होमबलिको वेदी र हातपाउहरू धुने बाटा
38
अनि तिनले बबुलको काठको एउटा होमबलिको वेदी बनाए; त्यसको लमाइ पाँच हात र त्यसको चौड़ाइ पाँच हातको थियो; त्यो वर्गाकार थियो; अनि त्यसको उचाइ तीन हातको थियो। 2 अनि तिनले त्यसका चार कुनामाथि त्यसका सिङहरू बनाए; अनि त्यसका सिङहरू एउटै टुक्राबाट बनेका थिए; अनि तिनले त्यस वेदीलाईक पित्तलले मोहोरे। 3 अनि तिनले वेदीका सबै सामानहरू – भाँड़ाहरू, बेल्चाहरू, बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँड़ाहरू बनाए; तिनले त्यसका सबै सामानहरू पित्तलका बनाए। 4 अनि तिनले वेदीका निम्ति त्यसको घेरामुनि, तलबाट वेदीको आधा उचाइसम्म आउने गरी एउटा पित्तलको जालीदार चाल्नी बनाए। 5 अनि पित्तलको चाल्नीका चार कुनाका निम्ति तिनले डण्डाहरूका बस्ने घरहरू हुनलाई चारवटा मुन्द्राहरू ढालेर बनाए। 6 अनि तिनले बबुलको काठका डण्डाहरू बनाए र तिनलाई पित्तलले मोहोरे। 7 अनि तिनले ती डण्डाहरू, तिनैले त्यो वेदी बोक्नलाई वेदीका दुवैपट्टिका ती मुन्द्राहरूभित्र हाले; फल्याकहरू लिएर तिनले त्यस वेदीलाई खोक्रो बनाए।8 अनि भेट हुने पालको ढोकामा भेला हुने स्त्रीहरूका ऐनाहरू लिएर तिनले एउटा पित्तलको बाटा र त्यसको पित्तलको खुट्टा बनाए।
निवासस्थानको आँगन
9 अनि तिनले आँगन बनाए; दक्षिणपट्टि दक्षिणी भागका निम्ति बाटेको मिहिन मलमलका, एक सय हातका आँगनका पर्दाहरू थिए; 10 तिनका बीसवटा खाँबाहरू र तिनका बीसवटा पित्तलका चूलघरहरू थिए; खाँबाहरूका अङ्कुसेहरू र तिनका डन्डीहरू चाँदीका थिए। 11 अनि उत्तरी भागका निम्ति एक सय हातका पर्दाहरू थिए; तिनका बीसवटा खाँबाहरू र तिनका बीसवटा चूलघरहरू पित्तलका थिए; खाँबाका अङ्कुसेहरू र तिनका डन्डीहरू चाँदीका थिए। 12 अनि पश्चिमी भागका निम्ति पचास हातका पर्दाहरू थिए; तिनका खाँबाहरू दसवटा, र तिनका चूलघरहरू दसवटा; खाँबाहरूका अङ्कुसेहरू र तिनका डन्डीहरू चाँदीका थिए। 13 अनि पूर्वपट्टि पूर्वीय भागका निम्ति चौड़ाइ पचास हातको थियो। 14 ढोकाको एकपट्टिका पर्दाहरू पन्ध्र हातका थिए; तिनका खाँबाहरू तीनवटा र तिनका चूलघरहरू तीनवटा थिए। 15 अनि अर्कापट्टिका निम्ति – आँगनको ढोकाको एकपट्टि र अर्कापट्टिका पर्दाहरू पन्ध्र-पन्ध्र हातका थिए; तिनका खाँबाहरू तीनवटा र तिनका चूलघरहरू तीनवटा थिए। 16 आँगनको वरिपरिका सबै पर्दाहरू बाटेको मिहिन मलमलका थिए। 17 अनि खाँबाहरूका निम्ति चूलघरहरू पित्तलका थिए; खाँबाहरूका अङ्कुसेहरू र तिनका डन्डीहरू चाँदीका थिए; अनि खाँबाहरूका टुप्पाहरू चाँदीले मोहोरिएका थिए; अनि आँगनका सबै खाँबाहरू चाँदीका डन्डीहरूले जोड़िएका थिए। 18 अनि आँगनको ढोकाको पर्दाचाहिँ नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको बेलबुट्टा हानिएकोख काम थियो; अनि लमाइ बीस हातको थियो, अनि चौड़ाइचाहिँ आँगनका पर्दाहरूको उचाइअनुसार पाँच हातको थियो। 19 अनि तिनका चारवटा खाँबाहरू र तिनका चारवटा चूलघरहरू पित्तलका थिए; तिनका अङ्कुसेहरू चाँदीका थिए, तिनका टुप्पाहरू चाँदीले मोहोरिएका थिए र तिनका डन्डीहरू चाँदीका थिए। 20 अनि निवासस्थान र वरिपरिको आँगनका सबै कीलाहरू पित्तलका थिए।
निवासस्थानका निम्ति प्रयोग गरिएका सुन, चाँदी र पित्तलको हिसाब
21 निवासस्थान अर्थात् साक्षीको निवासस्थानका सामानहरू, जो लेवीहरूको सेवाका निम्ति थिए, मोशाका आज्ञाअनुसार पूजाहारी हारूनका छोरा इतामारको हातद्वारा गन्ती गरियो; त्यसको परिणाम यही हो। 22 अनि यहूदा कुलको हूरका नाति, ऊरीका छोरा बसलेलले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै थोकहरू बनाए। 23 अनि तिनको साथमा दान कुलको अहीसामाकका छोरा अहोलीआब थिए, जो मोहोर खोप्ने, कलापूर्ण कारिगर अनि नीलो, बैजनी, रातो र मिहिन मलमलमा बेलबुट्टा काढ्ने मानिस थिए। 24 पवित्रस्थानको सारा निर्माण-कार्यमा, त्यस कामका निम्ति चलाइएको सबै सुन अर्थात् भेटीको सुन पवित्रस्थानको शेकेलको हिसाबअनुसार उनन्तीस किक्कर र सातसय तीस शेकेल थियो। 25 अनि समुदायका गन्ती गरिएका मानिसहरूको चाँदी पवित्रस्थानको शेकेलको हिसाबअनुसार एक सय किक्कर र सत्र सय पचहत्तर शेकेल थियो; 26 बीस वर्षका र त्यसभन्दा बढ़ी उमेरकाहरू, जो गनिए,ग ती सबै छ लाख तीन हजार पाँच सय पचास पुरुषहरूबाट – हरेकबाट एक-एक बेका अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा-आधा शेकेल लिइयो। 27 अनि त्यो एक सय किक्कर चाँदीबाट पवित्रस्थानका चूलघरहरू र बीचको पर्दाका चूलघरहरू ढालिए; एक सय किक्करका एक सय चूलघरहरू, एक किक्करको एउटा चूलघर। 28 अनि रहल सत्र सय पचहत्तर शेकेलबाट तिनले खाँबाहरूका अङ्कुसेहरू बनाए, ती खाँबाहरूका टुप्पाहरू मोहोरे र तिनलाई डन्डीहरूले जोड़े। 29 अनि भेटीको पित्तल सत्तरी किक्कर र दुई हजार चार सय शेकेल थियो। 30 अनि त्यसबाट तिनले भेट हुने पालका ढोकाका चूलघरहरू, पित्तलको वेदी र त्यसको पित्तलको चाल्नी र वेदीका सबै सामानहरू बनाए, 31 साथै आँगनको वरिपरिका चूलघरहरू, आँगनको ढोकाका चूलघरहरू, साथै निवासस्थानका सबै कीलाहरू र वरिपरिको आँगनका सबै कीलाहरू बनाए।