मेलबलि
3
“अनि त्यसको भेटी मेलबलि हो भने, र त्यसले गाईबस्तुबाट चढ़ाउँछ भने चाहे यो भाले-पशु, चाहे पोथी-पशु होस्, त्यसले यो परमप्रभुको सामु निस्‍खोट चढ़ाओस्! 2 अनि त्यसले आफ्नो यस बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको ढोकामा यसलाई मारोस्; अनि हारूनका छोराहरू अर्थात् पूजाहारीहरूले वेदीमाथि त्यो रगत चारैतिर छर्कून्! 3 अनि मेलबलिबाट त्यसले परमप्रभुलाई आगोले चढ़ाइने बलि चढ़ाओस्: आन्द्रा ढाक्ने बोसो र आन्द्रामाथि भएको सबै बोसो, 4 साथै दुईवटा मिर्गौला र तीमाथि भएको बोसो, जो कम्मरको मास्तिर हुन्‍छ, अनि मिर्गौलाहरूको साथमा कलेजोमाथिको जालो; त्यसले यो अलग पारोस्! 5 अनि हारूनका छोराहरूले यसलाई वेदीमाथि भएको होमबलिमाथि जलाऊन्, जो आगोमाथि राखिएको दाउरामाथि मिलाइएको हुन्‍छ; यो परमप्रभुका निम्ति मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो।
6 अनि यदि परमप्रभुलाई चढ़ाइने मेलबलिका निम्ति त्यसको भेटी भेड़ाबाख्राबाटको हो भने चाहे भाले-पशु, चाहे पोथी-पशु होस्, त्यसले निस्‍खोट चढ़ाओस्! 7 यदि त्यसले आफ्नो भेटीको रूपमा भेड़ाको पाठो चढ़ाउँछ भने त्यसले यो परमप्रभुको सामु चढ़ाओस्! 8 अनि त्यसले आफ्नो बलिको टाउकोमाथि आफ्नो हात राखोस्, र भेट हुने पालको सामु यसलाई मारोस्; अनि हारूनका छोराहरूले वेदीमाथि यसको रगत चारैतिर छर्कून्! 9 अनि मेलबलिबाट त्यसले परमप्रभुका निम्ति आगोले चढ़ाइने बलि चढ़ाओस्: यसको बोसो, यसको जम्मै बोसे पुच्छर, जसलाई त्यसले मेरुदण्‍डको छेवैबाट अलग गरोस्; अनि आन्द्रा ढाक्ने बोसो र आन्द्रामाथि भएको सबै बोसो, 10 साथै दुईवटा मिर्गौला र तीमाथि भएको बोसो, जो कम्मरको मास्तिर हुन्‍छ, अनि मिर्गौलाहरूको साथमा कलेजोमाथिको जालो; त्यसले यो अलग पारोस्! 11 अनि पूजाहारीले यसलाई वेदीमाथि जलाओस्; यो परमप्रभुका निम्ति आगोले चढ़ाइएको बलिको भोजन हो।
12 अनि त्यसको भेटीचाहिँ बाख्रा हो भने त्यसले यो परमप्रभुको सामु चढ़ाओस्! 13 अनि त्यसले यसको टाउकोमाथि आफ्नो हात राखोस्, र भेट हुने पालको सामु यसलाई मारोस्; अनि हारूनका छोराहरूले वेदीमाथि यसको रगत चारैतिर छर्कून्! 14 अनि त्यसले यसबाट आफ्नो भेटी अर्थात् परमप्रभुलाई आगोले चढ़ाइएको बलि चढ़ाओस्: आन्द्रा ढाक्ने बोसो र आन्द्रामाथि भएको सबै बोसो, 15 साथै दुईवटा मिर्गौला र तीमाथि भएको बोसो, जो कम्मरको मास्तिर हुन्‍छ, अनि मिर्गौलाहरूको साथमा कलेजोमाथिको जालो; त्यसले यो अलग पारोस्! 16 अनि पूजाहारीले तिनलाई वेदीमाथि जलाओस्; परमप्रभुका निम्ति यो मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलिको भोजन हो; बोसोजति सबै परमप्रभुको हो। 17 तिमीहरूले बोसो र रगत नखानू; तिमीहरूका पुस्तौंपुस्तामा योचाहिँ तिमीहरूका सबै वासस्थानहरूमा सदा रहिरहने विधि हो।”