प्रायश्चितको दिन
16
अनि परमप्रभुको सामु धूप चढ़ाउँदाक मरेका हारूनका दुई छोराहरूको मृत्युपछि परमप्रभुले मोशासँग कुरा गर्नुभयो। 2 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “आफ्नो दाजु हारूनलाई भन: ऊ बीचको पर्दाको भित्रपट्टिको पवित्रस्थानमा, सन्दुकमाथि राखिएको कृपा-आसनको सामु हर समय नआओस्, नत्र ऊ मर्नेछ; किनकि कृपा-आसनमाथि म बादलमा देखा पर्नेछु। 3 पवित्रस्थानभित्र हारून यसरी आओस्: पापबलिका निम्ति एउटा जवान बहर र होमबलिका निम्ति एउटा भेड़ाख लिएर आओस्! 4 उसले मलमलको पवित्र लवेदा पहिरोस्; अनि उसको शरीरमा मलमलको कपड़ाको ठुटे सुरुवाल लगाइएको होस्; उसले कम्मरमा मलमलको कमरपेटी बाँधोस्, र मलमलको पगरी लगाओस्! पवित्र वस्त्रहरू यिनै हुन्; यसकारण उसले आफ्नो शरीर पानीमा नुहाओस् र ती कुराहरू पहिरोस्! 5 अनि उसले इस्राएलीहरूको समुदायबाट पापबलिका निम्ति बाख्राका दुईवटा बोका र होमबलिका निम्ति एउटा भेड़ाख लेओस्! 6 अनि हारूनले त्यो पापबलिको बहर चढ़ाओस्, जो उसैका निम्ति हो; अनि उसले आफ्ना निम्ति र आफ्नो घरानाका निम्ति प्रायश्चित गरोस्! 7 अनि उसले ती दुईवटा बोका लेओस् र भेट हुने पालको ढोकामा परमप्रभुको सामु खड़ा गराओस्! 8 अनि हारूनले दुईवटा बोकामाथि चिट्ठा हालोस् – परमप्रभुका निम्ति एउटा चिट्ठा, र आफ्नो बाटो लाग्ने बोकाख का निम्ति अर्को चिट्ठा। 9 अनि जुन बोकामाथि परमप्रभुको चिट्ठा परेको छ, त्यसलाई हारूनले ल्याओस् र पापबलिको रूपमा चढ़ाओस्! 10 तर जुन बोकामाथि आफ्नो बाटो लाग्ने बोकाको चिट्ठा परेको छ, त्यसद्वारा प्रायश्चित गर्नलाई र त्यसलाई उजाड़स्थानमा आफ्नो बाटो लाग्ने बोकाको रूपमा छोड़िदिनलाई त्यो जिउँदै परमप्रभुको सामु खड़ा गरियोस्!11 अनि हारूनले त्यो पापबलिको बहर ल्याओस्, जो उसैका निम्ति हो; अनि उसले आफ्ना निम्ति र आफ्नो घरानाका निम्ति प्रायश्चित गरोस् र आफ्नै निम्ति हुने त्यस पापबलिको बहरलाई मारोस्! 12 अनि परमप्रभुको सामु उसले वेदीबाट निकालिएको झरझराउँदो भुङ्ग्रोले भरिएको धूपौरो र आफ्ना मुठीहरूभरि मसिनो गरी कुटेको सुगन्धित धूप लेओस्, र त्यसलाई बीचको पर्दाको भित्रपट्टि ल्याओस्! 13 अनि परमप्रभुको सामु उसले त्यो धूप आगोमाथि हालोस्, र धूपको बादलले साक्षीमाथिग भएको कृपा-आसनलाई ढाकिदेओस्, नत्र ऊ मर्नेछ! 14 अनि उसले त्यस बहरको रगतबाट केही लिएर आफ्नो औंलाले पूर्वपट्टि कृपा-आसनमाथि छर्कोस्; अनि त्यस रगतबाट उसले आफ्नो औंलाले केही कृपा-आसनको अघिल्तिर सातपल्ट छर्कोस्!
15 त्यसपछि उसले पापबलिको बोकालाई मारोस्, जुन मानिसहरूका निम्ति हो, र त्यसको रगत बीचको पर्दाको भित्रपट्टि ल्याओस्; अनि उसले बहरको रगतसित जस्तो गरेको थियो, त्यस रगतसित पनि त्यस्तै गरोस्, र त्यसलाई कृपा-आसनमाथि र कृपा-आसनको अघिल्तिर छर्कोस्! 16 अनि इस्राएलीहरूको अशुद्धता र तिनीहरूका सबै पापहरूअनुसार तिनीहरूका अपराधहरूको कारणले गर्दा उसले पवित्रस्थानका निम्ति प्रायश्चित गरोस्; अनि तिनीहरूको साथमा तिनीहरूको अशुद्धताको बीचमा वास गरेको भेट हुने पालका निम्ति पनि उसले त्यस्तै गरोस्! 17 अनि जब प्रायश्चित गर्न ऊ पवित्रस्थानभित्र पस्छ, तब ऊ बाहिर ननिस्कुन्जेल र आफ्ना निम्ति, आफ्नो घरानाका निम्ति र इस्राएलको सारा समुदायका निम्ति प्रायश्चित नगरुन्जेल भेट हुने पालभित्र कुनै पनि मानिस नरहोस्! 18 अनि ऊ निस्केर परमप्रभुको सामु भएको वेदीमा जाओस् र त्यसका निम्ति प्रायश्चित गरोस्; अनि त्यस बहरको रगतबाट र त्यस बोकाको रगतबाट केही लिएर उसले चारैतिर वेदीका सिङहरूमाथि लगाओस्! 19 अनि उसले त्यस रगतबाट केही आफ्नो औंलाले त्यसमाथि सातपल्ट छर्कोस्, त्यसलाई शुद्ध पारोस् र इस्राएलीहरूको अशुद्धताबाट त्यसलाई पवित्र पारोस्!
20 अनि पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरिसकेपछि उसले त्यो जिउँदो बोका ल्याओस्! 21 अनि हारूनले त्यस जिउँदो बोकाको टाउकोमाथि आफ्ना दुवै हात राखोस्, अनि इस्राएलीहरूका सबै पापहरूअनुसार तिनीहरूका सबै अधर्महरू र तिनीहरूका सबै अपराधहरू त्यसमाथि स्वीकार गरेर तिनलाई त्यस बोकाको टाउकोमाथि राखिदेओस्, र एउटा तयार रहेको मानिसको हातद्वारा त्यसलाई उजाड़स्थानमा पठाइदेओस्! 22 अनि त्यस बोकाले तिनीहरूका सबै अधर्महरू आफूमाथि बोकेर निर्जन स्थानमा लैजान्छ; अनि त्यस मानिसलेघ त्यस बोकालाई उजाड़स्थानमा छोड़िदेओस्!
23 अनि हारून भेट हुने पालभित्र आओस्, र मलमलका वस्त्रहरू फुकालोस्, जुन वस्त्रहरू उसले पवित्रस्थानभित्र पस्दा लगाएको थियो, अनि तिनलाई त्यहीं छोड़िराखोस्! 24 अनि एउटा पवित्र ठाउँमा उसले आफ्नो शरीर पानीले नुहाओस्, आफ्ना लुगाहरू पहिरोस् र निस्केर आओस्, अनि आफ्नो होमबलि र मानिसहरूको होमबलि चढ़ाएर आफ्ना निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गरोस्! 25 अनि पापबलिको बोसोचाहिँ उसले वेदीमाथि जलाओस्! 26 अनि जसले त्यस बोकालाई आफ्नो बाटो लाग्ने बोकाको रूपमा छोड़िदियो, त्यस मानिसलेघ आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीमा नुहाओस्; अनि त्यसपछि त्यो छाउनीभित्र आओस्! 27 अनि त्यो पापबलिको बहर र त्यो पापबलिको बोका, जस-जसको रगत प्रायश्चित गर्न पवित्रस्थानभित्र ल्याइएको थियो, कसैले बोकेर छाउनीदेखि बाहिर लैजाओस्, र तिनीहरूले तिनका छाला, तिनका मासु र तिनका गोबर आगोले जलाऊन्! 28 अनि जसले तिनलाई जलाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीमा नुहाओस्; अनि त्यसपछि त्यो छाउनीभित्र आओस्!
29 अनि तिमीहरूका निम्ति यो सदा रहिरहने विधि ठहरियोस्: सातौं महिनामा, त्यस महिनाको दसौं दिनमा तिमीहरूले आफ्ना प्राणहरूलाई कष्ट दिनू,ङ र कुनै काम नगर्नू – चाहे त्यो स्वदेशी होस्, वा तिमीहरूको बीचमा बसोबास गर्ने परदेशी होस्! 30 किनकि त्यही दिनमा तिमीहरूका सबै पापहरूबाट तिमीहरू परमप्रभुको सामु शुद्ध होओ भनेर पूजाहारीलेच तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गर्नेछ। 31 यो तिमीहरूका निम्ति विश्राम गर्ने विश्रामदिन होस्; अनि तिमीहरूले आफ्ना प्राणहरूलाई कष्ट दिनू! यो सदा रहिरहने विधि हो। 32 अनि जुन पूजाहारीलाई उहाँले अभिषेक गर्नुहुन्छ र जसलाई उहाँले उसका बुबाको सट्टामा पूजाहारी-पदमा रहेर सेवा गर्नलाई समर्पण गर्नुहुन्छ, उसैले प्रायश्चित गरोस्, र मलमलका लुगाहरू अर्थात् पवित्र वस्त्रहरू पहिरोस्! 33 अनि उसले पवित्र पवित्रस्थानका निम्ति प्रायश्चित गरोस्, अनि भेट हुने पाल र वेदीका निम्ति प्रायश्चित गरोस्, साथै पूजाहारीहरूका निम्ति र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्चित गरोस्! 34 अनि इस्राएलीहरूका निम्ति, तिनीहरूका सबै पापहरूको खातिर वर्षमा एकपल्ट प्रायश्चित गर्नलाई यो तिमीहरूका निम्ति सदा रहिरहने विधि होस्!” अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार उनले गरे।