धूप-वेदी
30
“अनि धूप बाल्नका निम्ति तिमीले बबुलको काठको एउटा वेदी बनाउनू! 2 त्यसको लमाइ एक हात, र त्यसको चौड़ाइ एक हातको होस्; त्यो वर्गाकार होस्; अनि त्यसको उचाइ दुई हातको होस्; त्यसका सिङहरू त्यही एउटै टुक्राबाट होऊन्! 3 अनि तिमीले त्यसलाई, त्यसको माथिल्लो भाग,क त्यसका चारैतिरका पाटाहरू र त्यसका सिङहरू निखुर सुनले मोहोर्नू; अनि तिमीले त्यसका निम्ति चारैतिर सुनको बिट बनाउनू! 4 अनि त्यसका निम्ति त्यसको बिटमुनि त्यसका दुई कुनामा तिमीले दुईवटा सुनका मुन्द्राहरू बनाउनू; त्यसका दुवै पाटाहरूमा तिमीले ती बनाउनू; अनि तीचाहिँ डण्डाहरूका बस्ने घरहरू होऊन्; र तिनैले त्यो बोकिन्छ। 5 अनि तिमीले ती डण्डाहरू बबुलको काठको बनाउनू र तिनलाई सुनले मोहोर्नू! 6 अनि तिमीले त्यसलाई साक्षीको सन्दुकको छेउमा त्यस बीचको पर्दाको अघिल्तिर, साक्षीमाथि बसालिएको त्यस कृपा-आसनको अघिल्तिर राख्नू, जहाँ म तिमीसित भेट गर्नेछु! 7 अनि त्यसमाथि हारूनले हरेक बिहान सुगन्धित धूप बालोस्; दियाहरू मिलाउँदाख उसले त्यसमाथि धूप बालोस्! 8 अनि बेलुकी हारूनले दियाहरू बाल्दा त्यसमाथि धूप बालोस्; तिमीहरूका पुस्तौंपुस्तामा यो धूप परमप्रभुको सामु निरन्तर बलिरहोस्! 9 तिमीहरूले त्यसमाथि कुनै पराई किसिमको धूप नबाल्नू; न ता होमबलि न अन्नबलि नै चढ़ाउनू, न ता तिमीहरूले त्यसमाथि अर्घबलि खन्याउनू! 10 अनि हारूनले वर्षमा एकपल्ट प्रायश्चितको पापबलिको रगतले त्यसका सिङहरूमाथि प्रायश्चित गरोस्; तिमीहरूका पुस्तौंपुस्तामा वर्षमा एकपल्ट उसले त्यसमाथि प्रायश्चित गरोस्! यो परमप्रभुका निम्ति परमपवित्र हो।”प्रायश्चितको दाम
11 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 12 “जब तिमी इस्राएलीहरूको संख्याअनुसार तिनीहरूको गन्ती लिन्छौ, तब तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमध्ये हरेकले परमप्रभुलाई आफ्नो प्राणका निम्ति छुटकाराको दाम देओस्; फलस्वरूप तिनीहरूलाई गन्ती गर्दा तिनीहरूको बीचमा कुनै महामारी नफैलोस्!ग 13 तिनीहरूले यति दिऊन्: गन्ती भइसकेकाहरूमध्येघ हरेकले पवित्रस्थानको शेकेलअनुसार आधा शेकेल देओस्; (बीस गेराको एक शेकेल हुन्छ); परमप्रभुलाई चढ़ाउने भेटी आधा शेकेल होस्! 14 गन्ती भइसकेकाहरूमध्ये हरेकले, जो बीस वर्षको र त्यसभन्दा माथिको हुन्छ, परमप्रभुलाई एउटा भेटी चढ़ाओस्! 15 तिमीहरूका प्राणहरूको प्रायश्चित गर्नका निम्ति परमप्रभुलाई त्यो भेटी चढ़ाउँदा न धनवान्ले आधा शेकेलभन्दा बढ़ी देओस्, न ता गरिबले त्यसभन्दा कम देओस्! 16 अनि तिमीले इस्राएलीहरूबाट त्यो प्रायश्चितको पैसा लिनू, र त्यसलाई भेट हुने पालको सेवाका निम्ति दिनू; र तिमीहरूका प्राणहरूको प्रायश्चित गर्नलाई त्यो परमप्रभुको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको चिन्ह ठहरियोस्!”
हातपाउहरू धुने बाटा
17 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 18 “तिमीले धुने कामका निम्ति पित्तलको एउटा बाटा बनाउनू, र त्यसको खुट्टा पनि पित्तलकै होस्; अनि तिमीले त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू, र त्यसमा पानी हाल्नू! 19 र हारून र उसका छोराहरूले त्यसमा आफ्ना हात र पाउहरू धोऊन्! 20 जब उनीहरू भेट हुने पालभित्र पस्छन् अथवा जब उनीहरू वेदीको नजिकमा सेवा गर्न, परमप्रभुका निम्ति आगोद्वारा बलि चढ़ाउन आउँछन्, तब उनीहरूले पानीले धोऊन्, नत्र उनीहरू मर्नेछन्! 21 यसरी नमर्नका निम्ति उनीहरूले आफ्ना हातहरू र आफ्ना पाउहरू धोऊन्; अनि उनीहरूका निम्ति – उसका निम्ति र उसका वंशका निम्ति योचाहिँ तिनीहरूका पुस्तौंपुस्तामा सदा रहिरहने विधि ठहरियोस्!”
अभिषेकको तेल
22 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 23 “अनि तिमीले सर्वोत्तम सुगन्धित द्रव्यहरू आफूकहाँ लेऊ; पवित्रस्थानको शेकेलको हिसाबअनुसार पाँच सय शेकेल शुद्धङ गन्धरस, त्यसको आधा अर्थात् दुई सय पचास शेकेल सुगन्धित दालचिनी र दुई सय पचास शेकेल सुगन्धित अगरु;च 24 अनि पाँच सय शेकेल तेजपात र एक हिन जैतुनको तेल; 25 अनि तिमीले त्यसबाट पवित्र अभिषेकको तेल बनाउनू, सुगन्धित अत्तर बनाउने रीतिले बनेको एउटा मिसिएको सुगन्धित तेल बनाउनू; योचाहिँ पवित्र अभिषेकको तेल होस्! 26 अनि त्यही तेललेछ तिमीले भेट हुने पाल र साक्षीको सन्दुक अभिषेक गर्नू; 27 साथै त्यो टेबल र त्यसका सबै सरसामानहरू, त्यो सामदान र त्यसका सामानहरू र धूप-वेदी, 28 अनि होमबलिको वेदी र त्यसका सबै सामानहरू, साथै त्यो बाटा र त्यसको खुट्टा अभिषेक गर्नू! 29 अनि तिमीले ती चीजहरू पवित्र पार्नू, र ती परमपवित्र होऊन्! हरेक जसले तिनलाई छुन्छ, त्यो पवित्र हुनेछ। 30 अनि तिमीले हारून र उसका छोराहरूलाई अभिषेक गर र उनीहरूलाई अर्पण गर, र उनीहरूले पूजाहारी-पदमा मेरो सेवा गरून्! 31 अनि तिमीले यसो भन्दै इस्राएलीहरूसँग कुरा गर: योचाहिँ तिमीहरूका पुस्तौंपुस्तामा मेरा निम्ति पवित्र अभिषेकको तेल होस्! 32 यो कुनै मानिसको शरीरमाथि नखन्याइयोस्; यसकै मिलावटअनुसारज तिमीहरूले योजस्तै अरू कुनै तेल नबनाउनू; यो पवित्र छ, र तिमीहरूका निम्ति यो पवित्र ठहरियोस्! 33 हरेक जसले योजस्तै कुनै अत्तर मिलाएर बनाउला, अथवा हरेक जसले यसबाट केही कुनै पराई मानिसकोझ शरीरमाथि लगाउला, त्योचाहिँ आफ्ना जनहरूबाट नष्ट गरियोस्!”
धूप
34 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “तिमीले यी सुगन्धित द्रव्यहरू आफूकहाँ लेऊ; सुगन्धित खोटो, नखी र कुन्दरु; यी सुगन्धित द्रव्यहरू शुद्ध लोबानको साथमा लेऊ; यी सबै एउटै तौलका होऊन्! 35 अनि तिमीले यसबाट धूप बनाउनू – सुगन्धित अत्तर बनाउने रीतिले बनेको, नुन लगाइएको, शुद्ध र पवित्र सुगन्धित द्रव्य! 36 अनि त्यसबाट केही कुटेर धूलोपीठो पार्नू, र त्यसबाट केही भेट हुने पालमा, जहाँ म तिमीसँग भेट गर्नेछु, साक्षीको आघिल्तिर राख्नू; तिमीहरूका निम्ति यो परमपवित्र ठहरियोस्! 37 अनि जुन धूप तिमीले बनाउनेछौ, यसको मिलावटअनुसार तिमीहरूले आफ्ना निम्ति नबनाउनू; तिम्रो नजरमा यो परमप्रभुका निम्ति पवित्र ठहरियोस्! 38 हरेक जसले यसलाई सुँघ्न योजस्तै बनाउला, त्योचाहिँ आफ्ना जनहरूबाट नष्ट गरियोस्!”