पूजाहारी-पदको पवित्रता
21
अनि परमप्रभुले मोशालाई भन्नुभयो: “पूजाहारीहरू अर्थात् हारूनका छोराहरूसित कुरा गर, र उनीहरूलाई भन: आफ्ना मानिसहरूको बीचमा कुनै मरेको व्यक्तिका निम्ति कसैले आफूलाई अशुद्ध नपारोस्! 2 तर आफ्नो रगतको नातेदार अर्थात् आफ्नी आमा, आफ्ना बुबा, आफ्नो छोरा, आफ्नी छोरी र आफ्नो भाइकाक निम्ति, 3 साथै आफ्नो नजिककी आफ्नी कन्या बहिनीकाख निम्ति, जो कुनै लोग्नेकी भएकी छैन, उसका निम्ति ऊ अशुद्ध हुन सक्छ। 4 तर आफ्ना मानिसहरूको बीचमा प्रधानग भएको हुनाले आफूलाई अपवित्र पार्नका निम्ति उसले आफूलाई अशुद्ध नतुल्याओस्! 5 उनीहरूले आफ्नो टाउको नमुड़ाऊन्, न ता आफ्नो दाह्रीका छेउ-छेउ खौरून्, न ता आफ्नो शरीरमा काटेर चोटैचोट पारून्! 6 उनीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र होऊन्, र आफ्ना परमेश्वरको नाम अपवित्र नपारून्; किनकि उनीहरूले आगोले चढ़ाइने परमप्रभुका बलिहरू अर्थात् आफ्ना परमेश्वरको भोजनङ चढ़ाउँछन्; यसैकारण उनीहरू पवित्र होऊन्! 7 उनीहरूले वेश्या वा अपवित्र पारिएकीलाई पत्नी नतुल्याऊन्, न ता आफ्नो लोग्नेद्वारा त्यागिएकीलाई नै पत्नी तुल्याऊन्; किनकि ऊचाहिँ आफ्ना परमेश्वरका निम्ति पवित्र हो। 8 यसकारण तिमीले उसलाई पवित्र मान्नू; किनकि उसले तिम्रा परमेश्वरको भोजनङ चढ़ाउँछ; ऊ तिम्रा निम्ति पवित्र रहोस्; किनभने म, तिमीहरूलाई पवित्र पार्ने परमप्रभु पवित्र छु। 9 अनि कुनै पूजाहारीकी छोरीले वेश्याकर्म गरीकन आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई अपवित्र तुल्याउँछे; त्यो आगोले जलाइयोस्!10 अनि आफ्ना दाजुभाइहरूबाट जो महापूजाहारी भएको छ, जसको शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पवित्र वस्त्रहरू पहिरनलाई जसको समर्पण भएको छ, उसले आफ्नो शिर नाङ्गोघ नपारोस्, र आफ्ना लुगाहरू नच्यातोस्! 11 अनि कुनै मानिसको लासकहाँ नजाओस्, र आफ्ना बुबा वा आफ्नी आमाका निम्ति पनि आफूलाई अपवित्र नतुल्याओस्; 12 साथै ऊ पवित्रस्थानबाट निस्केर नजाओस्, र आफ्ना परमेश्वरको पवित्रस्थानलाई अपवित्र नतुल्याओस्; किनकि आफ्ना परमेश्वरको अभिषेकको तेलको मुकुट उसमाथि छ; म नै परमप्रभु हुँ। 13 अनि उसले चाहिँ कन्या अवस्थामा भएकीलाई स्वास्नी तुल्याओस्! 14 विधवा, त्यागिएकी स्त्री, वा अपवित्र पारिएकी, अँ, एउटी वेश्यालाई चाहिँ उसले स्वास्नी नतुल्याओस्, तर उसले आफ्नै मानिसहरूको बीचबाट एउटी कन्याकेटीलाई नै स्वास्नी तुल्याओस्! 15 अनि उसले आफ्नो सन्तानलाई आफ्ना मानिसहरूको बीचमा अपवित्र नतुल्याओस्; किनभने म नै उसलाई पवित्र पार्ने परमप्रभु हुँ।”
16 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 17 “हारूनलाई यसो भन: तिम्रो सन्तानमा, उनीहरूका पुस्तौंपुस्तामा जसकसैको कुनै खोट छ, ऊ आफ्ना परमेश्वरको भोजनङ चढ़ाउन नजिक नआओस्! 18 किनभने त्यो मानिस जोसुकै होस्, उसमा कुनै खोट छ भने ऊ नजिक नआओस्: जस्तै अन्धा, लङ्गड़ा, नेप्टे वा अङ्ग बढ़ी भएको मानिस, 19 वा खुट्टा भाँचिएको, वा हात भाँचिएको, 20 वा कुप्रे, बाउन्ने, आफ्नो आँखामा खोट भएको, पाकेको घाउ भएको, लुतो लागेको वा अण्डकोष कुच्चिएको मानिस। 21 पूजाहारी हारूनको सन्तानमा हरेक जसको खोट छ, ऊ आगोले चढ़ाइने परमप्रभुका बलिहरू चढ़ाउन नजिक नआओस्; उसमा खोट छ; ऊ आफ्ना परमेश्वरको भोजन चढ़ाउन नजिक नआओस्! 22 उसले आफ्ना परमेश्वरको भोजन अर्थात् परमपवित्र र पवित्र वस्तुहरूबाट खाओस्! 23 तर ऊ बीचको पर्दानिर जाँदै नजाओस्, र वेदीनिर नजाओस्; किनकि उसमा खोट छ; नत्र उसले मेरा पवित्रस्थानहरू अपवित्र तुल्याउँछ; किनभने म नै उनीहरूलाई पवित्र पार्ने परमप्रभु हुँ।”
24 अनि मोशाले यो कुरा हारूनलाई, उसका छोराहरूलाई र सबै इस्राएलीहरूलाई भने।