कनान देशमा पस्ने बेलामा मोशाको उपदेश
4
“यसकारण अब हे इस्राएल, ती विधिहरू र नियमहरू सुन, जो म तिमीहरूलाई गर्न सिकाउँछु, जसले गर्दा तिमीहरूले बाँच्न पाओ, र भित्र पसेर परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश कब्जाक गर्न सक। 2 मैले तिमीहरूलाई आज्ञा गरेको वचनमा न ता तिमीहरूले केही थप्नु, न ता त्यसबाट केही घटाउनू, र मैले तिमीहरूलाई आज्ञा गरेका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गर्न सक! 3 बाल-पोरको कारणले गर्दा परमप्रभुले जे गर्नुभयो, त्यो तिमीहरूका आँखाहरूले देखेका छन्; किनकि जति मानिसहरू बाल-पोरको पछि लागेका थिए, ती सबैलाई परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको बीचबाट नाश गर्नुभयो। 4 तर तिमीहरूचाहिँ, जो परमप्रभु आफ्ना परमेश्वरसँग टाँसिरह्यौ, तिमीहरू हरेक आजसम्म जीवित छौ। 5 हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएअनुसार मैले तिमीहरूलाई विधिहरू र नियमहरू सिकाएको छु, त्यहीमुताबिक तिमीहरूले त्यस देशमा गर्नुपर्छ, जहाँ तिमीहरू त्यसलाई आफ्नो अधिकारमा लिन जाँदैछौ। 6 यसकारण तिमीहरूले तिनलाई मान र पालन गर; किनकि जाति-जातिका मानिसहरूको दृष्टिमा तिमीहरूको बुद्धि र तिमीहरूको समझ यही हो, जसले यी सबै विधिहरूको विषयमा सुन्नेछन्, र भन्नेछन्: ‘निश्चय नै यो महान् जाति बुद्धिमान् र समझदार मानिस रहेछन्।’ 7 किनकि अर्को कुनचाहिँ यस्तो महान् जाति होला, जसको ईश्वर तिनीहरूको यत्ति नजिक रहन्छ, जत्ति परमप्रभु हाम्रा परमेश्वर हामीले उहाँलाई पुकारेको हरेक कुरामा नजिक रहनुहुन्छ? 8 अनि अर्को कुनचाहिँ यस्तो महान् जाति होला, जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्थाजत्तिकै धर्ममय छन्? 9 केवल आफ्नो विषयमा होशियार रहो, र आफ्नो प्राणलाई यत्नसितख जोगाइराख; नत्र जुन कुराहरू तिम्रा आँखाहरूले देखेका छन्, ती कुराहरू तिमीले बिर्सनेछौ, र ती कुरा तिम्रो सारा जीवनभरि तिम्रो हृदयबाट हट्नेछन्; तर तिम्रा छोराछोरीहरूलाई र तिम्रा नाति-नातिनीहरूलाई ती कुराहरू सिकाऊ! 10 विशेष गरी त्यस दिनको कुरा, जुन दिन तिमी होरेबमा परमप्रभु आफ्ना परमेश्वरको सामु उभिरहेका थियौ, जुन बेला परमप्रभुले मलाई भन्नुभयो: ‘मानिसहरूलाई मकहाँ भेला गर, र म तिनीहरूलाई मेरा वचनहरू सुन्न लाउनेछु, र तिनीहरूले सधैंभरि, आफू यस पृथ्वीमाथि जीवित रहुन्जेल मेरो डर मान्न सिकून्; फलस्वरूप तिनीहरू पृथ्वीमाथि जीवित रहनेछन्, र तिनीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाउनेछन्।’ 11 अनि तिमीहरू नजिक आयौ र त्यस पहाड़को फेदमा उभियौ, अनि त्यो पहाड़ आगोले मध्यआकाशसम्मै जलिरहेको थियो; अन्धकार, बादल र घोर अन्धकार छाएको थियो। 12 अनि आगोको बीचबाट परमप्रभु तिमीहरूसँग बोल्नुभयो; तिमीहरूले शब्दहरूको आवाज त सुन्यौ, तर कुनै रूप देखेनौ; तिमीहरूले केवल एउटा सोर सुन्यौ। 13 तब उहाँले तिमीहरूलाई आफ्नो वाचा अर्थात् ती दस आज्ञाहरू घोषणा गर्नुभयो, जुन आज्ञाहरू उहाँले तिमीहरूलाई पालन गर्नू भनी आज्ञा गर्नुभयो; अनि उहाँले ती आज्ञाहरू ढुङ्गाका दुईवटा पाटीमा लेख्नुभयो। 14 अनि त्यस बेला परमप्रभुले तिमीहरूलाई विधिहरू र नियमहरू सिकाउनू भनी मलाई आज्ञा गर्नुभयो, यस उद्देश्यले कि तिमीहरूले त्यस देशमा, जहाँ त्यसलाई कब्जा गर्न तिमीहरू पारि गइरहेका छौ, तिनलाई पालन गर्न सक।”मूर्तिपूजाको विरोधमा चेताउनी
15 “यसकारण आफ्नो विषयमा तिमीहरू खूबै होशियार रहो; किनकि होरेबमा आगोको बीचबाट परमप्रभुले तिमीहरूसँग कुरा गर्नुभएको दिनमा तिमीहरूले त्यहाँ कुनै किसिमको रूप देखेनौ; 16 नत्र कहीं तिमीहरूले आफैलाई भ्रष्ट पारौला कि, र आफ्ना निम्ति कुनै थोकको प्रतिरूपमा खोपेको मूर्ति बनाऔला कि, जस्तै पुरुष वा स्त्रीको आकार, 17 पृथ्वीमा भएको कुनै पशुको आकार, आकाशमा उड़्ने पखेटादार कुनै पक्षीको आकार, 18 भुइँमा घस्रने कुनै जन्तुको आकार, वा पृथ्वीमुनि पानीभित्र भएको कुनै माछाको आकार; 19 नत्र ता तिमीले आफ्ना आँखाहरू आकाशतिर उठाउँछौ, र जब घाम, जून र ताराहरू अर्थात् आकाशको सारा गणलाई देख्छौ, तब तिनीहरूलाई दण्डवत् गर्न र तिनीहरूको पूजाग गर्नलाई तिमी लालायित हुनेछौ;घ यी थोकहरू त परमप्रभु तिम्रा परमेश्वरले सम्पूर्ण आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएको हो।ङ 20 तर परमप्रभुले तिमीहरूलाई लिनुभएको छ, र तिमीहरूलाई फलामको भट्टी अर्थात् मिस्रबाट निकालेर ल्याउनुभएको छ, उहाँको पैतृक सम्पत्तिरूपी प्रजा हुनका निम्ति, जस्तो आज भइरहेको छ।
21 अनि तिमीहरूको कारणले परमप्रभु मसित क्रोधित हुनुभयो र शपथ खानुभयो, यसैले म यर्दनपारि जान पाउनेछैनँ र त्यस असल देशभित्र पस्न पाउनेछैनँ, जुन देशचाहिँ परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ। 22 तरच म यही देशमा मर्नुपर्छ, म यर्दनपारि जानुहुँदैन; तर तिमीहरू पारि जानेछौ, र त्यो असल देश आफ्नो अधिकारमा लिनेछौ। 23 आफ्नो विषयमा होशियार रहो, कहीं तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वाचा बिर्सौला, जुन वाचा उहाँले तिमीहरूसँग बाँध्नुभएको छ, र आफ्ना निम्ति खोपेको मूर्ति वा कुनै थोकको प्रतिरूप बनाऔला, जसको विषयमा परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई मनाही गर्नुभएको छ। 24 किनकि परमप्रभु तिम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ; उहाँ जलन राख्ने ईश्वर हुनुहुन्छ।
25 जब तिमीले छोराछोरीहरू र नातिनातिनीहरूलाई जन्माऔला र त्यस देशमा तिमीहरू धेरै समय बसौला, अनि तिमीहरू भ्रष्ट भएर खोपेको मूर्ति, वा कुनै थोकको प्रतिरूप बनाऔला, र उहाँको रिस उठाउनलाई तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा खराबी गरौला – 26 आज म तिमीहरूको विरोधमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्छु – तब जुन देशमा, त्यसलाई आफ्नो अधिकारमा लिन तिमीहरू पारि गइरहेका छौ, त्यस देशबाट तिमीहरू चाँड़ै पूरा नष्ट हुनेछौ; त्यसमा तिमीहरूले धेरै दिन रहनछ पाउनेछैनौ, तर तिमीहरू पूरा नष्ट पारिनेछौ। 27 अनि परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पार्नुहुनेछ, अनि अन्यजातिहरूको बीचमा, जहाँ परमप्रभुले तिमीहरूलाई पुर्याउनुहुन्छ, तिमीहरू संख्यामा थोरै हुनेछौ। 28 अनि त्यहाँ तिमीहरूले देवताहरू पूजाज गर्नेछौ, जुन देवताहरू मानिसका हातको काम हुन्, काठ र ढुङ्गा हुन्, जसले न देख्छन्, न सुन्छन्, न खान्छन्, न सुँघ्छन्।
29 तर त्यहींबाट तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई खोज्यौ भने – तिमीले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ। 30 जब तिमी सङ्कष्टमा पर्दछौ, र पछिल्ला दिनहरूमा यी सब कुराहरू तिमीमाथि आइपर्दछन्, तब तिमी परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्कनेछौ र उहाँको वाणीप्रति आज्ञाकारी बन्नेछौ; 31 किनकि परमप्रभु तिम्रा परमेश्वर कृपामय ईश्वर हुनुहुन्छ; उहाँले तिमीलाई त्याग्नुहुनेछैन, न ता तिमीलाई नष्ट गर्नुहुनेछ, न ता त्यो वाचा बिर्सनुहुनेछ, जुन वाचाचाहिँ उहाँले तिम्रा पितापुर्खाहरूसँग शपथ खाएर बाँध्नुभएको थियो। 32 किनकि अब तिमीभन्दा पहिलेका बितेका दिनहरूको कुराको विषयमा अर्थात् परमेश्वरले पृथ्वीमाथि मानिसलाई सृष्टि गर्नुभएको दिनदेखिको कुराको विषयमा सोधपुछ गर, अनि आकाशको एक छेउदेखि आकाशको अर्को छेउसम्म सोधपुछ गर! के कहीं योजस्तो महान् कुरा कतै भयो कि? वा योजस्तो कुरा कतै सुनियो कि? 33 के कहिल्यै मानिसहरूले परमेश्वरको सोर तिमीले सुनेको जस्तो आगोको बीचबाट बोलेको सुनेका छन्, र बाँचेका छन् र? 34 अथवा परमप्रभु तिमीहरूका परमेश्वरले मिस्रमा तिमीहरूकाझ आँखाहरूको सामु तिमीहरूका निम्ति जे-जे गर्नुभयो, के त्यसरी नैञ अरू कुनै ईश्वरले परीक्षाहरूद्वारा, चिन्हहरू र अचम्मका कामहरूद्वारा, लड़ाइँद्वारा, शक्तिशाली हात र फैलाएको पाखुराद्वारा अनि ठूला आतङ्कहरू फैलाएरट एउटा जातिलाई अर्को जातिको बीचबाट आफ्ना निम्ति निकालेर ल्याउने प्रयास गरेको छ र? 35 परमप्रभु नै परमेश्वर हुनुहुन्छ; उहाँबाहेक अरू कोही छैन भन्ने कुरा तिमीलाई थाहा होस् भनेर तिमीलाई चाहिँ यो देखाइएको थियो। 36 तिमीलाई शिक्षा दिनका निम्ति उहाँले स्वर्गबाट तिमीलाई आफ्नो वाणी सुन्न लाउनुभयो, अनि पृथ्वीमाथि उहाँले तिमीलाई आफ्नो ठूलो आगो देखाउनुभयो; अनि तिमीले आगोको बीचबाट निस्केका उहाँका वचनहरू सुन्यौ। 37 अनि उहाँले तिम्रा पितापुर्खाहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले उनीहरूको पछि उनीहरूको वंशलाई चुन्नुभयो, र आफ्नो ठूलो शक्तिद्वारा तिमीलाई मिस्रबाट आफ्नो उपस्थितिमाठ निकालेर ल्याउनुभयो, 38 तिमीभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिम्रो सामुबाट धपाएर उहाँले तिनीहरूको देश तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनका निम्ति तिमीलाई त्यस देशभित्र ल्याऊन् भनेर, जस्तो आज भइरहेको छ;
39 यसैले आजको दिनमा यो जान, र आफ्नो हृदयभित्र मनन गर, कि माथि स्वर्गमा र तल पृथ्वीमा परमप्रभु नै परमेश्वर हुनुहुन्छ; अरू कोही छैन। 40 यसैकारण तिमीले उहाँका विधिहरू र उहाँका आज्ञाहरू पालन गर्नू, जो म आज तिमीलाई आज्ञा गर्दछु; फलस्वरूप तिम्रो र तिमीपछि तिम्रा छोराछोरीहरूको भलो होस्, र जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई सदाका निम्ति दिनुहुन्छ, त्यस देशमा तिम्रो आयु लामो होस्।ड ”
यर्दनवारिका तीनवटा शरणनगरहरू छानिए
41 त्यसपछि मोशाले यर्दनको यतापट्टि, घाम झुल्कने दिशामा तीनवटा शहरहरू अलग गरे, 42 त्यहाँ त्यो मार्नेढ भागेर जाओस् भनेर, जसले आफ्नो छिमेकीलाई अनजानमा मारेको छ, र जसले बितेका दिनहरूमा उसलाई घृणा गरेको थिएन; अनि यी शहरहरूमध्ये कुनै एउटा शहरमा भागेर त्यो बाँचोस्; 43 अर्थात् रूबेनीहरूका निम्ति मैदानको देशमा, उजाड़स्थानमा भएको बेसेर, गादीहरूका निम्ति गिलादमा भएको रामोत र मनस्सेलीहरूका निम्ति बाशानमा भएको गोलान।
44 अनि मोशाले इस्राएलीहरूको सामु राखेको व्यवस्था यही हो; 45 इस्राएलीहरू मिस्रबाट निस्केर आएपछि तिनीहरूलाई मोशाले सुनाएका साक्षी-वचनहरू, विधिहरू र नियमहरू यी नै हुन्; 46 जो उनले यर्दनको यतापट्टि, बेत-पोरको सामु भएको बेंसीमा, हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोनको देशमा सुनाए, जसलाई मोशा र इस्राएलीहरूले मिस्रबाट निस्केर आएपछि मारे। 47 अनि तिनीहरूले तिनको देश र बाशानको राजा ओगको देश अर्थात् एमोरीहरूका दुई राजाहरूका देशहरू कब्जा गरे, जो यर्दनको यतापट्टि, घाम झुल्कने दिशामा थिए; 48 अर्नोन नदीको किनारको छेउमा भएको अरोएरदेखि लिएर सिओन पर्वत अर्थात् हर्मोनसम्म, 49 साथै यर्दनको यतापट्टि, पूर्वतिरको सारा मैदान,ण पिस्गाका पाखाहरूमुनि भएको मैदानकोण समुद्रसम्म।