उत्पत्ति
सृष्टिको वर्णन
1
शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। 2 अनि पृथ्वी आकारविनाको र शून्य थियो; अनि गहिरा सागरकोक सतहमाथि अन्धकार थियो। अनि परमेश्वरको आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्योख। 3 अनि परमेश्वरले भन्नुभयो: “उज्यालो होस्!” तब उज्यालो भयो। 4 अनि परमेश्वरले त्यो उज्यालो असल भएको देख्नुभयो; अनि परमेश्वरले उज्यालोलाई अन्धकारबाट अलग पार्नुभयो। 5 अनि परमेश्वरले उज्यालोलाई ‘दिन’ भन्नुभयो, र अन्धकारलाई ‘रात’ भन्नुभयो। अनि साँझ पर्यो र बिहान भयो – पहिलो दिन।6 अनि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा अन्तरग होस्; र यसले पानीलाई पानीबाट अलग पारोस्!” 7 अनि परमेश्वरले एउटा अन्तर बनाउनुभयो र अन्तरमुनिको पानीलाई अन्तरमाथिको पानीबाट अलग पार्नुभयो; तब त्यस्तै भयो। 8 अनि परमेश्वरले त्यस अन्तरलाई ‘आकाश’ भन्नुभयो; अनि साँझ पर्यो, र बिहान भयो – दोस्रो दिन।
9 अनि परमेश्वरले भन्नुभयो: “आकाशमुनिका पानीहरू एक ठाउँमा जम्मा होऊन्, र सुक्खा जमिन देखा परोस्!” तब त्यस्तै भयो। 10 अनि परमेश्वरले सुक्खा जमिनलाई ‘पृथ्वी’ भन्नुभयो, र जम्मा भएका पानीलाई ‘समुद्र’ भन्नुभयो; अनि परमेश्वरले त्यो असल भएको देख्नुभयो। 11 अनि परमेश्वरले भन्नुभयो: “पृथ्वीले घाँस, बीउ हुने सागपात र आ-आफ्नो जातअनुसारको फल दिने फलका रूखहरू, जसको बीउ त्यसैमा हुन्छ, यस पृथ्वीमाथि उमारोस्!” तब त्यस्तै भयो। 12 अनि पृथ्वीले घाँसहरू, आफ्नै जातअनुसारको बीउ हुने सागपात र आ-आफ्नो जातअनुसारका फल दिने रूखहरू उमार्यो, जसको बीउ त्यसैमा हुन्छ। अनि परमेश्वरले त्यो असल भएको देख्नुभयो। 13 अनि साँझ पर्यो र बिहान भयो – तेस्रो दिन।
14 अनि परमेश्वरले भन्नुभयो: “दिनलाई रातबाट अलग पार्नलाई आकाशको अन्तरमाघ ज्योतिहरू होऊन्, अनि ती चिन्हहरूको रूपमा होऊन्, अँ, ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति होऊन्; 15 अनि पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशको अन्तरमा ज्योतिहरूका निम्ति होऊन्!” तब त्यस्तै भयो। 16 अनि परमेश्वरले दुईवटा ठूला ज्योतिहरू बनाउनुभयो: ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्नलाई, र सानो ज्योति रातमाथि प्रभुत्व गर्नलाई; उहाँले ताराहरू पनि बनाउनुभयो। 17 अनि उहाँले तिनलाई पृथ्वीमाथि उज्यालो दिनका निम्ति आकाशको अन्तरमा राख्नुभयो, 18 दिनमाथि र रातमाथि प्रभुत्व गर्नलाई, अनि उज्यालोलाई अन्धकारबाट अलग राख्नलाई; अनि परमेश्वरले त्यो असल भएको देख्नुभयो। 19 अनि साँझ पर्यो र बिहान भयो – चौथो दिन।
20 अनि परमेश्वरले भन्नुभयो: “पानी चलफिर गर्ने जीवित प्राणीहरूले प्रशस्त गरी भरिओस्; अनि पृथ्वीमाथि आकाशको खुला अन्तरमा चाहिँ पक्षीहरू उडून्!” 21 अनि परमेश्वरले ठूला-ठूला जलजन्तुहरू र चलफिर गर्ने सबै जीवित प्राणीहरू सृष्टि गर्नुभयो, जसले आ-आफ्नो जातअनुसार पानीलाई प्रशस्त गरी भरिदिए; अनि उहाँले आ-आफ्नो जातअनुसारका सबै पखेटा भएका पक्षीहरू पनि सृष्टि गर्नुभयो; अनि परमेश्वरले त्यो असल भएको देख्नुभयो। 22 अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो: “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रहरूको पानीलाई भरिदेओ! अनि पृथ्वीमा पक्षीहरू बढ़्दै जाऊन्!” 23 अनि साँझ पर्यो र बिहान भयो – पाँचौं दिन।
24 अनि परमेश्वरले भन्नुभयो: “पृथ्वीले आ-आफ्नो जातअनुसार जीवित प्राणी अर्थात् आ-आफ्नो जातअनुसार घरेलु पशु, घस्रने जन्तु र पृथ्वीका वनपशु उत्पन्न गरोस्!” तब त्यस्तै भयो। 25 अनि परमेश्वरले पृथ्वीका वनपशुलाई त्यसको आफ्नै जातअनुसार, घरेलु पशुलाई त्यसको आफ्नै जातअनुसार र पृथ्वीका घस्रने जन्तुलाई त्यसको आफ्नै जातअनुसार बनाउनुभयो; अनि परमेश्वरले त्यो असल भएको देख्नुभयो।
26 अनि परमेश्वरले भन्नुभयो: “हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै समानतामा बनाऔं, र तिनीहरूले समुद्रका माछामाथि, आकाशका पक्षीहरूमाथि र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रिरहने हरेक घस्रने जन्तुमाथि अधिकार राखून्!” 27 अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो; उहाँले तिनलाई परमेश्वरको स्वरूपमा सृष्टि गर्नुभयो; उहाँले तिनीहरूलाई नर र नारी गरेर सृष्टि गर्नुभयो। 28 अनि परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो; र परमेश्वरले तिनीहरूलाई भन्नुभयो: “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ! अनि पृथ्वीलाई भरिदेओ र त्यसलाई वशमा पार! अनि समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र पृथ्वीमा चलफिर गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख!” 29 अनि परमेश्वरले भन्नुभयो: “हेर, मैले सारा पृथ्वीको सतहमाथिको हरेक बीउ लाग्ने सागपात र हरेक रूख, जसमा बीउ लाग्ने फल हुन्छ, तिमीहरूलाई दिएको छु; यो तिमीहरूका निम्ति आहार हुनेछ। 30 अनि पृथ्वीको हरेक पशुलाई, आकाशको हरेक पक्षीलाई र पृथ्वीमा घस्रने हरेक जन्तुलाई, जसमा प्राण छ, मैले आहारका निम्ति हरेक हरियो सागपात दिएको छु;” तब त्यस्तै भयो। 31 अनि परमेश्वरले आफूले बनाउनुभएको हरेक चीज देख्नुभयो; अनि हेर, त्यो अति असल थियो। अनि साँझ पर्यो र बिहान भयो – छैटौं दिन।