विवाहको सम्बन्धमा निषेध गरिएका कुराहरूका नियमहरू
18
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीसँग कुरा गर, र तिनीहरूलाई भन: म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 3 मिस्र देशका कामहरूअनुसार, जहाँ तिमीहरू बस्थ्यौ, तिमीहरूले नगर्नू; अनि कनान देशका कामहरूअनुसार, जहाँ म तिमीहरूलाई लैजान्छु, तिमीहरूले नगर्नू; न ता तिनीहरूका विधिहरूमा नै हिँड़्नू! 4 तिमीहरूले मेरा नियमहरूक मान्नू,ख र मेरा विधिहरूमा हिँड़्ने गरी तिनलाई पालन गर्नू; म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 5 यसकारण तिमीहरूले मेरा विधिहरू र मेरा नियमहरूक पालन गर्नू! जुन मानिसले ती पालन गर्दछग, त्यो तीद्वारा नै जिउनेछ; म नै परमप्रभु हुँ।6 तिमीहरूमध्ये कोही पनि आफ्नो कुनै रगतकोघ नातेदारकहाँ उसको तनङ उघार्न नजानू; म नै परमप्रभु हुँ। 7 तिमीले आफ्ना बुबाको तनङ, वा आफ्नी आमाको तनङ नउघार्नू; ऊ तिम्री आमा हो; तिमीले उसको तनङ नउघार्नू! 8 तिमीले आफ्नी सौतेनी आमाको तन नउघार्नू; त्यो त तिम्रै बुबाको तन हो। 9 तिमीले आफ्नी बहिनीकोच तन – चाहे ऊ आफ्नै बुबाकी छोरी वा आफ्नै आमाकी छोरी होस्; चाहे ऊ घरमा जन्मेकी होस्, वा परदेशमा जन्मेकी होस् – तिमीले तिनीहरूको तन नउघार्नू! 10 तिमीले आफ्नो छोराकी छोरी वा आफ्नी छोरीकी छोरीको तन अर्थात् तिनीहरूको तन नउघार्नू; किनकि तिनीहरूको तन तिम्रो आफ्नै तन हो। 11 तिम्री सौतेनी आमाकी छोरीको तन, जो तिम्रै बुबाद्वारा जन्माइएकी हो; ऊचाहिँ तिम्री बहिनीच हो; तिमीले उसको तन नउघार्नू! 12 तिमीले आफ्नी फुपूको तन नउघार्नू; ऊ त तिम्रा बुबाको रगतको नातेदार हो। 13 तिमीले तिम्री आमाकी बहिनीकोच तन नउघार्नू; किनकि ऊ त तिम्री आमाको रगतको नातेदार हो। 14 तिमीले आफ्ना बुबाको भाइकोछ तन नउघार्नू, तिमी उसकी पत्नीकहाँ नजानू; ऊ त तिम्री काकी हो। 15 तिमीले आफ्नी बुहारीको तन नउघार्नू; ऊचाहिँ तिम्रो छोराकी पत्नी हो; तिमीले उसको तन नउघार्नू! 16 तिमीले आफ्नो भाइकीछ पत्नीको तन नउघार्नू; त्यो त तिम्रै भाइकोछ तन हो। 17 तिमीले कुनै स्त्री र उसकी छोरी दुवैको तन नउघार्नू; न ता तिमीले उसको छोराकी छोरी वा उसकी छोरीकी छोरीलाई उसको तन उघार्नलाई स्वास्नी तुल्याउनू; तिनीहरू रगतका नातेदार हुन्; यो त दुष्टता हो। 18 तिमीले आफ्नी पत्नी जीवित हुँदा-हुँदैच उसलाई कष्ट दिनलाई, उसको साथमा उसकी बहिनीलाईज उसको तन उघार्नलाई स्वास्नी नतुल्याउनू!
19 अनि जबसम्म कुनै स्त्री आफ्नो अशुद्धतामा पर सरेकी हुन्छे, तबसम्म तिमी उसको तन उघार्नलाई ऊकहाँ नजानू! 20 अनि आफ्नो छिमेकीकी पत्नीद्वारा आफूलाई अशुद्ध तुल्याउन तिमीले त्यससँग परस्त्रीगमन नगर्नू! 21 अनि तिमीले आफ्ना सन्तानमध्ये कसैलाई मोलेकका निम्ति आगोमा नचढ़ाउनू;झ न ता तिमीले आफ्ना परमेश्वरको नाम अपवित्र तुल्याउनू; म नै परमप्रभु हुँ। 22 तिमीले स्त्रीसँग झैं गरी पुरुषगमन नगर्नू; यो त घृणित कार्य हो। 23 अनि तिमीले त्यसद्वारा आफूलाई अशुद्ध तुल्याउनका निम्ति कुनै पशुगमन नगर्नू; अनि कुनै स्त्री पशुसँग कुकर्म गर्नलाई त्यसको सामु खड़ा नरहोस्; यो त भ्रष्टता हो।
24 यस्ता कुनै काम गरेर तिमीहरूले आफूलाई अशुद्ध नपार; किनकि यी सबै कुराहरूद्वारा नै ती जातिहरूले आफूलाई अशुद्ध पारे, जसलाई म तिमीहरूको सामुबाट निकालिदिन्छु। 25 अनि त्यो देश अशुद्ध भएको छ; यसकारण म त्यसको अधर्मको दण्ड त्यसमाथि ल्याउँछु, अनि त्यस देशले आफ्ना बासिन्दाहरूलाई उकेलिदिन्छ। 26 यसकारण चाहे स्वदेशी होस्, चाहे तिमीहरूको बीचमा बसोबास गर्ने परदेशी होस् – तिमीहरूले चाहिँ मेरा विधिहरू र मेरा नियमहरू पालन गर्नू, अनि यी घृणित कामहरूमध्ये एउटै पनि नगर्नू! 27 किनकि तिमीहरूभन्दा पहिले जुन मानिसहरू त्यस देशमा थिए, तिनीहरूले यी सबै घृणित कामहरू गरेका थिए, र त्यो देश अशुद्ध भएको छ। 28 नत्रभने जब तिमीहरूले त्यस देशलाई अशुद्ध पार्छौ, तब जसरी त्यस देशले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई उकेलिदियो, त्यसरी नै त्यसले तिमीहरूलाई पनि उकेलिदिन्छ। 29 किनकि हरेक जसले यी घृणित कामहरूमध्ये एउटै गर्ला, यस्तो गर्ने व्यक्तिहरूचाहिँ आफ्ना जनहरूको बीचबाट नामेट गरिऊन्! 30 यसकारण तिमीहरूले चाहिँ मेरो विधि पालन गर; फलस्वरूप तिमीहरूभन्दा पहिले गरिएका यी घृणित रीतिविधिहरूमध्ये कुनै तिमीहरूले गर्नु नपरोस्, र तीद्वारा तिमीहरूले आफूलाई अशुद्ध पार्नु नपरोस्; म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”