कनान देशमा बलिहरूका नियमहरू
15
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू आफ्नो बसोबास गर्नेक देशमा पुग्छौ, जुन देश म तिमीहरूलाई दिन्छु; 3 अनि जब परमप्रभुका निम्ति मीठो बास्ना हुनलाई गाईबस्तु वा भेड़ाबाख्राबाट परमप्रभुलाई आगोद्वारा चढ़ाइने बलिख चढ़ाउँछौ, चाहे त्यो होमबलि होस्, भाकल पूरा गर्नलाई चढ़ाइएको बलि, स्वेच्छा-दान वा तिमीहरूका तोकिएका चाड़हरूमा चढ़ाइने बलि होस्; 4 तब परमप्रभुलाई आफ्नो भेटी चढ़ाउनेले अन्नबलिका निम्ति हिनकोग एक चौथाइ तेलसँग मिसिएको एपाकोघ दसौं भाग मैदा ल्याओस्! 5 अनि एक-एक पाठाका निम्ति तिमीले होमबलि वा बलिको साथमा अर्घबलिको रूपमा हिनको एक चौथाइ दाखमद्य तयार पार्नू! 6 अथवा एउटा भेड़ाका निम्ति तिमीले अन्नबलिका निम्ति हिनको एक तिहाइ तेलसँग मिसिएको एपाको दस भागका दुई भाग मैदा तयार पार्नू! 7 अनि परमप्रभुका निम्ति मीठो बास्ना हुनलाई अर्घबलिका निम्ति तिमीले हिनको एक तिहाइ दाखमद्य चढ़ाउनू! 8 अनि जब परमप्रभुका निम्ति तिमीले होमबलि, भाकल पूरा गर्न चढ़ाइने बलि वा मेलबलिको रूपमा एउटा बहर तयार पार्छौ, 9 उसले त्यस बहरको साथमा अन्नबलिका निम्ति आधा हिन तेलसँग मिसिएको एपाको दस भागको तीन भाग मैदा ल्याओस्! 10 अनि परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलिको रूपमा तिमीले अर्घबलिका निम्ति आधा हिन दाखमद्य ल्याउनू! 11 हरेक बहर, हरेक भेड़ा, हरेक भेड़ाको पाठो वा हरेक बाख्राको पाठोका निम्ति यस्तै गरियोस्! 12 तिमीले तयार पारेका बलि-पशुहरूको संख्याअनुसार – तिनीहरूको गन्तीअनुसार तिमीले एक-एकका निम्ति त्यस्तै गर्नू! 13 परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलि चढ़ाउँदा स्वदेशीहरू सबैले यही रीतिले यी कुराहरू गरून्! 14 अनि कोही परदेशी तिमीहरूसँग बसोबास गर्छ, वा तिमीहरूका पुस्तौंपुस्तामा तिमीहरूको बीचमा बस्ने जो कोही छ, यदि त्यसले परमप्रभुका निम्ति मीठो बास्ना दिने, आगोद्वारा चढ़ाइने बलि चढ़ाउन चाहन्छ भने तिमीहरूले जस्तो गर्दछौ, त्यसले त्यस्तै गरोस्! 15 तिमी समुदायका र तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीका निम्ति एउटै विधि – तिमीहरूका पुस्तौंपुस्तासम्म सदा रहिरहने एउटै विधि हुनेछ; जस्ता तिमीहरू, त्यस्तै परदेशी परमप्रभुको सामु मानिन्छ। 16 तिमीहरू र तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीका निम्ति एउटै व्यवस्था र एउटै नियम हुनेछ।”17 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 18 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब तिमीहरू त्यस देशमा पुग्छौ, जहाँ म तिमीहरूलाई पुर्याउँछु, 19 तब यस्तो होस्: जब तिमीहरूले त्यस देशका रोटीबाट खान्छौ, तब तिमीहरूले परमप्रभुलाई एउटा उचाल्ने भेटी चढ़ाउनूङ! 20 तिमीहरूले मुछेको पीठोको आफ्नो पहिलो ढिकाको एउटा फुरौलो उचाल्ने भेटीको रूपमा चढ़ाउनूङ; खलाबाटको उचाल्ने भेटी चढ़ाएझैं तिमीहरूले यसलाई चढ़ाउनूङ! 21 तिमीहरूका पुस्तौंपुस्तासम्म तिमीहरूको मुछेको पीठोको पहिलो ढिकाबाट तिमीहरूले परमप्रभुलाई माथि उचाल्ने भेटी चढ़ाउनू!
22 अनि यदि तिमीहरूले अनजानमा कुनै भूलचूक गर्यौ र परमप्रभुले मोशालाई बताउनुभएका यी सबै आज्ञाहरू पालन गरेनौच भने, 23 अर्थात् परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको दिनदेखि उसो तिमीहरूका पुस्तौंपुस्तामा उहाँले मोशाद्वारा तिमीहरूलाई आज्ञा गर्नुभएका सबै कुराहरू पालन गरेनौच भने, 24 तब यस्तो होस्: समुदायले थाहा नपाईकनै अनजानमा कुनै भूलचूक भएको छ भने सारा समुदायले परमप्रभुका निम्ति मीठो बास्ना हुनलाई होमबलिको रूपमा एउटा जवान बहर त्यसको अन्नबलि र त्यसको अर्घबलिको साथमा विधिअनुसार चढ़ाओस्, र पापबलिका निम्ति बाख्राको एउटा पाठोछ चढ़ाओस्! 25 अनि इस्राएलीहरूको सारा समुदायका निम्ति पूजाहारीले प्रायश्चित गरोस्, र तिनीहरूलाई क्षमा गरिनेछ; किनकि त्यो अनजानमा गरिएको भूलचूक थियो; अनि तिनीहरूले अनजानमा भएको आफ्नो भूलचूकका निम्ति आफ्नो भेटी अर्थात् परमप्रभुका निम्ति आगोद्वारा चढ़ाइने बलि र तिनीहरूको पापबलि परमप्रभुको सामु ल्याऊन्! 26 अनि इस्राएलीहरूको सारा समुदायलाई र तिनीहरूको बीचमा बसोबास गर्ने परदेशीलाई क्षमा गरिनेछ; किनकि सबै मानिसहरू अनजानमा परेका थिए।
27 अनि कुनै व्यक्तिले अनजानमा पाप गर्यो भने त्यसले पापबलिका निम्ति बाख्राको पहिलो वर्षको एउटा पाठो ल्याओस्! 28 अनि जब त्यसले परमप्रभुको सामु अनजानमा पाप गरेको छ, तब पूजाहारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति प्रायश्चित गर्नलाई त्यसका निम्ति प्रायश्चित गरोस्; अनि त्यसलाई क्षमा गरिनेछ। 29 चाहे इस्राएलीहरूको बीचमा जन्मेको स्वदेशीका निम्ति वा तिनीहरूको बीचमा बसोबास गर्ने परदेशीका निम्ति होस्, अनजानमा पाप गर्नेका निम्ति तिमीहरूको एउटै व्यवस्था होस्! 30 तर जुन व्यक्तिले, चाहे त्यो स्वदेशी होस्, चाहे परदेशी होस्, हठी भएरज पाप गर्छ, त्यसले नै परमप्रभुलाई अपमान गरेको छ; र त्यो व्यक्तिचाहिँ आफ्ना जनहरूको बीचबाट नामेट गरियोस्! 31 किनभने त्यसले परमप्रभुको वचनलाई तुच्छ ठानेको छ, र उहाँको आज्ञा तोड़ेको छ; यसैले त्यो व्यक्ति पूरा रीतिले नष्ट गरियोस्; त्यसको अधर्म त्यसैमाथि परोस्!”
विश्रामदिन भङ्ग गर्नेको मृत्युदण्ड
32 अनि इस्राएलीहरू उजाड़स्थानमा रहेको समयमा तिनीहरूले एक मानिसलाई विश्रामदिनमा दाउराझ बटुलिरहेको भेट्टाए। 33 अनि जसले त्यसलाई दाउराझ बटुलिरहेको भेट्टाएका थिए, तिनीहरूले त्यसलाई मोशा, हारून र सम्पूर्ण समुदायकहाँ लगे। 34 अनि तिनीहरूले त्यसलाई थुनामा राखे; किनभने त्यसलाई के गर्नुपर्थ्यो, सो प्रकट भएको थिएन। 35 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “त्यो मानिस निश्चय नै मारियोस्; छाउनीबाहिर सम्पूर्ण समुदायले त्यसलाई ढुङ्गाले हानोस्!” 36 अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सम्पूर्ण समुदायले त्यसलाई छाउनीबाहिर लग्यो र त्यसलाई ढुङ्गाले हान्यो, अनि त्यो मर्यो।
सम्झना दिलाउने झुम्काहरू
37 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 38 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन, र तिनीहरूले आफ्ना निम्ति तिनीहरूका पुस्तौंपुस्तामा आफ्ना वस्त्रहरूका किनारमा झुम्काहरू बनाऊन्, र त्यस किनारको झुम्कामा नीलो रङ्गको फित्ता लगाऊन्; 39 अनि त्यो तिमीहरूका निम्ति यस हेतुले एक झुम्का होस्, कि तिमीहरूले त्यसलाई हेरेर परमप्रभुका सबै आज्ञाहरूको सम्झना गर्न सक र तिनलाई पालन गर्न सक; र तिमीहरू आफ्नो हृदयको पछि र आफ्ना आँखाहरूको पछि नलाग, जसको पछि लागेर तिमीहरू वेश्याकर्म गर्ने गर्छौ; 40 र तिमीहरूले सम्झना गर्न सक, मेरा सबै आज्ञाहरू पालन गर्न सक र आफ्ना परमेश्वरका निम्ति पवित्र बन्न सक! 41 म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ; मैले तिमीहरूको परमेश्वर हुनलाई तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ; म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”