सुत्‍केरीका निम्‍ति शुद्धिकरणको व्यवस्था
12
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “इस्राएलीहरूलाई यसो भन: कुनै स्त्री गर्भवती भई, र एउटा छोरो जन्माई भने त्यो सात दिनसम्‍म अशुद्ध रहोस्; त्यसको मासिक धर्म हुँदा पर सरेका दिनहरूमा झैं त्यो अशुद्ध रहोस्! 3 अनि आठौं दिनमा त्यस बालकको खलड़ीको खतना गरिओस्! 4 त्यसपछि त्यो आफ्नो शुद्धिको रगतमा तेंतीस दिनसम्‍म रहोस्; जबसम्‍म त्यसका शुद्धिका दिनहरू पूरा हुँदैनन्, तबसम्‍म त्यसले कुनै पवित्र वस्तु नछोओस्, न ता पवित्रस्थानभित्र पसोस्! 5 तर त्यसले एउटी छोरी जन्माई भने त्यसको पर सरेको अवस्थामा झैं त्यो दुई हप्‍तासम्‍म अशुद्ध रहोस्; त्यसपछि त्यो आफ्नो शुद्धिको रगतमा छयसट्ठी दिनसम्‍म रहोस्! 6 अनि जब त्यसका शुद्धिका दिनहरू पूरा हुन्‍छन्, तब त्यसले छोरा वा छोरीका लागि होमबलिका निम्ति भेड़ाको पहिलो वर्षको पाठो र पापबलिका निम्ति एउटा परेवाको बच्‍चा वा एउटा ढुकुरचाहिँ भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्याओस्! 7 अनि पूजाहारीले यसलाई परमप्रभुको सामु चढ़ाओस्, र त्यस स्त्रीका निम्ति प्रायश्‍चित गरोस्; तब त्यो आफ्नो रगतको बहाउबाट शुद्ध हुनेछे। जसले एउटा छोरो वा एउटी छोरी जन्माएकी छे, त्यसको व्यवस्था यही हो। 8 अनि त्यससँग भेड़ाको पाठा ल्याउने औकात छैन भने त्यसले दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्‍चा ल्याओस्; होमबलिका निम्ति एउटा र पापबलिका निम्ति अर्को; अनि पूजाहारीले त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यो शुद्ध हुनेछे।”