मूर्तिपूजा र व्यभिचारजस्ता पापहरूको दण्ड
20
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “फेरि तिमीले इस्राएलीहरूलाई भन: इस्राएलीहरूमध्ये वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये हरेक जसले आफ्ना सन्तानमध्ये कसैलाई मोलेकका निम्ति चढ़ाउँछ, त्यो निश्चय नै मारियोस्; त्यस देशका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्! 3 अनि मचाहिँ त्यस मानिसको विरोधमा उठ्नेछु,क र त्यसलाई त्यसका मानिसहरूको बीचबाट नाश पार्नेछु; किनकि मेरो पवित्रस्थान अशुद्ध पार्न र मेरो पवित्र नाम अपवित्र तुल्याउनलाई त्यसले आफ्ना सन्तानमध्ये कसैलाई मोलेकका निम्ति चढ़ाएको छ। 4 अनि त्यस मानिसले आफ्ना सन्तानमध्ये कसैलाई मोलेकका निम्ति चढ़ाउँदा कुनै प्रकारले यस देशका मानिसहरूले त्यस मानिसलाई नदेखेजस्तो गरेरख त्यसलाई मारेनन् भने, 5 मचाहिँ त्यस मानिस र त्यस मानिसको घरानाको विरोधमा उठ्नेछु,क र त्यसलाई नाश पार्नेछु, अनि मोलेकको पछि लागेर वेश्याकर्मग गर्नलाई त्यस मानिसकोघ पछि-पछि वेश्याकर्म गर्दै हिँड़्नेहरू सबैलाई तिनीहरूका मानिसहरूको बीचबाट नाश पार्नेछु।6 अनि जो मानिस तिनीहरूको पछि-पछि वेश्याकर्म गर्दै हिँड़्नलाई भूतप्रेत खेलाउनेहरू र बोक्सेरो-विद्या जान्नेहरूतिर लाग्छ, त्यस मानिसको विरोधमा म उठ्नेछुक र त्यसलाई त्यसका मानिसहरूको बीचबाट नाश पार्नेछु। 7 यसकारण तिमीहरूले आफैलाई पवित्र पार, र पवित्र होओ; किनकि म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 8 अनि तिमीहरूले मेरा विधिहरू पालन गर्नू र तिनैलाई मान्नू;ङ म नै तिमीहरूलाई पवित्र पार्ने परमप्रभु हुँ।
9 किनभने हरेक जसले आफ्ना बुबा वा आफ्नी आमालाई सरापेको छ, त्यो निश्चय नै मारियोस्; त्यसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्छ; त्यसको रगतको दोष त्यसैमाथि लाग्नेछ।
10 अनि जुन मानिसले अर्को मानिसकी पत्नीसँग व्यभिचारच गर्छ अर्थात् आफ्नो छिमेकीकी पत्नीसँग व्यभिचारच गर्छ, यस व्यभिचारी र यस व्यभिचारिणी दुवै निश्चय नै मारिऊन्!
11 अनि जुन मानिस आफ्नी सौतेनी आमासँग सुत्छ, त्यसले आफ्ना बुबाको तन उघारेको छ; ती दुवैजना निश्चय नै मारिऊन्; तिनीहरूको रगतको दोष तिनीहरूमाथि नै लाग्नेछ। 12 अनि कुनै मानिस आफ्नी बुहारीसँग सुत्छ भने ती दुवै निश्चय नै मारिऊन्; तिनीहरूले भ्रष्टचार गरेका छन्; तिनीहरूको रगतको दोष तिनीहरूमाथि नै लाग्नेछ। 13 अनि स्त्रीसँग झैं गरी कुनै पुरुषछ पुरुषसँग सुत्छ भने ती दुवैले घृणित काम गरेका छन्; तिनीहरू निश्चय नै मारिऊन्; तिनीहरूको रगतको दोष तिनीहरूमाथि नै लाग्नेछ। 14 अनि कुनै मानिसले छोरीज र त्यसकी आमा दुवैलाई पत्नी तुल्याउँछ भने यो दुष्टता हो; तिनीहरूले त्यसलाई र ती दुवैलाई आगोले जलाऊन्, र तिमीहरूको बीचमा कुनै दुष्टता नहोस्! 15 अनि कुनै मानिस पशुसँग सुत्छ भने त्यो निश्चय नै मारियोस्; अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नू! 16 अनि कुनै स्त्रीले कुनै पशुकहाँ गएर त्यससँग कुकर्मज गर्छे भने तिमीले त्यस स्त्रीलाई र त्यस पशुलाई पनि मार्नू; तिनीहरू निश्चय नै मारिऊन्; तिनीहरूको रगतको दोष तिनीहरूमाथि नै लाग्नेछ।
17 अनि कुनै मानिसले आफ्नी बहिनीलाईझ अर्थात् आफ्ना बुबाकी छोरी वा आफ्नी आमाकी छोरीलाई लिएर यसको नग्नता हेर्यो भने, र उसले पनि त्यसको नग्नता हेरी भने यो त शर्मको कुरा हो, अनि तिनीहरू आफ्ना मानिसहरूका आँखाहरूको सामु नष्ट गरिऊन्; त्यसले आफ्नी बहिनीकोञ तन उघारेको छ, त्यसले आफ्नो अधर्मको फल भोग्नेछ। 18 अनि कुनै मानिसले मासिक-धर्म भएकी स्त्रीसँग सुतेर उसको तन उघार्यो भने त्यसले उसको धारा उघारेको छ, र उसले आफ्नो रगतको धारा उघारेकी छे; ती दुवै आफ्ना जनहरूको बीचबाट नामेट गरिऊन्! 19 अनि तिमीले आफ्नी आमाकी बहिनीकोञ तन नउघार्नू, न ता आफ्ना बुबाकी बहिनीकोञ नै; किनकि त्यसले आफ्नो रगतको नातेदारलाई नै नाङ्गो पार्दछ; तिनीहरूले आफ्नै अधर्मको फल भोग्नेछन्। 20 अनि कुनै मानिस आफ्ना काकाकी पत्नीसँग सुत्यो भने त्यसले आफ्ना काकाको तन उघारेको छ; तिनीहरूले आफ्नो पापको फल भोग्नेछन्; तिनीहरू निस्सन्तान भई मर्नेछन्। 21 अनि कुनै मानिसले आफ्नो भाइकीट पत्नीलाई राख्छ भने यो त अशुद्ध कुरा हो; त्यसले आफ्नो भाइकोट तन उघारेको छ; तिनीहरू निस्सन्तान हुनेछन्।
22 यसकारण तिमीहरूले मेरा सबै विधिहरू र मेरा सबै नियमहरू पालन गर्नू र तिनैलाई मान्नूठ, नत्र जुन देशमा त्यहाँ बस्न भनी म तिमीहरूलाई लैजान्छु, त्यस देशले तिमीहरूलाई उकेलिदिनेछ। 23 अनि जुन जातिलाई म तिमीहरूको सामुबाट निकालिदिन्छु, त्यस जातिको रीतिविधिहरूअनुसार तिमीहरू नहिँड़्नू; किनकि तिनीहरू यी सबै कुराहरू गर्थे, र यसैले मैले तिनीहरूलाई घृणा गरें। 24 तर मैले तिमीहरूलाई भनेको छु: तिमीहरूचाहिँ तिनीहरूको देशका अधिकारी हुनेछौ, अनि यस देशलाई, जहाँ दूध र मह बग्दछन्, आफ्नो अधिकारमा पार भनी म यो तिमीहरूलाई दिनेछु; म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ; मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग पारेको छु। 25 यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा, अनि अशुद्ध र शुद्ध पक्षीहरूको बीचमा भिन्नता राख्नू; अनि पशु, पक्षी वा कुनै प्रकारको भुइँमा घस्रने जीवजन्तुद्वारा, जसलाई मैले अशुद्ध ठहऱ्याएर तिमीहरूबाट अलग पारेको छु, तिमीहरूले आफैलाई घृणित नतुल्याउनू! 26 अनि तिमीहरू मेरा निम्ति पवित्र होओ; किनकि म परमप्रभु पवित्र छु; अनि तिमीहरू मेरा होओ भनेर मैले तिमीहरूलाई अरू जातिहरूबाट अलग पारेको छु। 27 अनि जुन पुरुष वा स्त्रीमा भूतप्रेत खेलाउने आत्मा छ, वा जो बोक्सा-बोक्सी हो,ड त्यो निश्चय नै मारियोस्; तिनीहरूले तिनीहरूलाई ढुङ्गाले हानून्; तिनीहरूको रगतको दोष तिनीहरूमाथि नै लाग्नेछ।”