इस्राएलीहरूका चालीस वर्षेका यात्राहरू
33
इस्राएलीहरूका यात्राहरू यी हुन्, जो आ-आफ्ना दलअनुसार मोशा र हारूनको अधीनतामा मिस्र देशबाट निस्केर आए। 2 अनि परमप्रभुको आज्ञाअनुसार मोशाले तिनीहरूका यात्राहरूअनुसार तिनीहरूका प्रस्थानहरू लेखे; अनि तिनीहरूका प्रस्थानहरूअनुसार तिनीहरूका यात्राहरू यी नै हुन्: 3 अनि तिनीहरूले पहिलो महिनामा, पहिलो महिनाको पन्ध्रौं दिनमा रामसेसबाट यात्रा शुरु गरे; निस्तारको भोलिपल्ट इस्राएलीहरू सबै मिस्रीहरूका आँखाकै सामु निर्धक्कसाथक निस्केर आए। 4 त्यस बेला मिस्रीहरूले चाहिँ उनीहरूको बीचमा ज-जसलाई परमप्रभुले मार्नुभयो अर्थात् सबै जेठाहरूलाई गाड़िरहेका थिए; अनि परमप्रभुले उनीहरूका देवताहरूमाथि पनि न्यायहरू ल्याउनुभएको थियो। 5 अनि इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा पाल टाँगेर बसेख। 6 अनि तिनीहरू सुक्कोतबाट हिँड़ेर उजाड़स्थानको किनारमा अवस्थित भएको एताममा पाल टाँगेर बसे। 7 अनि तिनीहरू एतामबाट हिँड़े, अनि पीहहीरोततिर फर्के, जो बाल-सपोनको सामु छ, र मिग्दोलको सामु पाल टाँगेर बसे। 8 अनि तिनीहरू पीहहीरोतबाट हिँड़ेर समुद्रको बीचबाट पार गरेर उजाड़स्थानमा आइपुगे; अनि एतामको उजाड़स्थानमा तीन दिनको यात्रा गरेर तिनीहरू मारामा पाल टाँगेर बसे। 9 अनि तिनीहरू माराबाट हिँड़ेर एलीममा आइपुगे; अनि एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रूखहरू थिए; अनि त्यहाँ तिनीहरू पाल टाँगेर बसे। 10 अनि एलीमबाट हिँड़ेर तिनीहरू लाल समुद्रको किनारमा पाल टाँगेर बसे। 11 अनि लाल समुद्रबाट हिँड़ेर तिनीहरू सीनको उजाड़स्थानमा पाल टाँगेर बसे। 12 अनि सीनको उजाड़स्थानबाट हिँड़ेर तिनीहरू दोफ्कामा पाल टाँगेर बसे। 13 अनि दोफ्काबाट हिँड़ेर तिनीहरू आलूशमा पाल टाँगेर बसे। 14 अनि आलूशबाट हिँड़ेर तिनीहरू रपीदीममा पाल टाँगेर बसे; अनि जहाँग मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। 15 अनि रपीदीमबाट हिँड़ेर तिनीहरू सिनाईको उजाड़स्थानमा पाल टाँगेर बसे। 16 अनि सिनाईको उजाड़स्थानबाट हिँड़ेर तिनीहरू किब्रोत-हत्तावामा पाल टाँगेर बसे। 17 अनि किब्रोत-हत्तावाबाट हिँड़ेर तिनीहरू हसेरोतमा पाल टाँगेर बसे। 18 अनि हसेरोतबाट हिँड़ेर तिनीहरू रित्मामा पाल टाँगेर बसे। 19 अनि रित्माबाट हिँड़ेर तिनीहरू रिम्मोन-पेरेसमा पाल टाँगेर बसे। 20 अनि रिम्मोन-पेरेसबाट हिँड़ेर तिनीहरू लिब्नामा पाल टाँगेर बसे। 21 अनि लिब्नाबाट हिँड़ेर तिनीहरू रिस्सामा पाल टाँगेर बसे। 22 अनि रिस्साबाट हिँड़ेर तिनीहरू केहेलातामा पाल टाँगेर बसे। 23 अनि केहेलाताबाट हिँड़ेर तिनीहरू शेपेर पहाड़मा पाल टाँगेर बसे। 24 अनि शेपेर पहाड़बाट हिँड़ेर तिनीहरू हरादामा पाल टाँगेर बसे। 25 अनि हरादाबाट हिँड़ेर तिनीहरू मखेलोतमा पाल टाँगेर बसे। 26 अनि मखेलोतबाट हिँड़ेर तिनीहरू तहतमा पाल टाँगेर बसे। 27 अनि तहतबाट हिँड़ेर तिनीहरू तेरहमा पाल टाँगेर बसे। 28 अनि तेरहबाट हिँड़ेर तिनीहरू मित्कामा पाल टाँगेर बसे। 29 अनि मित्काबाट हिँड़ेर तिनीहरू हश्मोनामा पाल टाँगेर बसे। 30 अनि हश्मोनाबाट हिँड़ेर तिनीहरू मोसेरोतमा पाल टाँगेर बसे। 31 अनि मोसेरोतबाट हिँड़ेर तिनीहरू बेने-याकानमा पाल टाँगेर बसे। 32 अनि बेने-याकानबाट हिँड़ेर तिनीहरू होर-हग्गिद्गादमा पाल टाँगेर बसे। 33 अनि होर-हग्गिद्गादबाट हिँड़ेर तिनीहरू योत्बातामा पाल टाँगेर बसे। 34 अनि योत्बाताबाट हिँड़ेर तिनीहरू अब्रोनामा पाल टाँगेर बसे। 35 अनि अब्रोनाबाट हिँड़ेर तिनीहरू एस्योन-गेबेरमा पाल टाँगेर बसे। 36 अनि एस्योन-गेबेरबाट हिँड़ेर तिनीहरू जीनको उजाड़स्थानमा पाल टाँगेर बसे; यो कादेश हो। 37 अनि कादेशबाट हिँड़ेर तिनीहरू एदोम देशको सिमानामा भएको होर पहाड़मा पाल टाँगेर बसे।38 तब परमप्रभुको आज्ञाअनुसार पूजाहारी हारून होर पहाड़माथि चढ़े, अनि इस्राएलीहरू मिस्र देशदेखि निस्केर आएको चालीसौं वर्षको पाँचौं महिनाको पहिलो दिनमा तिनी त्यहीं मरे। 39 अनि हारून होर पहाड़माथि मर्दा तिनको उमेर एक सय तेइस वर्ष भएको थियो। 40 अनि कनान देशको दक्षिनी भागमा बस्ने कनानी राजा अरादले इस्राएलीहरू आइरहेका छन् भनी सुने।
41 अनि होर पहाड़बाट हिँड़ेर तिनीहरू साल्मोनामा पाल टाँगेर बसे। 42 अनि साल्मोनाबाट हिँड़ेर तिनीहरू पूनोनमा पाल टाँगेर बसे। 43 अनि पूनोनबाट हिँड़ेर तिनीहरू ओबोतमा पाल टाँगेर बसे। 44 अनि ओबोतबाट हिँड़ेर तिनीहरू मोआबको सिमानाभित्र रहेको इयिम-अबारीममा पाल टाँगेर बसे। 45 अनि इयिमबाट हिँड़ेर तिनीहरू दीबोन-गादमा पाल टाँगेर बसे। 46 अनि दीबोन-गादबाट हिँड़ेर तिनीहरू अल्मोन-दिब्लातैममा पाल टाँगेर बसे। 47 अनि अल्मोन-दिब्लातैमबाट हिँड़ेर तिनीहरू नबोको सामुन्ने, अबारीमका पहाड़हरूमा पाल टाँगेर बसे। 48 अनि अबारीम पहाड़हरूबाट हिँड़ेर तिनीहरू मोआबका मैदानमा यर्दनको किनारमा, येरिहोनिर पाल टाँगेर बसे। 49 अनि तिनीहरू मोआबका मैदानमा बेत-येशीमोतदेखि आबेल-शीत्तिमसम्म यर्दनको किनारमा पाल टाँगेर बसे।
50 अनि मोआबका मैदानमा, यर्दनको किनारमा, येरिहोनिर परमप्रभुले यसो कुरा गर्दै मोशासँग बोल्नुभयो: 51 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू यर्दन तरेर कनान देशमा पस्दछौ; 52 तब त्यस देशका सबै बासिन्दाहरूलाई निकाल्नू, तिनीहरूका सबै खोपेका चित्रहरूघ नष्ट गर्नू, तिनीहरूका सबै ढालेर बनाइएका मूर्तिहरू नष्ट गर्नू र तिनीहरूका सबै उच्च स्थानहरूघ भत्काइदिनू! 53 अनि तिमीहरूले त्यो देश कब्जा गर्नू र त्यसमा बस्नू; किनकि त्यो देश कब्जा गर्नलाईङ नै मैले त्यो तिमीहरूलाई दिएको हुँ। 54 अनि तिमीहरूका परिवार-परिवारको बीचमा पैतृक सम्पत्तिको रूपमा तिमीहरूले त्यो देश गोला हालेर बाँड़्नू; संख्यामा धेरैलाई तिनीहरूको पैतृक सम्पत्ति बढ़ाइदिनू र थोरैलाई तिनीहरूको पैतृक सम्पत्ति घटाइदिनू; जुन ठाउँमा त्यसको गोला पर्छ, त्यही नै त्यसको अधिकारको भाग ठहरियोस्; आ-आफ्ना पुर्खाहरूका कुलहरूअनुसार तिमीहरूले अधिकारको भाग लिनू! 55 तर तिमीहरूले आफ्नो सामुबाट त्यस देशका बासिन्दाहरूलाई निकालेनौ भने, यस्तो हुनेछ: उनीहरूमध्ये जसलाई तिमीहरू छोड़िदिन्छौ, तिनीहरू तिमीहरूका आँखामा सुइराहरू र तिमीहरूका कोखामा काँड़ाहरू बन्नेछन्; अनि तिमीहरू बसेका देशमा तिनीहरूले तिमीहरूलाई दुःख दिनेछन्च। 56 अनि यस्तो हुनेछ: तिनीहरूसित मैले जस्तो गरुँला भनी सोचेको छु, त्यस्तै म तिमीहरूसित गर्नेछु।”