बालामको पहिलो आशीर्वाद
23
अनि बालामले बालाकलाई भने: “मेरा निम्ति यहाँ सातवटा वेदी बनाउनुहोस्, अनि मेरा निम्ति यहाँ सातवटा बहर र सातवटा भेड़ा तयार पार्नुहोस्!” 2 अनि बालाकले बालामले भनेझैं गरे; अनि बालाक र बालामले हरेक वेदीमाथि एउटा बहर र एउटा भेड़ा चढ़ाए। 3 तब बालामले बालाकलाई भने: “तपाईं आफ्नो होमबलिनिर उभिनुहोस्, अनि मचाहिँ अघि जानेछु; हुन सक्छ, परमप्रभु मलाई भेट्न आउनुहुनेछ; अनि उहाँले मलाई जे देखाउनुहुन्छ, सोही म तपाईंलाई बताउनेछु।” अनि तिनी एउटा नाङ्गो टाकुरामा गए। 4 अनि परमेश्वरले बालामसित भेट गर्नुभयो, अनि तिनले उहाँलाई भने: “मैले सातवटा वेदी तयार पारेको छु, र हरेक वेदीमाथि एउटा बहर र एउटा भेड़ा चढ़ाएको छु।” 5 अनि परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्नुभयो: “बालाककहाँ फर्केर जाऊ, र यसो भन!” 6 तब तिनी उनीकहाँ फर्केर आए; अनि हेर, उनी आफ्नो होमबलिनिर उभिरहेका थिए – उनी र मोआबका सबै शासकहरू। 7 अनि बालामलेक आफ्नो आहान टिपेर भने:“मोआबका राजा बालाकले मलाई अरामबाट अर्थात् पूर्वका पहाड़हरूबाट यसो भन्दै ल्याए: ‘आऊ, याकूबलाई मेरा निम्ति श्राप देऊ; अनि आऊ, इस्राएलको विरोधमा बोल!’
8 जसलाई परमेश्वरले श्राप दिनुभएको छैन, उसैलाई म कसरी श्राप दिऊँ? अनि जसलाई परमप्रभुले धिक्कार्नुभएको छैन, उसैलाई म कसरी धिक्कारूँ?
9 किनकि चट्टानहरूका टाकुराबाट म उसलाई देख्दछु; अनि डाँड़ाहरूबाट म उसलाई हेर्दछु; हेर, यो जाति एकलै बस्नेछ, र अरू जातिहरूको बीचमा गनिनेछैन।
10 कसले याकूबको धूलो र इस्राएलको चौथो भागको संख्या गन्ती गर्न सक्छ र? मेरोख मृत्यु धर्मी जनहरूको मृत्युजस्तो होस्! अनि मेरो आखिरी अन्तग उसकै जस्तो होस्! ”
11 तब बालाकले बालामलाई भने: “तपाईंले मलाई के गर्नुभएको? मैले तपाईंलाई, मेरा शत्रुहरूलाई श्राप दिन भनी ल्याएँ; अनि हेर्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिषै-आशिष् दिनुभएको छ।” 12 अनि तिनले जवाफ दिएर भने: “परमप्रभुले मेरो मुखमा जे हाल्नुभएको छ, त्यही बोल्न के मैले होशियारी गर्नुपर्दैन र?”
बालामको दोस्रो आशीर्वाद
13 तब बालाकले तिनलाई भने: “म तपाईंलाई विन्ती गर्छु, तपाईं मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्नुहुनेछ; तपाईंले तिनीहरूको अन्तिम भाग मात्र देख्नुहुनेछ; तर तिनीहरू सबलाई चाहिँ तपाईंले देख्नुहुनेछैन; अनि त्यहींबाट तिनीहरूलाई मेरा निम्ति श्राप दिनुहोस्!” 14 अनि उनले तिनलाई सोफीम भन्ने जग्गामा, पिस्गाको टाकुरामा लगे, र सातवटा वेदी बनाएर हरेक वेदीमाथि एउटा बहर र एउटा भेड़ा चढ़ाए। 15 अनि तिनले बालाकलाई भने: “म त्यहाँ परमप्रभुलाई भेट्न जाँदा तपाईं यहाँ होमबलिनिर उभिनुहोस्!” 16 तब परमप्रभुले बालामसित भेट गर्नुभयो, र तिनको मुखमा वचन हालेर भन्नुभयो: “बालाककहाँ फर्केर जाऊ, र यसो भन!” 17 अनि तिनी उनीकहाँ आए; अनि हेर, उनी आफ्नो होमबलिनिर उभिरहेका थिए, अनि उनको साथमा मोआबका शासकहरू। अनि बालाकले तिनलाई भने: “परमप्रभुले के भन्नुभएको छ?” 18 तब तिनले आफ्नो आहान टिपेर भने:
“हे बालाक, उठ्नुहोस्, र सुन्नुहोस्; हे सिप्पोरका छोरा, मेरो कुरामा कान थाप्नुहोस्!
19 परमेश्वर मानिस हुनुहुन्न, यसैले उहाँले झूट बोल्नुहुन्न; न ता उहाँ मानिसको सन्तान नै हुनुहुन्छ, यसैले उहाँ पछुतो गर्नुहुन्न; के उहाँले भन्नुभएपछि सो गर्नुहुन्न र? अनि बोल्नुभएपछि के उहाँ त्यो पूरा गर्नुहुन्न र?
20 हेर्नुहोस्, आशिष् दिनलाई मैले आज्ञा पाएको छु; अँ, उहाँले आशिष् दिनुभएको छ; र म त्यसलाई उल्टाउन सक्दिनँ।
21 उहाँले याकूबमा कुनै अधर्म देख्नुभएको छैन, न ता उहाँले इस्राएलमा कुनै टेढ़ापनाघ नै देख्नुभएको छ; परमप्रभु उसका परमेश्वर उसको साथमा हुनुहुन्छ, र राजाको ललकार उनीहरूको बीचमा छ।
22 परमेश्वरले उनीहरूलाई मिस्रबाट निकालेर ल्याउनुभएको छ; उसकोङ बल जङ्गली साँढ़ेको जस्तो छ।
23 निश्चय नै याकूबको विरोधमा कुनै मन्त्रतन्त्र लाग्दैन, न ता इस्राएलको विरोधमा कुनै जोखना चल्छ; यस समयअनुसार याकूब र इस्राएलको विषयमा यसो भनिनेछ: ‘हेर, परमेश्वरले के गर्नुभएको छ!’
24 हेर्नुहोस्, यो जाति सिंहनीझैं उठ्नेछ, र सिंहले झैं यसले आफूलाई खड़ा पार्नेछ; जबसम्म यसले शिकार खाँदैन र मारिएकाहरूको रगत पिउँदैन, तबसम्म यो लेट्नेछैन।”
25 तब बालाकले बालामलाई भने: “तिनीहरूलाई कुनै रीतिले श्राप नदिनुहोस्; तिनीहरूलाई कुनै रीतिले आशिष् पनि नदिनुहोस्!” 26 तर बालामले बालाकलाई जवाफ दिएर भने: “परमप्रभुले जे-जति भन्नुहुन्छ, त्यही मैले गर्नुपर्छ भनी के मैले तपाईंलाई भनिनँ र?” 27 अनि बालाकले बालामलाई भने: “आउनुहोस्, म तपाईंलाई विन्ती गर्छु, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु; हुन सक्छ, त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति श्राप दिनुचाहिँ परमेश्वरलाई उचित लाग्ला।” 28 तब बालाकले बालामलाई पोरको टाकुरामा लगे, जो यशिमोनतिर फर्केको थियो। 29 अनि बालामले बालाकलाई भने: “यहाँ मेरा निम्ति सातवटा वेदी बनाउनुहोस्; अनि मेरा निम्ति यहाँ सातवटा बहर र सातवटा भेड़ा तयार पार्नुहोस्!” 30 अनि बालाकले बालामले भनेजस्तो गरे; अनि उनले हरेक वेदीमाथि एउटा बहर र एउटा भेड़ा चढ़ाए।