6
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “कुनै व्यक्तिले पाप गर्छ भने र परमप्रभुको विरोधमा अपराधक गर्छ भने, अर्थात् त्यससँग राख्न दिएको चीज, बन्धक वा लुटको मालको विषयमा आफ्नो छिमेकीसँग झूट बोलेको छ भने, अथवा आफ्नो छिमेकीलाई धुतेको छ भने; 3 अथवा त्यसले हराएको माल भेट्टाएको छ, र यसको विषयमा झूट बोल्छ र झूटो शपथ खान्छ भने; ती सबै कुराहरूमध्ये कुनै एउटा गरीकन त्यस मानिसले पाप गर्छ भने, 4 तब यस्तो हुनेछ: त्यसले पाप गरेको हुनाले त्यो दोषी भएको छ; यसैले जुन कुरा धुतेर त्यसले लिएको छ, वा जुन कुरा छलछाम गरेर त्यसले प्राप्त गरेको छ, वा जुन कुरा त्यसलाई राख्न दिइएको छ वा जुन हराएको कुरा त्यसले भेट्टाएको छ, यस्तो कुरा त्यसले फर्काइदेओस्! 5 वा जुन कुराहरूको विषयमा त्यसले झूटो शपथ खाएको छ, ती सबै कुराहरू पनि; अँ, त्यसले त्यो कुरा जम्मै फर्काइदेओस्, र त्यसमाथि त्यसको पाँचौं भाग थपिदेओस्, अनि त्यसको दोषबलि चढ़ाउने दिनमाख त्यसले सामान जसको हो, उसलाई त्यो देओस्! 6 अनि त्यसले आफ्नो दोषबलि परमप्रभुकहाँ ल्याओस् अर्थात् तिमीले तोकेको दामअनुसार त्यसले दोषबलिका निम्ति बगालबाट एउटा निष्खोट भेड़ाग पूजाहारीकहाँ ल्याओस्! 7 अनि पूजाहारीले परमप्रभुको सामु त्यसका निम्ति प्रायश्चित गरोस्; अनि ती सबै कुराहरूमध्ये जुन कुरामा त्यसले अपराध गरीकन त्यो गरेको छघ, सो त्यसलाई क्षमा गरिनेछ।”होमबलिको नियम
8 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 9 “हारून र उसका छोराहरूलाई यसो भन्दै आज्ञा गर: होमबलिको नियम यो हो: यो होमबलि हो; यो होमबलिचाहिँ रातभरि बिहानसम्म वेदीमाथि भएको आगोमाथि जलिरहन्छ; अनि वेदीको आगो त्यसमा जलिरहोस्! 10 अनि पूजाहारीले आफ्नो मलमलको वस्त्र पहिरोस्, र आफ्नो शरीरमाथि आफ्नो मलमलको ठुटे सुरुवाल लगाओस्; अनि उसले आगोले वेदीमाथि होमबलिलाई भस्म पारेको खरानी उठाओस् र त्यसलाई वेदीको छेउमा राखोस्! 11 अनि उसले आफ्ना वस्त्रहरू फुकालोस्, र अरू लुगाहरू पहिरोस्, अनि त्यो खरानी छाउनीबाहिर एउटा शुद्ध ठाउँमा लैजाओस्! 12 अनि वेदीमाथिको आगो त्यसमा जलिरहोस्; त्यो ननिभोस्; अनि हरेक बिहान पूजाहारीले त्यसमाथि दाउरा बालोस् र त्यसमाथि होमबलि मिलाएर राखोस्; अनि उसले त्यसमाथि मेलबलिहरूको बोसो जलाओस्! 13 आगो वेदीमाथि निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्!
अन्नबलिको नियम
14 अन्नबलिको नियम यो हो: हारूनका छोराहरूले त्यसलाई परमप्रभुको सामु वेदीको अघिल्तिर चढ़ाऊन्!ङ 15 अनि उसले त्यसबाट, अँ, त्यस अन्नबलिको मैदाबाट र त्यसको तेलबाट आफ्नो मुठीभरि मैदा अन्नबलिमाथि भएको सबै लोबानसहित निकालोस्, र परमप्रभुका निम्ति त्यसको सम्झना गराउने भाग मीठो बास्ना हुनलाई वेदीमाथि जलाओस्! 16 अनि त्यसको बाँकी भागचाहिँ हारून र उसका छोराहरूले खाऊन्; त्यो पवित्र विनाखमिर खाइयोस्; उनीहरूले त्यसलाई भेट हुने पालको आँगनमा खाऊन्! 17 त्यो खमिरसँग नपकाइयोस्; आगोले चढ़ाइएका मेरा बलिहरूबाट उनीहरूको भागको रूपमा मैले त्यो उनीहरूलाई दिएको छु; पापबलि र दोषबलिसरह त्यो परमपवित्र हो। 18 हारूनका सन्तानहरूमध्ये सबै पुरुषहरूले त्यसबाट खाऊन्; आगोले चढ़ाइएका परमप्रभुका बलिहरूको सम्बन्धमा यो तिमीहरूका पुस्तौंपुस्तामा सदा रहिरहने विधि हो; तिनलाई छुने हरेक पवित्र हुनेछ।”
अभिषेकको दिनमा हारून र तिनका छोराहरूले चढ़ाउनुपर्ने अन्नबलि
19 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 20 “हारून र उसका छोराहरूको भेटी यो हो, जो उनीहरूले आफू अभिषेक भएको दिनमा परमप्रभुका निम्ति चढ़ाउनेछन्: निरन्तर चढ़ाइरहने अन्नबलिका निम्ति एपाको दसौं भाग मैदा; बिहान त्यसको आधा र बेलुकी त्यसको आधा। 21 त्यो तावामा तेलसित बनाइयोस्! त्यो पाकेपछि तिमीले त्यसलाई भित्र ल्याउनू; अन्नबलिका पकाइएका टुक्राहरू तिमीले मीठो बास्नाको रूपमा परमप्रभुका निम्ति चढ़ाउनू! 22 अनि उसका छोराहरूमध्ये जो उसको सट्टामा पूजाहारीको रूपमा अभिषेक गरिएको हुन्छ, उसले त्यसलाई चढ़ाओस्; यो परमप्रभुको सदा रहिरहने विधि हो; त्यो पूर्ण रूपले जलाइयोस्! 23 किनकि पूजाहारीको हरेक अन्नबलि पूर्ण रूपले जलाइयोस्; त्यो नखाइयोस्!”
पापबलिको नियम
24 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 25 “हारून र उसका छोराहरूलाई यसो भन: पापबलिको नियम यो हो: जुन ठाउँमा होमबलि मारिन्छ, त्यही ठाउँमा परमप्रभुको सामु पापबलि मारियोस्; यो परमपवित्र हो। 26 जुन पूजाहारीले त्यसलाई पापका निम्तिच चढ़ाउँछ, उसैले त्यो खाओस्; पवित्र ठाउँमा, अर्थात् भेट हुने पालको आँगनमा त्यो खाइयोस्! 27 हरेक जसले त्यसको मासु छुन्छ, त्यो पवित्र हुनेछ; अनि त्यसको रगतबाट केही छिटा कुनै लुगामा लागेको छ भने तिमीले जहाँ छिटा लागेको छ, त्यसलाई पवित्र ठाउँमा धुनू! 28 तर जुन माटोको भाँड़ामा त्यो उसिनिन्छ, त्यो फुटाइयोस्; अनि त्यो पित्तलको भाँड़ामा उसिनिन्छ भने त्यो घोटी-घोटी माझियोस् र पानीले पखालियोस्! 29 पूजाहारीहरूमध्ये सबै पुरुषहरूले त्यसबाट खाऊन्! त्यो परमपवित्र छ। 30 तर हरेक पापबलि, जसको रगतबाट केही भेट हुने पालभित्र पवित्रस्थानमा प्रायश्चित गर्नलाई लगिन्छ, नखाइयोस्; त्यो आगोमा जलाइयोस्!”