हारूनको लौरो फुलेको
17
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई भन, र तिनीहरूका पुर्खाहरूको घरानाअनुसार तिनीहरू हरेकबाट एक-एक लौरो लेऊ, अर्थात् तिनीहरूका पुर्खाहरूको घरानाअनुसार तिनीहरूका सबै शासकहरूबाट बाह्रवटा लौरा लेऊ; तिमीले हरेकको नाम उसकै लौरामा लेखिदेऊ! 3 अनि लेवीको लौरामा चाहिँ तिमीले हारूनको नाम लेख; किनकि तिनीहरूका पुर्खाहरूको घरानाको हरेक अगुवाको एउटा लौरो हुन्छ। 4 अनि तिमीले तिनलाई भेट हुने पालमा, साक्षीको सन्दुकको सामु राखिदेऊ, जहाँ म तिमीहरूसित भेट गर्नेछु! 5 अनि यस्तो हुनेछ: जुन मानिसलाई म चुन्छु, त्यही मानिसको लौराले कोपिला हाल्नेछ; अनि म इस्राएलीहरूका गनगनहरू, जुन गनगनहरू तिनीहरूले तिमीहरूको विरोधमा गर्छन्, आफूबाट हटाउनेछुक।” 6 तब मोशाले इस्राएलीहरूसँग कुरा गरे, र तिनीहरूका शासकहरूमध्ये हरेकले उनलाई एउटा लौरो दिए – हरेक शासकको एउटा, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार बाह्रवटा लौरा; अनि हारूनको लौरो ती लौराहरूको बीचमा थियो। 7 अनि मोशाले ती लौराहरू साक्षीको निवासस्थानमा परमप्रभुको सामु राखिदिए।8 अनि यस्तो भयो: भोलिपल्ट मोशा साक्षीको निवासस्थानभित्र गए; अनि हेर, लेवीको घरानाका निम्ति हारूनको लौराले कोपिला हालेछ, कोपिला लागेछन्, फूलहरू फुलेछन् र कागजी बदामहरूख फलेछन्। 9 अनि मोशाले सबै लौराहरू परमप्रभुको सामुबाट सबै इस्राएलीहरूकहाँ ल्याए; अनि तिनीहरूले हेरे, र हरेकले आ-आफ्नो लौरो लिए। 10 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “ती विद्रोहीहरूको विरुद्धग चिन्हको रूपमा राखिछोड्नलाई हारूनको लौरो फेरि साक्षीको सामु ल्याऊ; र तिमीले तिनीहरूका गनगनहरू मबाट हटाएर बन्द गरिदेऊ, कि तिनीहरू नमरून्घ।” 11 तब मोशाले त्यस्तै गरे; परमप्रभुले उनलाई जस्तो आज्ञा गर्नुभएको थियो, उनले त्यस्तै गरे।