चट्टानबाट दोस्रो पल्ट पानी निस्केको
20
अनि पहिलो महिनामा इस्राएलीहरू अर्थात् सम्पूर्ण समुदाय जीनको उजाड़स्थानमा आइपुगे; अनि मानिसहरू कादेशमा बस्न लागे; अनि त्यहाँ मरियम मरिन्, र त्यहाँ गाड़िइन्। 2 अनि समुदायका निम्ति पानी थिएन; अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए। 3 अनि ती मानिसहरूले मोशासँग झगड़ा गरेर यसो भने: “हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए कति असल हुनेथ्यो! 4 अनि हामी र हाम्रा गाईबस्तुहरू यहाँ मर्नका निम्ति तपाईंहरूले परमप्रभुको समुदायलाई किन यस उजाड़स्थानमा ल्याउनुभयो? 5 अनि यस खराब ठाउँमा ल्याउन तपाईंहरूले किन हामीलाई मिस्रबाट निकाल्नुभयो? यो न अन्नक, न नेभारा, न अङ्गुर न दारिम नै हुने ठाउँ हो, न ता यहाँ पिउनलाई पानी नै पाइन्छ!”6 तब मोशा र हारून समुदायको सामुबाट निस्केर भेट हुने पालको ढोकामा गए, र भुइँसम्म घोप्टो परे; अनि परमप्रभुको महिमा उनीहरूकहाँ देखा पर्यो। 7 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 8 “त्यो लौरो लेऊ, र तिमी र तिम्रा दाजु हारूनले समुदायलाई भेला गर, र तिनीहरूका आँखाको सामु यस चट्टानसँग बोल; तब यसले आफ्नो पानी दिनेछ; अनि यस चट्टानबाट तिमीले तिनीहरूका निम्ति पानी निकाल्नेछौ; यसरी तिमीले समुदाय र तिनीहरूका गाईबस्तुहरूलाई पिउने पानी दिनेछौ।” 9 तब मोशाले, परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उहाँको सामुबाट लौरो लगे। 10 अनि मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गरे; अनि उनले तिनीहरूलाई भने: “हे विद्रोहीहरूहो, अब सुन, के त्यस चट्टानबाट हामीले तिमीहरूका निम्ति पानी निकालौं?” 11 अनि मोशाले आफ्नो हात उठाए र आफ्नो लौराले त्यस चट्टानलाई दुई पल्ट हिर्काए; तब प्रशस्त पानी निस्क्यो, र समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए। 12 तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो: “इस्राएलीहरूका आँखाको सामु मलाई पवित्र पार्नलाई तिमीहरूले ममाथि विश्वास नगरेका हुनाले जुन देश मैले तिनीहरूलाई दिएको छु, त्यस देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ।” 13 यो मरीबाकोख पानी हो; किनकि इस्राएलीहरूले परमप्रभुसँग झगड़ा गरे; अनि उहाँ तिनीहरूमा पवित्र पारिनुभयो।
एदोमीहरूले इस्राएलीहरूलाई आफ्ना सिमाना पार गर्न दिएनन्
14 अनि कादेशबाट मोशाले एदोमको राजाकहाँ दूतहरू पठाए: “तपाईंको भाइ इस्राएलले यसो भन्छ: हामीमाथि आइपरेको कष्ट तपाईं जान्नुहुन्छ; 15 कसरी हाम्रा पुर्खाहरू मिस्रमा गए, र हामी मिस्रमा धेरै दिनसम्म बस्यौं; अनि मिस्रीहरूले हामीसित र हाम्रा पुर्खाहरूसित खराब व्यवहार गरे; 16 अनि जब हामीले परमप्रभुलाई पुकार्यौं, तब उहाँले हाम्रो पुकारग सुन्नुभयो, एउटा दूत पठाउनुभयो र हामीलाई मिस्रबाट निकालेर ल्याउनुभयो; अनि हेर्नुहोस्, हामी कादेश शहरमा छौं, जो तपाईंको सिमानाको किनारमा छ। 17 कृपा गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्; हामी खेतबारीहरूबाट वा दाखबारीहरूबाट भएर जानेछैनौं, न ता हामी इनारहरूको पानी नै पिउनेछौं; हामी राजमार्गै-मार्ग हिँड़्नेछौं; जबसम्म हामी तपाईंको सिमाना पार गर्दैनौं, तबसम्म हामी न ता दाहिने, न देब्रे लाग्नेछौं।” 18 अनि एदोमले इस्राएललाईघ भन्यो: “तिमी मेरो देशबाटङ भएर जान पाउनेछैनौ, नत्र तरवार लिएर म तिम्रो विरोधमा निस्केर आउनेछु।” 19 अनि इस्राएलीहरूले त्यसलाई भने: “हामी राजमार्ग भएर जानेछौं; अनि यदि मैले र मेरा पशुहरूले तिम्रा पानी पियौं भने म त्यसको दाम दिनेछु; अरू केही होइन, केवल पैदल हिँड़ेर म पार गर्न पाऊँ!” 20 तब त्यसले भन्यो: “तिमीले पार गर्न पाउनेछैनौ।” अनि एदोम धेरै मानिसहरू लिएर र बलियो हातले उसको विरोधमा निस्केर आयो। 21 यसरी एदोमले इस्राएललाई आफ्नो सिमानाबाट भएर जान दिन इन्कार गर्यो; यसैले इस्राएल त्यसकहाँबाट फर्क्यो।
हारूनको मृत्यु
22 अनि इस्राएलीहरू अर्थात् सम्पूर्ण समुदाय कादेशबाट यात्रा गरेर होर पहाड़मा आइपुगे। 23 तब होर पहाड़मा एदोम देशको सिमानामाच परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 24 “हारून आफ्ना मानिसहरूकहाँ मिल्न जानेछ; किनकि जुन देश मैले इस्राएलीहरूलाई दिएको छु, त्यस देशमा उसले पस्न पाउनेछैन; किनभने मरीबाको पानीमा तिमीहरूले मेरो आज्ञाको विरोधमा विद्रोह गर्यौ। 25 हारून र उसको छोरा एलाजारलाई लिएर उनीहरूलाई माथि यस होर पहाड़मा ल्याऊ! 26 अनि हारूनबाट उसका वस्त्रहरू फुकाल, र उसको छोरा एलाजारलाई ती लगाइदेऊ; अनि हारून आफ्ना मानिसहरूकहाँ मिल्न जानेछ, र त्यहीं मर्नेछ।” 27 तब मोशाले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे; अनि सम्पूर्ण समुदायका आँखाको सामु उनीहरू होर पहाड़मा चढ़े; 28 अनि मोशाले हारूनबाट तिनका वस्त्रहरू फुकाले, र तिनका छोरा एलाजारलाई ती लगाइदिए; अनि हारून त्यहीं पहाड़को टाकुरामा मरे; अनि मोशा र एलाजार त्यस पहाड़बाट ओर्ले। 29 अनि जब सम्पूर्ण समुदायले हारून मरे भन्ने कुरा थाहा गरे, तब तिनीहरूले अर्थात् इस्राएलको सारा घरानाले हारूनका निम्ति तीस दिनसम्म विलाप गरे।