पूजाहारीका निम्ति पापबलि
4
अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई यसो भन: कसैले अनजानमा परमप्रभुका आज्ञाहरूमध्ये कुनै एउटाको विरोधमा पाप गर्यो भने, जो कुरा गर्नुहुँदैनथियो, र तीमध्ये कुनै एउटा गर्यो भने, 3 अभिषेक गरिएको पूजाहारीले पाप गरीकन मानिसहरूमाथि दोष ल्यायो भने उसले आफूले गरेको उसको पापका निम्ति एउटा निष्खोट जवान बहर पापबलिको रूपमा परमप्रभुकहाँ ल्याओस्! 4 अनि उसले त्यो बहर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्याओस्; अनि उसले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको सामु त्यस बहरलाई मारोस्! 5 अनि अभिषेक गरिएको पूजाहारीले त्यस बहरको रगतबाट केही लिओस् र यो भेट हुने पालमा ल्याओस्! 6 अनि पूजाहारीले त्यस रगतमा आफ्नो औंला चोपोस् र पवित्रस्थानको बीचको पर्दाको अघिल्तिर, परमप्रभुको सामु त्यस रगतबाट केही सात पल्ट छर्कोस्! 7 अनि भेट हुने पालभित्र भएको सुगन्धित धूपको वेदीका सिङहरूमा पूजाहारीले परमप्रभुको सामु त्यस रगतबाट केही लगाओस्; अनि त्यस बहरको सबै रगत उसले भेट हुने पालको ढोकानिर भएको होमबलिको वेदीको फेदमा खन्याओस्! 8 अनि उसले पापबलिको त्यस बहरको सबै बोसो त्यसबाट निकालोस्: आन्द्रा ढाक्ने बोसो र आन्द्रामाथि भएको सबै बोसो, 9 साथै दुईवटा मिर्गौला र तीमाथि भएको बोसो, जो कम्मरको मास्तिरक हुन्छ, अनि मिर्गौलाहरूको साथमा कलेजोमाथिको जालो; उसले यो अलग पारोस्, 10 जसरी मेलबलिको बहरबाट यो निकालिएको थियो, त्यसरी नै; अनि पूजाहारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्! 11 अनि त्यस बहरको छाला, त्यसको टाउको र त्यसका खुट्टाहरूको साथमा त्यसको सबै मासु, अनि त्यसको आन्द्रा र त्यसको गोबर, 12 अर्थात् सम्पूर्ण बहर उसले छाउनीदेखि बाहिर एउटा शुद्ध ठाउँमा लैजाओस्, जहाँ खरानी खन्याइन्छ, र त्यसलाई दाउरामाथि राखी आगोले जलाओस्; जहाँ खरानी खन्याइन्छ, त्यहीं त्यो जलाइयोस्!समुदायका निम्ति पापबलि
13 अनि इस्राएलको सम्पूर्ण समुदायले अनजानमा पाप गर्यो भने, र यो कुरा समुदायका आँखाबाट लुकेको छ भने, अनि परमप्रभुका आज्ञाहरूमध्ये कुनै एउटालाई, जो गर्नुहुँदैनथियो, तिनीहरूले गरेका छन् र तिनीहरू दोषी भएका छन् भने, 14 जब जुन पापद्वारा तिनीहरूले यस आज्ञाको विरोधमाख पाप गरेका छन्, त्यो प्रकट हुन्छ, तब समुदायले त्यस पापका निम्तिग एउटा जवान बहर चढ़ाओस्, र त्यसलाई भेट हुने पालको सामु ल्याओस्! 15 अनि समुदायका बूढ़ा प्रधानहरूले परमप्रभुको सामु त्यस बहरको टाउकोमाथि आफ्ना हातहरू राखून्; अनि परमप्रभुको सामु त्यो बहर मारियोस्! 16 अनि अभिषेक गरिएको पूजाहारीले त्यस बहरको रगतबाट केही भेट हुने पालभित्र ल्याओस्! 17 अनि पूजाहारीले त्यस रगतमा आफ्नो औंला चोपोस् र बीचको पर्दाको अघिल्तिर परमप्रभुको सामु सातपल्ट छर्कोस्! 18 अनि उसले भेट हुने पालभित्र, परमप्रभुको सामु भएको वेदीका सिङहरूमा त्यस रगतबाट केही लगाओस्; अनि सबै रगत उसले भेट हुने पालको ढोकानिर भएको होमबलिको वेदीको फेदमा खन्याओस्! 19 अनि उसले त्यस बहरबाटघ यसको सबै बोसो निकालोस् र वेदीमाथि यो जलाओस्! 20 पापबलिको बहरसँग उसले जस्तो गर्यो, त्यस बहरसँग पनि त्यस्तै गरोस्; यसरी नै उसले त्यससँग गरोस्! अनि पूजाहारीले तिनीहरूका निम्ति प्रायश्चित गरोस्, र तिनीहरूलाई क्षमा गरिनेछ। 21 अनि उसले त्यो बहर छाउनीदेखि बाहिर लैजाओस्, र जसरी उसले पहिलो बहरलाई जलाएको थियो, त्यसरी नै उसले त्यसलाई जलाओस्; यो समुदायको पापबलि हो।
शासकका निम्ति पापबलि
22 “कुनै शासकले पाप गरेका छन्, र परमप्रभु आफ्नो परमेश्वरका आज्ञाहरूमध्ये कुनै एउटालाई, जो गर्नुहुँदैनथियो, अनजानमा गरीकन पाप गरेका छन्, र तिनी दोषी भएका छन् भने; 23 अथवा जुन विषयमा तिनले पाप गरेका छन्, आफ्नो त्यो पाप जब तिनलाई थाहा लाग्छ, तब तिनले आफ्नो भेटी, बाख्राको एउटा पाठो, अर्थात् एउटा निष्खोट नर ल्याओस्! 24 अनि तिनले त्यस बोकाको टाउकोमाथि आफ्नो हात राखून्, र जुन ठाउँमा तिनीहरूले परमप्रभुको सामु होमबलि मार्छन्, त्यहीं तिनले त्यसलाई मारून्! योचाहिँ पापबलि हो। 25 अनि पूजाहारीले आफ्नो औंलाले त्यस पापबलिको रगतबाट केही लेओस् र होमबलिको वेदीका सिङहरूमा लगाओस्; अनि त्यसको रगतचाहिँ होमबलिको वेदीको फेदमा खन्याओस्! 26 अनि उसले त्यसको सबै बोसो, मेलबलिको बोसोजस्तै वेदीमाथि जलाओस्; अनि तिनको पापको सम्बन्धमा पूजाहारीले तिनका निम्ति प्रायश्चित गरोस्, र तिनलाई क्षमा गरिनेछ।”
साधारण मानिसका निम्ति पापबलि
27 साधारण मानिसहरूमध्येङ कुनै एकजनाले परमप्रभुका आज्ञाहरूमध्ये कुनै एउटालाई, जो गर्नुहुँदैनथियो, अनजानमा गरीकन पाप गर्यो, र दोषी भयो भने; 28 अथवा त्यसको पाप, जो त्यसले गरेको छ, त्यसलाई थाहा लाग्यो भने त्यसले आफूले गरेको त्यसको पापका निम्ति आफ्नो भेटी, बाख्राको एउटा पाठी, अर्थात् एउटा निष्खोट पोथी-पशु ल्याओस्! 29 अनि त्यसले यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस्, अनि यस पापबलिलाई होमबलि गर्ने ठाउँमा मारोस्! 30 अनि पूजाहारीले आफ्नो औंलाले यसको रगतबाट केही लेओस् र होमबलिको वेदीका सिङहरूमा लगाओस्, अनि यसको सबै रगत वेदीको फेदमा खन्याओस्! 31 अनि जसरी मेलबलिबाट बोसो निकालिन्छ, त्यसरी नै त्यसले यसको सबै बोसो निकालोस्; अनि परमप्रभुका निम्ति मीठो बास्ना हुनका निम्ति पूजाहारीले यसलाई वेदीमाथि जलाओस्; अनि पूजाहारीले त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ।
32 अनि त्यसले पापबलिका निम्ति भेटीको रूपमा भेड़ाको पाठा ल्याउँछ भने त्यसले निष्खोट पोथी-पशु ल्याओस्! 33 अनि त्यसले यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस्, र जुन ठाउँमा तिनीहरूले होमबलि मार्दछन्, त्यहीं त्यसले यसलाई पापबलिको रूपमा मारोस्! 34 अनि पूजाहारीले आफ्नो औंलाले यस पापबलिको रगतबाट केही लेओस् र होमबलिको वेदीका सिङहरूमा लगाओस्, अनि यसको सबै रगत वेदीको फेदमा खन्याओस्! 35 अनि जसरी मेलबलिबाट पाठोको बोसो निकालिन्छ, त्यसरी नै त्यसले यसको सबै बोसो निकालोस्; अनि परमप्रभुका निम्ति आगोले चढ़ाइएका बलिहरूअनुसार पूजाहारीले तिनलाई वेदीमाथि जलाओस्; अनि पूजाहारीले त्यसले गरेको त्यसको पापको सम्बन्धमा त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ।”