छाउनीबाट अशुद्धहरू हटाइए
5
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई आज्ञा देऊ: तिनीहरूले हरेक कोरी, हरेक प्रमेही र लासद्वारा अशुद्ध भएको हरेकलाई छाउनीदेखि बाहिर निकालिदिऊन्क – 3 दुवै पुरुष र स्त्रीलाई तिमीहरूले निकालिदेओ; तिमीहरूले तिनीहरूलाई छाउनीदेखि बाहिर निकालिदेओ, र तिनीहरूले आफ्ना छाउनीहरूलाई अशुद्ध नपारून्, जसको बीचमा म बस्दछु!” 4 अनि इस्राएलीहरूले त्यस्तै गरे, र तिनीहरूलाई छाउनीदेखि बाहिर निकालिदिए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।क्षतिपूर्तिको नियम
5 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 6 “इस्राएलीहरूलाई भन: कुनै पुरुष वा स्त्रीले परमप्रभुको विरोधमा अपराधख गरेर मानिसहरूले गर्ने पापहरूमध्ये कुनै पाप गर्यो भने त्यो दोषी ठहरिनेछ; 7 तब तिनीहरूले आफूले गरेको आफ्नो पाप स्वीकार गरून्; अनि जुन कुरामा त्यो दोषी छ, त्यसले यस कुराको पूरैग क्षतिपूर्ति गरोस्, र यसमाथि यसको पाँचौं भाग थपिदेओस्, अनि जसको विरोधमा त्यो दोषी भएको छ, उसैलाई त्यो देओस्! 8 तर त्यस मानिसको नजिकको नातेदार छैन भने, जसलाई त्यसले यस अपराधको क्षतिपूर्ति गर्न सक्छ, यस अपराधको क्षतिपूर्ति परमप्रभुलाई पूजाहारीका निम्ति दिइयोस् – त्यस प्रायश्चितको भेड़ाको साथमा, जसद्वारा त्यसको प्रायश्चित गरिन्छ। 9 इस्राएलीहरूका सबै पवित्र वस्तुहरूको हरेक माथि उचाल्ने भेटी, जो तिनीहरूले पूजाहारीकहाँ ल्याउँछन्, त्यो उसैको होस्! 10 अनि हरेक मानिसका पवित्र गरिएका थोकहरू उसैका होऊन्; मानिसले पूजाहारीलाई जे दिन्छ, त्यो उसैको होस्! ”
जलनको जाँच
11 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 12 “इस्राएलीहरूसँग कुरा गर, र तिनीहरूलाई भन: जब कुनै पुरुषकी स्त्री बरालिएर उसको विरोधमा अपराध गर्छे, 13 र कुनै पुरुषले त्यससँग कुकर्मघ गर्छ, अनि यो कुरा त्यसको लोग्नेका आँखाबाट छिपेर बस्छ र यो कुरा गुप्त रहन्छ, तर त्योचाहिँ अशुद्ध भएकी छे, तर त्यसको विरोधमा कुनै साक्षी छैन, र त्यो पक्राउ परेकी पनि छैन; 14 त्यसपछि त्यस पुरुषभित्रङ जलनको आत्मा पस्छच, र ऊ आफ्नी स्वास्नीसँग जल्न थाल्छ, अनि त्यो अशुद्ध भएकी पनि छे; अथवा जलनको आत्मा उसभित्रङ पस्छच, र ऊ आफ्नी स्वास्नीसँग जल्न थाल्छ, तर त्यो अशुद्ध भएकी छैन भने, 15 त्यस मानिसले आफ्नी स्वास्नीलाई पूजाहारीकहाँ ल्याओस् र त्यसका निम्ति त्यसको भेटी अर्थात् एपाको दस भागको एक भागछ जौको पीठो पनि ल्याओस्; तर उसले त्यसमाथि न ता तेल खन्याओस्, न त्यसमाथि लोबान हालोस्; किनकि त्यो जलनको अन्नबलि हो, अधर्मको सम्झना गराउने सम्झनाको अन्नबलि हो। 16 अनि पूजाहारीले त्यसलाई नजिक ल्याओस् र त्यसलाई परमप्रभुको सामु खड़ा गरोस्! 17 अनि पूजाहारीले एउटा माटोको भाँड़ामा पवित्र पानी लेओस्; अनि निवासस्थानको भुइँमा भएको धूलोबाट केही लेओस् र त्यस पानीभित्र हालोस्! 18 अनि पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको सामु खड़ा गरोस्, र त्यस स्त्रीको टाउको उदाङ्गो पारिदेओस्, र सम्झनाको अन्नबलि, जोचाहिँ जलनको अन्नबलि हो, त्यसका हातहरूमा राखिदेओस्; अनि पूजाहारीको हातमा त्यो श्राप पैदा गर्ने तीतो पानी होस्! 19 अनि पूजाहारीले त्यसलाई शपथ खान लाओस् र त्यस स्त्रीलाई भनोस्: ‘कुनै मानिस तँसँग सुतेको छैन, र आफ्नो लोग्ने हुँदा-हुँदै बरालिएर तँ अर्को मानिसकी भई अशुद्ध भएकी छैनस् भने यस श्राप पैदा गर्ने तीतो पानीबाट तँ मुक्त भएस्; 20 तर आफ्नो लोग्ने हुँदा-हुँदै तँ बरालिएर गएकी छस्, र तँ अशुद्ध भएकी छेस् भने, अनि आफ्नो लोग्नेबाहेक अर्को मानिस तँसँग सुतेको छ भने’, 21 तब पूजाहारीले त्यस स्त्रीलाई त्यस श्रापको शपथ खान लाओस्; अनि त्यस पूजाहारीले त्यस स्त्रीलाई भनोस्: ‘परमप्रभुले तेरो तिघ्रा कुहुने र तेरो पेट फुल्ने तुल्याएर परमप्रभुले तेरा मानिसहरूको बीचमा तँलाई श्राप र धिक्कार तुल्याइदिऊन्! 22 अनि यो श्राप पैदा गर्ने पानी तेरो पेट फुल्याउन र तेरो तिघ्रा सड़ाउनलाई तेरा आन्द्राभित्र पसोस्!’; अनि त्यस स्त्रीले ‘आमेन! आमेन!’ भनोस्!
23 अनि पूजाहारीले यी श्रापहरू एउटा पुस्तकमा लेखोस्, र तीतो पानीले तिनलाई मेटिदेओस्; 24 त्यसपछि उसले त्यस स्त्रीलाई यो श्राप पैदा गर्ने पानी पिउन लाओस्; अनि यो श्राप पैदा गर्ने पानी त्यसभित्र पसेर तीतो हुनेछ। 25 तब पूजाहारीले त्यस स्त्रीको हातबाट त्यो जलनको अन्नबलि लिएर परमप्रभुको सामु त्यो अन्नबलि डोलाओस्, र त्यसलाई वेदीनिर ल्याओस्; 26 अनि पूजाहारीले त्यस अन्नबलिबाट त्यसको सम्झना गराउने भागको रूपमा एक मुठी झिकोस्, र वेदीमाथि जलाओस्ज, अनि त्यसपछि त्यस स्त्रीलाई यो पानी पिउन लाओस्! 27 अनि उसले त्यसलाई यो पानी पिउन लाएपछि यस्तो हुनेछ: त्यो स्त्री अशुद्ध भएकी हो र आफ्नो लोग्नेको विरोधमा अपराध गरेकी हो भने यो श्राप पैदा गर्ने पानी त्यसभित्र पसेर तीतो हुनेछ, अनि त्यसको पेट फुल्नेछ र त्यसको तिघ्रा सड़्नेछ; र त्यो स्त्री आफ्ना मानिसहरूको बीचमा श्राप हुनेछे। 28 तर त्यो स्त्री अशुद्ध भएकी छैन, र चोखी छे भने त्यो मुक्त हुनेछे, र गर्भवती हुनेछे।
29 आफ्नो लोग्ने हुँदा-हुँदै कुनै स्त्री बरालिएर गएकी छे र अशुद्ध भएकी छे भने जलनको व्यवस्था यही हो; 30 अथवा कुनै मानिसभित्र जलनको आत्मा पस्यो, र ऊ आफ्नी स्वास्नीप्रति जल्न थाल्यो भने उसले त्यस स्त्रीलाई परमप्रभुको सामु खड़ा गरोस्; अनि पूजाहारीले यो सारा व्यवस्था त्यसमाथि लागू गरोस्! 31 तब त्यो मानिस अधर्मबाट निर्दोष ठहरिनेछ, तर त्यस स्त्रीले चाहिँ आफ्नो अधर्मको फल भोग्नेछे।”