छाउनीमा कुलहरूको बस्ने क्रम
2
अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूको हरेक मानिस आफ्ना पुर्खाहरूको निशानसित आफ्नै झण्डानिर पाल टाँगेर बसोस्; तिनीहरू टाढ़ैक भेट हुने पालको वरिपरि पाल टाँगेर बसून्!3 अनि पूर्वपट्टि, घाम झुल्कने दिशातिर, तिनीहरूका दलहरूअनुसार पाल टाँगेर बस्नेहरूचाहिँ यहूदाको छाउनीको झण्डा भएकाहरू हुनेछन्; अनि अम्मिनादाबको छोरा नहशोन यहूदाको वंशको प्रधान होस्! 4 अनि उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या चौहत्तर हजार छ सय थियो। 5 अनि उसको छेउमा पाल टाँगेर बस्नेहरू इस्साकार कुलका होऊन्; सूआरको छोरा नतनेल इस्साकारको वंशको प्रधान होस्! 6 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या चौवन्न हजार चार सय थियो। 7 त्यसपछि जबूलून कुल: हेलोनको छोरा एलिआब जबूलूनको वंशको प्रधान होस्! 8 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या सन्ताउन्न हजार चार सय थियो। 9 तिनीहरूका दलहरूअनुसार यहूदाको छाउनीमा गन्ती गरिएका सबै जनहरूको संख्या एक लाख छ्यासी हजार चार सय थियो। यिनीहरू नै पहिले अघि बढ़ून्ख!
10 दक्षिणपट्टि, तिनीहरूका दलहरूअनुसार रूबेनको छाउनीको झण्डा हुनेछ; अनि शदेऊरको छोरा एलिसूर रूबेनको वंशको प्रधान होस्! 11 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या छ्यालीस हजार पाँच सय थियो। 12 अनि उसको छेउमा पाल टाँगेर बस्नेहरू शिमोन कुलका होऊन्; सूरीशद्दाईको छोरा शलूमिएल शिमोनको वंशको प्रधान होस्! 13 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या उन्साठी हजार तीन सय थियो। 14 त्यसपछि गाद कुल: रूएलकोग छोरा एल्यासाप गादको वंशको प्रधान होस्! 15 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या पैंतालीस हजार छ सय पचास थियो। 16 तिनीहरूका दलहरूअनुसार रूबेनको छाउनीमा गन्ती गरिएका सबै जनहरूको संख्या एक लाख एकाउन्न हजार चार सय पचास थियो। अनि यिनीहरू दोस्रो पालोमा अघि बढ़ून्!
17 त्यसपछि छाउनीहरूको मध्यभागमा लेवीहरूको छाउनीको साथमा भेट हुने पाल अघि बढ़ोस्; जुन क्रमले तिनीहरूले पाल टाँगेर बस्छन्, त्यही क्रममा आ-आफ्ना झण्डाहरूको छेउमाघ तिनीहरू आ-आफ्नो ठाउँमा अघि बढ़ून्!
18 पश्चिमपट्टि, तिनीहरूका दलहरूअनुसार एप्रैमको छाउनीको झण्डा हुनेछ; अनि अम्मिहूदको छोरा एलिशामा एप्रैमको वंशको प्रधान होस्! 19 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या चालीस हजार पाँच सय थियो। 20 अनि उसको छेउमा मनस्से कुल हुनेछ; अनि पदासूरको छोरा गमलिएल मनस्सेको वंशको प्रधान होस्! 21 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या बत्तीस हजार दुई सय थियो। 22 त्यसपछि बिन्यामिन कुल: गिदोनीको छोरा अबिदान बिन्यामिनको वंशको प्रधान होस्! 23 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या पैंतीस हजार चार सय थियो। 24 तिनीहरूका दलहरूअनुसार एप्रैमको छाउनीमा गन्ती गरिएका सबै जनहरूको संख्या एक लाख आठ हजार एक सय थियो। अनि यिनीहरू तेस्रो पालोमा अघि बढ़ून्!
25 उत्तरपट्टि, तिनीहरूका दलहरूअनुसार दानको छाउनीको झण्डा हुनेछ; अनि अम्मिशद्दाईको छोरा अहिएजेर दानको वंशको प्रधान होस्! 26 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या बयसट्ठी हजार सात सय थियो। 27 अनि उसको छेउमा पाल टाँगेर बस्नेहरू आशेर कुलका होऊन्; अनि ओक्रानको छोरा पगिएल आशेरको वंशको प्रधान होस्! 28 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या एकचालीस हजार पाँच सय थियो। 29 त्यसपछि नप्ताली कुल: अनि एनानको छोरा अहिरा नप्तालीको वंशको प्रधान होस्! 30 उसको दल, अर्थात् तिनीहरूका गन्ती गरिएकाहरूको संख्या त्रिपन्न हजार चार सय थियो। 31 दानको छाउनीमा गन्ती गरिएका सबै जनहरूको संख्या एक लाख सन्ताउन्न हजार छ सय थियो। आ-आफ्ना झण्डाहरूको साथमाघ तिनीहरू सबैभन्दा पछि अघि बढ़ून्!”
32 इस्राएलीहरूमध्ये तिनीहरूका पुर्खाहरूको घरानाअनुसार गन्ती गरिएकाहरू यी नै हुन्; तिनीहरूका दलहरूअनुसार छाउनीहरूमा गन्ती गरिएका सबै जनहरूको संख्या छ लाख तीन हजार पाँच सय पचास थियो। 33 तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार लेवीहरूचाहिँ इस्राएलीहरूको बीचमा गन्ती गरिएनन्। 34 अनि परमप्रभुले मोशालाई जे-जे आज्ञा गर्नुभएको थियो, सोहीअनुसार इस्राएलीहरूले गरे; यसरी तिनीहरू आ-आफ्ना झण्डानिर पाल टाँगेर बसे, अनि यसरी नै तिनीहरू हरेक आ-आफ्नो परिवारअनुसार, आ-आफ्नो पुर्खाहरूको घरानाअनुसार अघि बढ़े।