पूजाहारीहरू र लेवीहरूको सेवाको भार
18
अनि परमप्रभुले हारूनलाई भन्नुभयो: “तिमीले, अनि तिमीसित तिम्रा छोराहरूले, र तिम्रा बुबाको घरानाले पवित्रस्थानको अधर्मको भार बोक्नेछौ; तिमीले र तिमीसित तिम्रा छोराहरूले तिमीहरूको पूजाहारी-पदको अधर्मको भार बोक्नेछौ। 2 अनि लेवी कुल अर्थात् तिम्रा बुबाको कुलका तिम्रा भाइहरूलाई पनि तिमीले आफूसँग ल्याऊ, र तिनीहरू तिमीसँग मिलिरहून्, र तिम्रो सेवा गरून्; तर तिमीले र तिमीसित तिम्रा छोराहरूले साक्षीको निवासस्थानको सामु सेवा गर्नू! 3 अनि तिनीहरूले तिम्रो देखरेखको भारक र सारा निवासस्थानको देखरेखको भारक उठाऊन्ख; केवल तिनीहरू पवित्रस्थानका सरसामानहरू र वेदीको नजिक नआऊन्, नत्र तिनीहरू मर्छन्, र तिमीहरू पनि मर्छौ! 4 अनि तिनीहरू तिमीसँग मिलिरहून्, र निवासस्थानको सारा सेवाका निम्ति भेट हुने पालको देखरेखको भारक उठाऊन्ख; अनि कुनै पराई मानिस तिमीहरूको नजिक नआओस्! 5 अनि तिमीहरूले पवित्रस्थानको देखरेखको भारक र वेदीको देखरेखको भारक उठाउनूख; र इस्राएलीहरूमाथि अब फेरि क्रोध आइनपरोस्! 6 अनि मैले, हेर, मैले इस्राएलीहरूको बीचबाट तिमीहरूका लेवी भाइहरूलाई लिएको हुँ; तिनीहरूले भेट हुने पालको सेवा गरून् भनेर परमप्रभुका निम्ति तिनीहरू तिमीहरूलाई दानको रूपमा दिइएका हुन्। 7 यसकारण तिमीले, र तिमीसित तिम्रा छोराहरूले वेदीको र बीचको पर्दाभित्रको हरेक कुराका निम्ति आफ्नो पूजाहारी-पद सम्हाल्नू; र तिमीहरूले सेवा गर्नू; मैले तिमीहरूको पूजाहारी-पदचाहिँ दानको सेवा-स्वरूप तिमीहरूलाई दिएको छु; अनि कुनै पराई मानिस, जो नजिक आउँछ, त्यो मारियोस्!”पूजाहारीहरूको भाग
8 तब परमप्रभु हारूनसँग बोल्नुभयो: “हेर, इस्राएलीहरूका सबै पवित्र गरिएका थोकहरूबाट मैले मेरा उचाल्ने भेटीहरूको जिम्मा तिमीलाई दिएको छु; अभिषेकको भागको रूपमा मैले ती कुराहरू तिमीलाई र तिम्रा छोराहरूलाई सदा रहिरहने विधिअनुसार दिएको छु। 9 आगोद्वारा चढ़ाइएका बलिहरूबाट परमपवित्र वस्तुहरूमा योचाहिँ तिम्रो हुनेछ: तिनीहरूको हरेक भेटी अर्थात् तिनीहरूको हरेक अन्नबलि, तिनीहरूको हरेक पापबलि र तिनीहरूको हरेक दोषबलि, जो तिनीहरूले मलाई दिन्छन्; यो तिम्रा निम्ति र तिम्रा छोराहरूका निम्ति परमपवित्र ठहरियोस्! 10 परमपवित्र ठाउँमा तिमीले यसलाई खानू; हरेक पुरुषले यसलाई खाओस्; यो तिम्रा निम्ति पवित्र ठहरियोस्! 11 अनि यो तिम्रो हो: इस्राएलीहरूका सबै डोलाउने भेटीहरूसहित तिनीहरूको दानरूपी उचाल्ने भेटी। यी कुराहरू मैले तिमीलाई, र तिमीसित तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सदा रहिरहने विधिअनुसार दिएको छु; तिम्रा घरमा हरेक जो शुद्ध छ, उसले यसबाट खाओस्! 12 तेलको सबै उत्तम भाग, अनि नयाँ दाखमद्य र गहुँको सबै उत्तम भाग अर्थात् तिनीहरूले परमप्रभुलाई दिएका तिनीहरूका पहिला फलहरू मैले तिमीलाई दिएको छु। 13 तिनीहरूको देशमा भएका सबै कुराहरूका पहिला फलहरू, जो तिनीहरूले परमप्रभुकहाँ ल्याउँछन्, ती तिम्रा हुनेछन्; तिम्रो घरमा हरेक जो शुद्ध छ, उसैले यसबाट खाओस्! 14 इस्राएलमा अर्पण गरिएको हरेक वस्तु तिम्रो हुनेछ। 15 हरेक गर्भ खोल्ने जेठोचाहिँ, चाहे त्यो मानिसको होस् वा पशुको होस्, जो तिनीहरूले सबै प्राणीहरूबाट परमप्रभुका निम्ति चढ़ाउँछन्, त्यो तिम्रो हुनेछ; अँ, तिमीले मानिसको जेठोलाई चाहिँ निश्चय दाम तिरेर छुटाउनू, र अशुद्ध पशुहरूको पहिलो जन्मेकोलाई पनि दाम तिरेर छुटाउनू! 16 अनि जो छुटाइन्छन्, एक महिनादेखि माथिकालाई तिम्रो मूल्याङ्कनअनुसार पवित्रस्थानको शेकेलमुताबिक, जो बीस गेराको हुन्छ, पाँच शेकेल चाँदी तिरेर तिमीले छुटाउनू! 17 तर गाईको पहिलो जन्मेकोलाई, भेड़ाको पहिलो जन्मेकोलाई वा बाख्राको पहिलो जन्मेकोलाई तिमीले नछुटाउनू; ती पवित्र छन्। तिमीले तिनको रगत वेदीमाथि छर्कनू, र तिनका बोसोचाहिँ परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलिको रूपमा तिमीले जलाउनूग! 18 अनि जसरी डोलाउने भेटीको छाती र दाहिने फिला तिम्रा हुन्छन्, त्यसरी नै तिनको मासु तिम्रै हुनेछ। 19 इस्राएलीहरूले परमप्रभुका निम्ति चढ़ाएका पवित्र वस्तुहरूका सबै उचाल्ने भेटीहरू मैले तिमीलाई र तिमीसित तिम्रा छोराहरू र तिम्रा छोरीहरूलाई सदा रहिरहने विधिअनुसार दिएको छु। यो त तिम्रा र तिमीसित तिम्रा सन्तानका निम्ति परमप्रभुको सामु सदा रहिरहने नुनको वाचा हो।”
इस्राएलीहरूका सबै दसौं अंश लेवीहरूको भाग
20 अनि परमप्रभुले हारूनलाई भन्नुभयो: “तिनीहरूको देशमा तिमीले कुनै पैतृक सम्पत्तिघ पाउनेछैनौ, न ता तिनीहरूको बीचमा तिमीले कुनै भाग पाउनेछौ; इस्राएलीहरूको बीचमा म नै तिम्रो भाग र तिम्रो पैतृक सम्पत्तिङ हुँ। 21 अनि हेर, मैले इस्राएलमा लेवीहरूलाई उनीहरूले गरेको उनीहरूको सेवा अर्थात् भेट हुने पालको सेवाका निम्ति पैतृक सम्पत्तिको रूपमा सबै दसौं अंश दिएको छु। 22 अनि अबदेखि उसो इस्राएलीहरू फेरि भेट हुने पालको नजिक नआऊन्; नत्र तिनीहरूले पापको भार बोक्नेछन्, र मर्नेछन्। 23 तर लेवीहरूले भेट हुने पालको सेवा गरून्, र उनीहरूले नै तिनीहरूको अधर्मको भार बोकून्; तिनीहरूका पुस्तौंपुस्तासम्म यो सदा रहिरहने विधि ठहरियोस्, र इस्राएलीहरूको बीचमा उनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। 24 तर इस्राएलीहरूका दसौं अंशहरू, जो तिनीहरूले परमप्रभुका निम्ति उचाल्ने भेटीको रूपमा चढ़ाउँछन्, मैले लेवीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिएको छु; यसैले मैले उनीहरूलाई भनेको छु: इस्राएलीहरूको बीचमा उनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।”
25 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 26 “अनि लेवीहरूसँग कुरा गर, र उनीहरूलाई भन: जब तिमीहरूले इस्राएलीहरूबाट दसौं अंशहरू लिन्छौ, जो मैले तिनीहरूबाट तिमीहरूलाई तिमीहरूको पैतृक सम्पत्तिको रूपमा दिएको छु; तब तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी अर्थात् दसौं अंशको दसौं अंश चढ़ाओ! 27 अनि तिमीहरूको यो उचाल्ने भेटीचाहिँ तिमीहरूका निम्ति मानौं खलाबाटको अन्न र दाखको कोलबाटको भरपूरीजस्तो ठहरिनेछ। 28 यसरी तिमीहरूले पनि इस्राएलीहरूबाट पाएका तिमीहरूका सबै दसौं अंशहरूबाट परमप्रभुको उचाल्ने भेटी चढ़ाओ; अनि तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी पूजाहारी हारूनलाई देओ! 29 तिमीहरूका सबै दानहरूबाट तिमीहरूले परमप्रभुको सबै उचाल्ने भेटी अर्थात् त्यसको सबै उत्तम भागबाटच, अँ, त्यसैबाट त्यसको पवित्र पारेको भाग चढ़ाउनू! 30 यसैले तिमीले उनीहरूलाई भन: जब त्यसबाट तिमीहरूले त्यसको उत्तम भागच चढ़ाउँछौ, तब यो लेवीहरूका निम्ति मानौं खलाको उब्जनीछ र दाखको कोलको आम्दानीजस्तोज ठानिनेछ; 31 अनि तिमीहरूले र तिमीहरूका घरानाहरूले यो कुनै पनि ठाउँमा खान सक्छौ; किनकि भेट हुने पालमा गरेको तिमीहरूको सेवाको निम्ति यो तिमीहरूको ज्यालाझ हो। 32 अनि तिमीहरूले त्यसबाट त्यसको उत्तम भाग चढ़ाएका हुनाले तिमीहरूले यसको कारण पापको भार बोक्नुपर्दैन; अनि इस्राएलीहरूका पवित्र वस्तुहरू तिमीहरूले अशुद्ध नतुल्याउनू, नत्र तिमीहरू मर्नेछौ।”