, न उसको गोरु, न उसको गधा, न ता तिम्रो छिमेकीको कुनै थोकको लालच गर्नू!’
22 यी वचनहरू परमप्रभुले त्यस पहाड़मा आगो, बादल र घोर अन्धकारको बीचबाट ठूलो सोरले तिमीहरूको सारा समुदायलाई भन्नुभयो; अनि उहाँले अरू कुनै कुरा थप्नुभएन। अनि उहाँले ती वचनहरूच ढुङ्गाका दुईवटा पाटीमा लेख्नुभयो, र ती मलाई दिनुभयो।
23 अनि यस्तो भयो: जब तिमीहरूले अन्धकारको बीचबाट त्यो आवाज सुन्यौ; (किनकि त्यो पहाड़ आगोले जलिरहेको थियो;) तब तिमीहरू, अर्थात् तिमीहरूका कुलका सबै अगुवाहरू र तिमीहरूका बूढ़ा प्रधानहरू मेरो नजिक आए; 24 र तिमीहरूले भन्यौ: ‘हेर्नुहोस्, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र आफ्नो महान्ता देखाउनुभएको छ, अनि हामीले आगोको बीचबाट निस्केको उहाँको सोर सुनेका छौं। आज हामीले देख्यौं, परमेश्वर मानिससँग कुरा गर्नुहुन्छ, र पनि ऊ बाँच्ने रहेछ। 25 यसकारण अब हामी किन मरौं? किनकि यस ठूलो आगोले हामीलाई भस्म पार्नेछ; यदि हामीले परमप्रभु हाम्रा परमेश्वरको सोर अझै फेरि सुन्यौं भने हामी मर्नेछौं। 26 किनकि सबै प्राणीहरूमा को यस्तो होला, जो हामीले झैं जीवित परमेश्वरको सोर आगोको बीचबाट बोलेको सुनेर पनि बाँचेको छ? 27 तपाईं नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले जे भन्नुहुन्छ, ती सबै कुराहरू सुन्नुहोस्; अनि परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई जे भन्नुहुन्छ, ती सबै कुराहरू तपाईंले नै हामीलाई भन्नुहोस्; अनि हामी त्यो सुन्नेछौं, र पालन गर्नेछौं।’
28 अनि जब तिमीहरूले मसँग कुरा गर्यौ, तब परमप्रभुले तिमीहरूका शब्दहरूको सोर सुन्नुभयो; अनि परमप्रभुले मलाई भन्नुभयो: ‘मैले यी मानिसहरूका शब्दहरूको सोर सुनें, जो तिनीहरूले तिमीलाई भने; तिनीहरूले जेजति भने, त्यो तिनीहरूले ठीक भने। 29 तिनीहरूमा यस्तै हृदय भइरहे त! जसले गर्दा तिनीहरूले मेरो डर मान्नेथिए, र सधैं मेरा सबै आज्ञाहरू पालन गर्नेथिए! तब सदा-सर्वदा तिनीहरूको र तिनीहरूका छोराछोरीहरूको भलो हुनेथ्यो!! 30 जाऊ, तिनीहरूलाई भन: “आफ्ना पालहरूमा फर्क!” 31 तर तिमीचाहिँ यहाँ मेरो नजिक खड़ा होऊ, अनि म तिमीलाई सबै आज्ञाहरू, विधिहरू र नियमहरू बताउनेछु, जो तिमीले तिनीहरूलाई सिकाउनू, र तिनीहरूले तिनलाई त्यस देशमा पालन गरून्, जुन देश म तिनीहरूलाई त्यसलाई कब्जाछ गरून् भनी दिन्छु।’ 32 यसकारण परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार गर्नलाई होशियार होओ; तिमीहरू दाहिने वा देब्रतिर नलाग! 33 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएका सबै मार्गहरूमा तिमीहरू हिँड़िरहो; तब तिमीहरू जीवित रहनेछौ, र तिमीहरूको भलो हुनेछ, अनि जुन देश तिमीहरूले आफ्नो अधिकारमा लिनेछौ, त्यस देशमा तिमीहरूको आयु लामो हुनेछ।”