कहातीहरूको कर्तव्य
4
अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 2 “लेवीका छोराहरूको बीचबाट कहातका सन्तानहरूलाई, तिनीहरूका परिवारहरूअनुसार, तिनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरेर मुठ संख्या निकाल – 3 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरू अर्थात् भेट हुने पालमा काम गर्नका निम्ति सेवामा भर्ना हुनेक सबैलाई!4 भेट हुने पालमा परमपवित्र वस्तुहरूको सम्बन्धमा कहातीहरूको सेवा यही हुनेछ: 5 जब छाउनी अघि बढ़्छ, तब हारून र उसका छोराहरू आऊन्, बीचको पर्दा झारून् र त्यसैले साक्षीको सन्दुकलाई ढाकिदिऊन्! 6 त्यसपछि उनीहरूले त्यसमाथि सिलका छालाको ओढ़ा राखिदिऊन्, त्यसमाथि सम्पूर्ण नीलो रङ्गको कपड़ा फैलाइदिऊन् र त्यसका डण्डाहरू लगाइदिऊन्! 7 अनि भेटीका रोटीहरूको टेबलमाथि उनीहरूले नीलो कपड़ा फैलाइदिऊन्, र त्यसमाथि थालहरू, चम्चाहरू, कचौराहरू र अर्घ चढ़ाउने करुवाहरू राखून्; अनि नित्य चढ़ाइने रोटी त्यसमाथि रहोस्! 8 त्यसपछि तीमाथि उनीहरूले रातो कपड़ा फैलाइदिऊन्, त्यसलाई सिलका छालाको ओढ़ाले ढाकिदिऊन् र त्यसका डण्डाहरू लगाइदिऊन्! 9 अनि उनीहरूले नीलो कपड़ा लिऊन्, र उज्यालोका निम्ति हुने सामदान, त्यसका दियाहरू, त्यसका सलेता मिलाउने चिम्टाहरू, त्यसका अँगार हाल्ने भाँड़ाहरूख र त्यसका सबै तेल राख्ने भाँड़ाहरूलाई ढाकिदिऊन्, जसद्वारा उनीहरूले त्यसको सेवा गर्छन्; 10 त्यसपछि उनीहरूले त्यसलाई र त्यसका सबै सामानहरू सिलका छालाको ओढ़ाभित्र हालून्, र त्यसलाई एउटा डन्डीमा राखून्! 11 अनि सुनको वेदीमाथि उनीहरूले एउटा नीलो कपड़ा फैलाइदिऊन्, त्यसलाई सिलका छालाको ओढ़ाले ढाकिदिऊन् र त्यसका डण्डाहरू लगाइदिऊन्! 12 अनि उनीहरूले सेवाका सबै सामानहरू लिऊन्, जसद्वारा उनीहरूले पवित्रस्थानमा सेवा गर्छन्, तिनलाई एउटा नीलो कपड़ामा हालून्, तिनलाई सिलका छालाको ओढ़ाले ढाकिदिऊन्, र तिनलाई एउटा डन्डीमा राखून्! 13 अनि उनीहरूले वेदीबाट खरानी हटाऊन्, र त्यसमाथि एउटा बैजनी कपड़ा फैलाइदिऊन्! 14 अनि उनीहरूले त्यसमाथि त्यसका सबै सामानहरू राखून्, जसद्वारा उनीहरूले वेदीको वरिपरिग सेवा गर्छन् अर्थात् आगो राख्ने भाँड़ाहरू, मासु उठाउने काँटाहरू, बेल्चाहरू र बाटाहरू – वेदीका सबै सामानहरू; अनि उनीहरूले त्यसमाथि सिलका छालाको ओढ़ा फैलाइदिऊन्, र त्यसका डण्डाहरू लगाइदिऊन्! 15 छाउनी अघि बढ़्दा जब हारून र उसका छोराहरूले पवित्रस्थान र पवित्रस्थानका सबै सरसामानहरूलाई ढाकिसक्छन्, तब कहातीहरू त्यसलाई बोक्न आऊन्; तर उनीहरूले कुनै पवित्र वस्तु नछोऊन्, नत्र उनीहरू मर्छन्। भेट हुने पालमा यी कुराहरू कहातका छोराहरूको भार हुन्।
16 पूजाहारी हारूनको छोरा एलाजारको देखरेखमा यी कुराहरू रहन्छन्: उज्यालोका निम्ति हुने तेल, सुगन्धित धूप, नित्य अन्नबलि र अभिषेकको तेल; साथै सम्पूर्ण निवासस्थान र त्यसभित्र भएका सबै थोकहरूको देखरेख, चाहे पवित्रस्थानभित्र होस् वा त्यसका सामानहरूको होस्!”
17 अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 18 “लेवीहरूको बीचबाट कहातीहरूका परिवारहरूको कुललाई नष्ट हुन नदेओ! 19 तर जब उनीहरू परमपवित्र वस्तुहरूकोघ नजिकमा आउँछन्, तब उनीहरू बाँचून्, र नमरून् भनेर उनीहरूका निम्ति यसो गर: हारून र उसका छोराहरू भित्र जाऊन्, र उनीहरूले हरेकलाई उसको सेवा र उसको भारी खटाऊन्! 20 तर जब पवित्र वस्तुहरू ढाकिन्छन्, तब उनीहरू हेर्नलाई भित्र नजाऊन्, नत्र उनीहरू मर्छन्।”
गेर्शोनीहरूको कर्तव्य
21 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 22 “गेर्शोनीहरूलाई पनि तिनीहरूका पुर्खाहरूको घरानाअनुसार, तिनीहरूका परिवारहरूअनुसार गन्ती गरेर मुठ संख्या निकाल! 23 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरूलाई, अर्थात् भेट हुने पालमा काम गर्नलाई सेवामा भर्ना हुने सबैलाई तिमीले गन्ती गर्नू! 24 सेवा गर्ने र भारी बोक्ने सम्बन्धमा गेर्शोनीहरूका परिवारहरूको सेवा यो हो: 25 अँ, उनीहरूले निवासस्थानका पर्दाहरू र भेट हुने पाल, त्यसको ओढ़ा, त्यसमाथि भएको सिलका छालाको ओढ़ा र भेट हुने पालको ढोकाको पर्दा बोकून्; 26 साथै निवासस्थान र वेदीको वरिपरि भएको आँगनका पर्दाहरू र आँगनको मूलढोकाको ढोकारूपी पर्दा, तिनका डोरीहरू र तिनका कामका सबै सामानहरू; र तिनीहरूका निम्तिङ जे गरिनुपर्छ, त्यो उनीहरूले गरून्! 27 उनीहरूका सबै भारीहरू र उनीहरूको सारा सेवाको सम्बन्धमा गेर्शोनीहरूका सबै सेवा-कार्य हारून र उसका छोराहरूको खटनअनुसार नै गरिऊन्; अनि तिमीहरूले उनीहरूलाई उनीहरूका सबै भारीहरूको विषयमा जिम्मेवारी सुम्प! 28 भेट हुने पालमा गेर्शोनीहरूका परिवारहरूको सेवा यही हो; अनि उनीहरूको जिम्मेवारी पूजाहारी हारूनको छोरा इतामारको हातमा रहोस्!”
मरारीहरूको कर्तव्य
29 “मरारीहरूको विषयमा चाहिँ – उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार तिमीले उनीहरूको गन्ती लिनू! 30 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरूलाई, अर्थात् भेट हुने पालमा काम गर्नलाई सेवामा भर्ना हुने सबैलाई तिमीले गन्ती गर्नू! 31 अनि भेट हुने पालमा हुने उनीहरूका सबै सेवाअनुसार उनीहरूको भारी बोक्ने जिम्मेवारी यही हो: निवासस्थानका फल्याकहरू, त्यसका साटाहरू, त्यसका खाँबाहरू र त्यसका चूलघरहरू; 32 साथै वरिपरिको आँगनका खाँबाहरू, तिनका चूलघरहरू, तिनका कीलाहरू र तिनका डोरीहरू, तिनका सबै सामानहरू र तिनका सबै कामको साथमा; अनि उनीहरूको भारी बोक्ने जिम्मेवारीका सामानहरू तिमीहरूले नाम लिई-लिईकन खटाउनू! 33 भेट हुने पालमा उनीहरूका सबै सेवाअनुसार पूजाहारी हारूनको छोरा इतामारको अधिकारमा मरारीहरूका परिवारहरूको सेवा यही हो।”
कहाती, गेर्शोनी र मरारीहरूको बीचमा सेवामा भर्ना हुनेहरूको गन्ती
34 अनि मोशा र हारूनले, साथै समुदायका प्रधानहरूले कहातीहरूलाई उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरे; 35 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरूलाई, अर्थात् भेट हुने पालमा काम गर्नलाई सेवामा भर्ना हुने सबैलाई। 36 अनि उनीहरूका परिवारहरूअनुसार गन्ती गरिएकाहरूको संख्या दुई हजार सात सय पचास थियो। 37 कहातीहरूका परिवारहरूबाट गन्ती गरिएकाहरू अर्थात् भेट हुने पालमा सेवा गर्ने सबै यी नै हुन्; उनीहरूलाई मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरे।
38 अनि गेर्शोनीहरूबाट उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरिएकाहरू, 39 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरू अर्थात् सबै जो भेट हुने पालमा काम गर्नलाई सेवामा भर्ना हुन्छन्, 40 ती गन्ती गरिएकाहरूको संख्या, उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार दुई हजार छ सय तीस थियो। 41 गेर्शोनीहरूका परिवारहरूबाट गन्ती गरिएकाहरू अर्थात् भेट हुने पालमा सेवा गर्ने सबै यी नै हुन्; उनीहरूलाई परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरे।
42 मरारीहरूका परिवारहरूबाट उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरिएकाहरू, 43 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरू अर्थात् सबै जो भेट हुने पालमा काम गर्नलाई सेवामा भर्ना हुन्छन्; 44 ती गन्ती गरिएकाहरूको संख्या, उनीहरूका परिवारहरूअनुसार तीन हजार दुई सय थियो। 45 मरारीहरूका परिवारहरूबाट गन्ती गरिएकाहरू यी नै हुन्; उनीहरूलाई मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरे।
46 लेवीहरूबाट गन्ती गरिएकाहरू सबै, जसलाई मोशा र हारूनले, साथै इस्राएलका प्रधानहरूले उनीहरूका परिवारहरूअनुसार, उनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरे, 47 तीस वर्ष र त्यसभन्दा माथि पचास वर्षसम्मकाहरू अर्थात् सबै जो भेट हुने पालमा सेवाको काम र भारी बोक्ने काम गर्न आए; 48 ती गन्ती गरिएकाहरूको संख्या आठ हजार पाँच सय अस्सी थियो। 49 परमप्रभुको आज्ञाअनुसार उनीहरू मोशाद्वारा गन्ती गरिए – हरेक जन उसको सेवाअनुसार र उसको भारीअनुसार; अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनीहरू उनीद्वारा गन्ती गरिए।