तुरही फुक्ने दिनका निर्धारित बलिहरू
29
“अनि सातौं महिनामा, महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू; यो तिमीहरूका निम्ति तुरही फुक्ने दिन हो। 2 अनि परमप्रभुका निम्ति मीठो बास्‍ना हुनका निम्‍ति तिमीहरूले होमबलि चढ़ाउनू: एउटा जवान बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा; 3 अनि तिनको अन्‍नबलिचाहिँ तेलसँग मिसिएको मैदा होस्; त्‍यस बहरका निम्ति दस भागको तीन भाग, भेड़ाका निम्ति दस भागको दुई भाग, 4 र सात पाठाहरूमा हरेक पाठाका निम्ति दसौं भाग; 5 साथै तिमीहरूका निम्ति प्रायश्‍चित गर्नलाई पापबलिका निम्ति बाख्राको एउटा पाठो चढ़ाउनू! 6 यीबाहेक महिना-महिनाको होमबलि र त्यसको अन्‍नबलि, अनि दिनहुँको होमबलि र त्यसको अन्‍नबलि, साथै तिनका अर्घबलिहरू तिनका विधिअनुसार परमप्रभुका निम्ति मीठो बास्‍ना दिने, आगोद्वारा चढ़ाइने बलिको रूपमा चढ़ाउनू!
प्रायश्‍चितको दिनका निर्धारित बलिहरू
7 "यस सातौं महिनाको दसौं दिनमा तिमीहरूको एउटा पवित्र सभा हुनेछ; तब तिमीहरूले आ-आफ्नो प्राणलाई कष्‍ट दिनू; तिमीहरूले कुनै काम नगर्नू! 8 तर परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई तिमीहरूले होमबलि चढ़ाउनू: एउटा जवान बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका भेड़ाका पाठा; ती तिमीहरूका निम्ति निष्‍खोट होऊन्! 9 अनि तिनीहरूको अन्‍नबलिचाहिँ तेलसँग मिसिएको मैदा होस्; त्‍यस बहरका निम्ति दस भागको तीन भाग, त्‍यस भेड़ाका निम्ति दस भागको दुई भाग, 10 र सात पाठाहरूमा हरेक पाठोका निम्ति दसौं भाग; 11 साथै पापबलिका निम्ति बाख्राको एउटा पाठा; योचाहिँ प्रायश्‍चितको पापबलि, अनि नित्य होमबलि र त्यसको अन्‍नबलि, अनि तिनका अर्घबलिहरूबाहेक चढ़ाउनू!”
झुपड़ी चाड़का निर्धारित बलिहरू
12 "अनि सातौं महिनाको पन्ध्रौं दिनमा तिमीहरूको एउटा पवित्र सभा हुनेछ; तिमीहरूले परिश्रमको कुनै काम नगर्नू; अनि सात दिनसम्म तिमीहरूले परमप्रभुका निम्ति चाड़ मनाउनू! 13 अनि तिमीहरूले होमबलि अर्थात् परमप्रभुका निम्ति मीठो बास्‍ना दिने, आगोद्वारा चढ़ाइने बलि चढ़ाउनू; तेह्रवटा जवान बहर, दुईवटा भेड़ा, चौधवटा पहिलो वर्षका भेड़ाका पाठा; ती निष्‍खोट होऊन्! 14 अनि तिनको अन्‍नबलिचाहिँ तेलसँग मिसिएको मैदा होस्, तेह्रवटा बहरहरूमा हरेक बहरका निम्ति दस भागको तीन भाग; दुईवटा भेड़ाहरूमा हरेक भेड़ाका निम्ति दस भागको दुई भाग; 15 र चौध भेड़ाका पाठाहरूमा हरेक पाठोका निम्ति दसौं भाग; 16 साथै पापबलिका निम्ति बाख्राको एउटा पाठो चढ़ाउनू; यिनीहरूलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
17 अनि दोस्रो दिनमा तिमीहरूले बाह्रवटा जवान बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 18 अनि ती बहरहरू, भेड़ाहरू र पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 19 र पापबलिका निम्ति बाख्राको एउटा पाठो चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र तिनका अर्घबलिहरूबाहेक चढ़ाउनू!
20 अनि तेस्रो दिनमा एघारवटा जवान बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 21 अनि ती बहरहरू, ती भेड़ाहरू र ती पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 22 र पापबलिका निम्ति एउटा बोका चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
23 अनि चौथो दिनमा दसवटा जवान बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 24 अनि ती बहरहरू, ती भेड़ाहरू र ती पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 25 र पापबलिका निम्ति बाख्राको एउटा पाठा चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
26 अनि पाँचौं दिनमा नौवटा बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 27 अनि ती बहरहरू, ती भेड़ाहरू र ती पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 28 र पापबलिका निम्ति एउटा बोका चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
29 अनि छैटौं दिनमा आठवटा बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 30 अनि ती बहरहरू, ती भेड़ाहरू र ती पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 31 र पापबलिका निम्ति एउटा बोका चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
32 अनि सातौं दिनमा सातवटा बहर, दुईवटा भेड़ा र चौधवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा चढ़ाउनू! 33 अनि बहरहरू, भेड़ाहरू र पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 34 र पापबलिका निम्ति एउटा बोका चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू!
35 अनि आठौं दिनमा तिमीहरूको एउटा महासभा हुनेछ; त्यस दिन तिमीहरूले परिश्रमको कुनै काम नगर्नू! 36 तर तिमीहरूले होमबलि अर्थात् परमप्रभुका निम्ति मीठो बास्‍ना दिने, आगोद्वारा चढ़ाइने बलि चढ़ाउनू: एउटा बहर, एउटा भेड़ा र सातवटा पहिलो वर्षका निष्‍खोट भेड़ाका पाठा। 37 त्‍यस बहर, त्‍यस भेड़ा र ती पाठाहरूका निम्ति तिनको अन्‍नबलि र तिनका अर्घबलिहरू तिनको संख्याअनुसार, विधिअनुसार चढ़ाउनू! 38 र पापबलिका निम्ति एउटा बोका चढ़ाउनू; यिनलाई नित्य होमबलि, त्यसको अन्‍नबलि र त्यसको अर्घबलिबाहेक चढ़ाउनू! 39 आफ्ना भाकलहरू र आफ्ना स्वेच्छा-दानहरूबाहेक तिमीहरूले आफ्ना ठहराइएका चाड़हरूमा आफ्ना होमबलिहरूका निम्ति, आफ्ना अन्‍नबलिहरूका निम्ति, आफ्ना अर्घबलिहरूका निम्ति र आफ्ना मेलबलिहरूका निम्ति यी कुराहरू चढ़ाउनू!” 40 परमप्रभुले मोशालाई जे-जे आज्ञा गर्नुभएको थियो, ती सबै कुराहरू मोशाले इस्राएलीहरूलाई सुनाए।