वेदीको समर्पणका निम्ति शासकहरूले दिएका भेटीहरू
7
अनि यस्तो भयो: जुन दिन मोशाले निवासस्थान खड़ा गरिसिद्ध्याए, त्यसलाई त्यसका सबै सरसामानहरूसित अभिषेक गरेर त्यसलाई पवित्र पारे, साथै वेदी र त्यसका सबै सामानहरूलाई पनि अभिषेक गरेर तिनलाई पवित्र पारे, 2 त्यस दिन इस्राएलका शासकहरूले अर्थात् तिनीहरूका पुर्खाहरूका घरानाका अगुवाहरूले भेटी चढ़ाए; उनीहरू कुल-कुलका शासकहरू थिए; उनीहरू ती गन्ती गरिएकाहरूमाथि अगुवाक थिए। 3 अनि उनीहरूले परमप्रभुको सामु आफ्नो भेटी ल्याए: छवटा ढाकिएका गाड़ाहरू, बाह्रवटा गोरुहरू; दुईजना शासकहरूबाट एउटा गाड़ा, र हरेकबाट एउटा गोरु; अनि उनीहरूले ती कुराहरू निवासस्थानको सामु ल्याए। 4 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 5 “तिनीहरूबाट यी कुराहरू ग्रहण गर, र यी कुराहरू भेट हुने पालको सेवाको काममा आऊन्; अनि यी कुराहरू लेवीहरूलाई देऊ, हरेकलाई आ-आफ्नो सेवाअनुसार!” 6 अनि मोशाले ती गाड़ाहरू र ती गोरुहरू लिए, र ती कुराहरू लेवीहरूलाई दिए। 7 दुई गाड़ा र चार गोरुहरू उनले गेर्शोनीहरूलाई, उनीहरूको सेवाअनुसार दिए; 8 अनि चार गाड़ा र आठ गोरुहरूचाहिँ उनले पूजाहारी हारूनका छोरा इतामारको अधीनतामा मरारीहरूलाई, उनीहरूको सेवाअनुसार दिए। 9 तर कहातीहरूलाई उनले केही दिएनन्; किनकि उनीहरूले आफ्ना काँधमाथि बोक्नुपर्थ्यो; पवित्रस्थानको यही सेवा उनीहरूको थियो;10 अनि त्यस वेदीकोख अभिषेक भएको दिन यी शासकहरूले त्यस वेदीको समर्पण-भेटी चढ़ाए; अनि यी शासकहरूले वेदीको सामु आ-आफ्नो भेटी चढ़ाए। 11 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “वेदीको समर्पणका निम्ति तिनीहरूले आफ्नो भेटी चढ़ाऊन् – हरेक शासकले आफ्नो दिनमा चढ़ाओस्!”
12 अनि पहिलो दिनमा आफ्नो भेटी चढ़ाउने व्यक्ति यहूदा कुलको अम्मिनादाबका छोरा नहशोन थिए; 13 अनि तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 14 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 15 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 16 पापबलिका निम्ति बाख्राको एउटा पाठोग; 17 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; अम्मिनादाबका छोरा नहशोनको भेटी यही थियो।
18 दोस्रो दिनमा इस्साकारका शासक अर्थात् सूआरका छोरा नतनेलले भेटी चढ़ाए; 19 तिनले आफ्नो भेटीको रूपमा पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा चढ़ाए; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 20 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 21 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 22 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 23 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; सूआरका छोरा नतनेलको भेटी यही थियो।
24 तेस्रो दिनमा जबूलूनीहरूका शासक अर्थात् हेलोनका छोरा एलिआबले भेटी चढ़ाए। 25 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 26 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 27 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 28 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 29 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; हेलोनका छोरा एलिआबको भेटी यही थियो।
30 चौथो दिनमा रूबेनीहरूको शासक अर्थात् शदेऊरका छोरा एलिसूरले भेटी चढ़ाए। 31 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 32 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 33 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 34 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 35 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; शदेऊरका छोरा एलिसूरको भेटी यही थियो।
36 पाँचौं दिनमा शिमोनीहरूका शासक अर्थात् सूरीशद्दाईका छोरा शलूमिएलले चढ़ाए। 37 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 38 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 39 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 40 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 41 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; सूरीशद्दाईका छोरा शलूमिएलको भेटी यही थियो।
42 छैटौं दिनमा गादीहरूका शासक अर्थात् देऊएलका छोरा एल्यासापले चढ़ाए। 43 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 44 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 45 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 46 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 47 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; देऊएलका छोरा एल्यासापको भेटी यही थियो।
48 सातौं दिनमा एप्रैमीहरूका शासक अर्थात् अम्मिहूदका छोरा एलिशामाले चढ़ाए। 49 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 50 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 51 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 52 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 53 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; अम्मिहूदका छोरा एलिशामाको भेटी यही थियो।
54 आठौं दिनमा मनस्सेलीहरूका शासक अर्थात् पदासूरका छोरा गमलिएलले चढ़ाए। 55 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 56 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 57 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 58 पापबलिका निम्ति बाख्राको एउटा बोका; 59 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; पदासूरका छोरा गमलिएलको भेटी यही थियो।
60 नवौं दिनमा बिन्यामिनीहरूका शासक अर्थात् गिदोनीका छोरा अबिदानले चढ़ाए। 61 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 62 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 63 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 64 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 65 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; गिदोनीका छोरा अबिदानको भेटी यही थियो।
66 दसौं दिनमा दानीहरूका शासक अर्थात् अम्मिशद्दाईका छोरा अहिएजेरले चढ़ाए। 67 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 68 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 69 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 70 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 71 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; अम्मिशद्दाईका छोरा अहिएजेरको भेटी यही थियो।
72 एघारौं दिनमा आशेरीहरूका शासक अर्थात् ओक्रानका छोरा पगिएलले चढ़ाए। 73 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 74 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 75 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 76 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 77 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; ओक्रानका छोरा पगिएलको भेटी यही थियो।
78 बाह्रौं दिनमा नप्तालीनीहरूका शासक अर्थात् एनानका छोरा अहिराले चढ़ाए। 79 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलअनुसार एक सय तीस शेकेल वजन भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल चाँदीको एउटा कचौरा; ती दुवै भाँड़ाहरू अन्नबलिका निम्ति तेलसँग मिसिएको मैदाले भरिएका थिए; 80 धूपले भरिएको, दस शेकेल सुनको एउटा चम्चा; 81 होमबलिका निम्ति एउटा जवान बहर, एउटा भेड़ा र पहिलो वर्षको एउटा भेड़ाको पाठो; 82 पापबलिका निम्ति बाख्राको एउटा पाठो; 83 साथै मेलबलिका निम्ति दुईवटा बहर, पाँचवटा भेड़ा, पाँचवटा बोका र पाँचवटा पहिलो वर्षका भेड़ाका पाठाहरू; एनानका छोरा अहिराको भेटी यही थियो।
84 त्यस वेदीको अभिषेक भएको दिन इस्राएलका शासकहरूको तर्फबाट चढ़ाइएको त्यस वेदीको समर्पण-भेटी यही थियो: चाँदीका बाह्रवटा थाल, बाह्रवटा चाँदीका कचौरा, बाह्रवटा सुनका चम्चा; 85 हरेक चाँदीको थालको वजन एक सय तीस शेकल, र हरेक कचौराको सत्तरी शेकेल थियो; पवित्रस्थानको शेकेलअनुसार सबै चाँदीका भाँड़ाहरूको वजन दुई हजार चार सय शेकेल थियो; 86 धूपले भरिएका सुनका बाह्रवटा चम्चा; पवित्रस्थानको शेकेलअनुसार हरेकको वजन दस शेकेल थियो; सबै चम्चाहरूको सुन एक सय बीस शेकेल थियो। 87 होमबलिका निम्ति सबै बहरहरू बाह्रवटा जवान बहरहरू, भेड़ाहरू बाह्रवटा, पहिलो वर्षका भेड़ाका पाठाहरू बाह्रवटा थिए, तिनीहरूको अन्नबलिको साथमा; र पापबलिका निम्ति बाख्राका पाठाहरू बाह्रवटा थिए। 88 साथै मेलबलिका निम्ति सबै बहरहरू चौबीसवटा बहरहरू, भेड़ाहरू साठीवटा, बोकाहरू साठीवटा र पहिलो वर्षका भेड़ाका पाठाहरू साठीवटा थिए; त्यस वेदीको अभिषेक भएपछि त्यसको समर्पण-भेटी यही थियो।
89 अनि जब मोशा परमप्रभुसँगघ कुरा गर्न भेट हुने पालभित्र पस्थे, तब उनले साक्षीको सन्दुकमाथि राखिएको कृपा-आसनमाथिबाट, दुई करूबहरूको बीचबाट उनीसित बोलिरहेको आवाज सुन्थे; अनि उहाँ उनीसित कुरा गर्नुहुन्थ्यो।