मोआबका मैदानमा इस्राएलीहरू दोस्रो गणना
26
अनि यस्तो भयो: त्यस महामारीपछि परमप्रभुले मोशा र पूजाहारी हारूनका छोरा एलाजारलाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूको सम्पूर्ण समुदाय – बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार, इस्राएलमा लड़ाइँमा जान सक्ने सबैको मुठ संख्या निकाल!” 3 अनि मोआबका मैदानमा, यर्दनको किनारमा येरिहोनिर मोशा र पूजाहारी एलाजारले तिनीहरूलाई यसो भने: 4 “बीस वर्ष र त्यसभन्दा माथिकाहरूको मुठ संख्या निकाल, जसरी परमप्रभुले मोशालाई र मिस्र देशबाट निस्केर आएका इस्राएलीहरूलाई आज्ञा गर्नुभएको थियो।”
5 इस्राएलका जेठा छोरा रूबेन; रूबेनका सन्तानहरू: हनोकबाट हनोकीहरूको घराना; पल्‍लूबाट पल्‍लूईहरूको घराना; 6 हेस्रोनबाट हेस्रोनीहरूको घराना; कर्मीबाट कर्मीहरूको घराना; 7 रूबेनीहरूका घरानाहरू यिनै हुन्; अनि तिनीहरूमध्ये गन्ती गरिएकाहरूको संख्या त्रिचालीस हजार सात सय तीस थियो। 8 अनि पल्‍लूका छोरा एलिआब थिए। 9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबिराम थिए। यिनीहरू नै ती दातान र अबिराम हुन्, जो समुदायमा चुनिएका थिए, जसले कोरहको दलमा लागेर परमप्रभुको विरोधमा लड़्‍दा मोशा र हारूनको विरोधमा लड़ेका थिए। 10 अनि जुन घड़ी आगोले दुई सय पचास मानिसहरूलाई भस्म पार्दा त्यो दल मर्‍यो, त्यस घड़ी पृथ्वीले आफ्नो मुख खोल्यो र तिनीहरूलाई कोरहसँगसँगै निलिदियो; र तिनीहरू एउटा चिन्ह बने। 11 तर कोरहका सन्तानहरू मरेनन्।
12 शिमोनका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार: नेमूएलबाट नेमूएलीहरूको घराना; यामिनबाट यामिनीहरूको घराना; याकिनबाट याकिनीहरूको घराना; 13 जेरहबाट जेरहीहरूको घराना; शाउलबाट शाउलीहरूको घराना। 14 शिमोनीहरूका घरानाहरू यिनै हुन्: बाइस हजार दुई सय।
15 गादका सन्तानहरू, तिनीहरूका घरानाहरूअनुसार: सपोनबाट सपोनीहरूको घराना; हाग्गीबाट हाग्गीहरूको घराना; शूनीबाट शूनीहरूको घराना; 16 ओज्‍नीबाट ओज्‍नीहरूको घराना; एरीबाट एरीहरूको घराना; 17 अरोदबाट अरोदीहरूको घराना; अरेलीबाट अरेलीहरूको घराना; 18 गादका सन्तानहरूका घरानाहरू तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: चालीस हजार पाँच सय।
19 यहूदाका छोराहरू एर र ओनान थिए; अनि एर र ओनान कनान देशमा मरे। 20 यहूदाका सन्तानहरू, तिनीहरूका घरानाहरूअनुसार यिनीहरू हुन्: शेलाबाट शेलीहरूको घराना; पेरेसबाट पेरेसीहरूको घराना; जेरहबाट जेरहीहरूको घराना। 21 अनि पेरेसका छोराहरू यिनीहरू हुन्: हेस्रोनबाट हेस्रोनीहरूको घराना; हामूलबाट हामूलीहरूको घराना। 22 यहूदाका घरानाहरू, तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: छहत्तर हजार पाँच सय।
23 इस्साकारका सन्तानहरू, तिनीहरूका घरानाहरूअनुसार: तोलाबाट तोलाहीहरूको घराना; पूवाबाट पूनीहरूको घराना; 24 याशूबबाट याशूबीहरूको घराना; शिम्रोनबाट शिम्रोनीहरूको घराना। 25 इस्साकारका घरानाहरू तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: चौसट्ठी हजार तीन सय।
26 जबूलूनका सन्तानहरू, तिनीहरूका घरानाहरूअनुसार: सेरेदबाट सेरेदीहरूको घराना; एलोनबाट एलोनीहरूको घराना; यहलेएलबाट यहलेएलीहरूको घराना; 27 जबूलूनीहरूका घरानाहरू तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: साठी हजार पाँच सय।
28 अनि यूसुफका सन्तानहरू, तिनीहरूका घरानाहरूअनुसार: मनस्से र एप्रैम। 29 मनस्सेका छोराहरू: माकीरबाट माकीरीहरूको घराना; अनि माकीरले गिलादलाई जन्माए; गिलादबाट गिलादीहरूको घराना। 30 गिलादका छोराहरू यिनै हुन्: ईएजेरबाट ईएजेरीहरूको घराना; हेलेकबाट हेलेकीहरूको घराना; 31 अनि अस्रिएलबाट अस्रिएलीहरूको घराना; शेकेमबाट शेकेमीहरूको घराना; 32 अनि शमिदाबाट शमिदाईहरूको घराना; हेपेरबाट हेपेरीहरूको घराना; 33 अनि हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए; अनि सलोफादका छोरीहरूका नाम महला, अनि नोआ, होग्ला, मिल्का र तिर्सा थिए। 34 मनस्सेका घरानाहरू यिनै हुन्; अनि तिनीहरूमध्ये गन्ती गरिएकाहरूको संख्या बाउन्‍न हजार सात सय थियो।
35 एप्रैमका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्: शूतेलहबाट शूतेलहीहरूको घराना; बेकेरबाट बेकेरीहरूको घराना; तहनबाट तहनीहरूको घराना। 36 अनि शूतेलहका छोराहरू यिनै हुन्: एरानबाट एरानीहरूको घराना। 37 एप्रैमका सन्तानहरूका घरानाहरू, तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: बत्तीस हजार पाँच सय। यूसुफका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्।
38 बिन्यामिनका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार: बेलाबाट बेलाहीहरूको घराना; अश्बेलबाट अश्बेलीहरूको घराना; अहिरामबाट अहिरामीहरूको घराना; 39 शूपामबाट शूपामीहरूको घराना; हूपामबाट हूपामीहरूको घराना। 40 अनि बेलाका छोराहरू अर्द र नामान थिए: अर्दबाट अर्दीहरूको घराना; नामानबाट नामानीहरूको घराना। 41 बिन्यामीनका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्, अनि तिनीहरूमध्ये गन्ती गरिएकाहरूको संख्या पैंतालीस हजार छ सय थियो।
42 दानका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्: शूहामबाट शूहामीहरूको घराना। दानका घरानाहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्; 43 शूहामीहरूका सबै घरानाहरू तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार चौसट्ठी हजार चार सय थिए।
44 आशेरका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार: यिम्‍नाबाट यिम्‍नीहरूको घराना; यिश्‍वीबाट यिश्‍वीहरूको घराना; बरियाबाट बरियीहरूको घराना। 45 बरियाका छोराहरूबाट: हेबेरबाट हेबेरीहरूको घराना; मल्किएलबाट मल्किएलीहरूको घराना। 46 अनि आशेरकी छोरीको नाम सारा थियो। 47 आशेरका सन्तानहरूका घरानाहरू तिनीहरूमध्ये गन्ती गरिएकाहरूअनुसार यिनै हुन्: त्रिपन्‍न हजार चार सय।
48 नप्‍तालीका सन्तानहरू तिनीहरूका घरानाहरूअनुसार: यहसेएलबाट यहसेएलीहरूको घराना; गुनीबाट गुनीहरूको घराना; 49 येसेरबाट येसेरीहरूको घराना; शिल्लेमबाट शिल्लेमीहरूको घराना। 50 नप्‍तालीहरूका घरानाहरू तिनीहरूका घरानाहरूअनुसार यिनै हुन्; अनि तिनीहरूमध्ये गन्ती गरिएकाहरूको संख्या पैंतालीस हजार चार सय थियो।
51 इस्राएलीहरूमा गन्ती गरिएकाहरू यिनै थिए: छ लाख एक हजार सात सय तीस।
52 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 53 “नामहरूको संख्याअनुसार यो देश पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई बाँड़चुँड़ गरियोस्! 54 संख्यामा धेरै भएकाहरूलाई तिनीहरूको पैतृक सम्पत्ति बढ़ाइदिनू, र थोरै भएकाहरूलाई तिनीहरूको पैतृक सम्पत्ति घटाइदिनू! हरेकलाई उसका गन्ती गरिएकाहरूअनुसार उसको पैतृक सम्पत्ति दिइयोस्! 55 तर देश गोला हालेर बाँड़चुँड़ गरियोस्; तिनीहरूका पुर्खाका कुलका नामहरूअनुसार तिनीहरूले पैतृक सम्पत्ति पाऊन्! 56 गोलाअनुसार धेरै र थोरैको बीचमा हरेकलाई उसको पैतृक सम्पत्ति बाँड़ियोस्!”
57 अनि लेवीहरूमध्ये तिनीहरूका घरानाहरूअनुसार गन्ती गरिएकाहरू यी नै हुन्: गेर्शोनबाट गेर्शोनीहरूको घराना; कहातबाट कहातीहरूको घराना; मरारीबाट मरारीहरूको घराना। 58 लेवीहरूका घरानाहरू यी नै हुन्: लिब्नीहरूको घराना; हेब्रोनीहरूको घराना; महलीहरूको घराना; मूशीहरूको घराना; कोरहीहरूको घराना। अनि कहातले अम्रामलाई जन्माए। 59 अनि अम्रामकी पत्‍नीको नाम योकेबेद थियो। तिनी लेवीकी छोरी थिइन्, जसलाई तिनकी आमाले लेवीका निम्ति मिस्रमा जन्माइन्; अनि तिनले अम्रामका निम्ति हारून, मोशा र उनीहरूकी दिदी मरियमलाई जन्माइन्। 60 अनि हारूनका निम्ति नादाब, अबिहू, एलाजार र इतामार जन्मे। 61 अनि परमप्रभुको सामु पराई किसिमको आगो चढ़ाउँदा नादाब र अबिहू मरे। 62 अनि तिनीहरूमध्ये गन्ती गरिएकाहरू अर्थात् एक महिना र त्यसभन्दा माथिका सबै पुरुषहरूको संख्या तेइस हजार थियो; किनकि इस्राएलीहरूसँग तिनीहरूको गन्ती गरिएन; किनभने इस्राएलीहरूको बीचमा तिनीहरूलाई कुनै पैतृक सम्पत्ति दिइएन।
63 यिनीहरू ती हुन्, जो मोशा र पूजाहारी एलाजारद्वारा गन्ती गरिएका थिए, जसले इस्राएलीहरूलाई मोआबका मैदानमा, यर्दनको किनारमा येरिहोनिर गन्ती गरे। 64 तर यिनीहरूको बीचमा मोशा र पूजाहारी हारूनले गन्ती गरेका मानिसहरूमध्ये एउटा पनि थिएन, जसले इस्राएलीहरूलाई सिनाईको उजाड़स्थानमा गन्ती गरेका थिए। 65 किनकि परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो: “तिनीहरू निश्‍चय नै उजाड़स्थानमा मर्नेछन्!” अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक अरू कोही बाँकी रहेन।