महापूजाहारीका वस्त्रहरू
28
“अनि तिमीले इस्राएलीहरूको बीचबाट तिम्रा दाजु हारून र उसको साथमा उसका छोराहरूलाई पनि आफूकहाँ ल्याऊ, र उसले मेरा निम्ति पूजाहारीको सेवा गरोस्, अर्थात् हारून र हारूनका छोराहरू नादाब, अबिहू, एलाजार र इतामारले। 2 अनि तिमीले महिमा र शोभाका निम्ति तिम्रा दाजु हारूनका निम्ति पवित्र वस्त्रहरू बनाउनू! 3 अनि तिमीले बुद्धिमान् हृदय भएकाहरू सबैसँग कुरा गर, जसलाई मैले बुद्धिको आत्माले भरेको छु, र तिनीहरूले हारूनलाई पवित्र पार्नका निम्ति उसका वस्त्रहरू बनाऊन्, र उसले पूजाहारी-पदमा रहेर मेरो सेवाक गरोस्! 4 अनि तिनीहरूले बनाउनुपर्ने वस्त्रहरू यी हुन्: छाती-पाता, एपोद, अलखा, बुट्टादार लबेदा, पगरी र कमरपेटी। अनि तिनीहरूले तिम्रा दाजु हारून र उसका छोराहरूका निम्ति पवित्र वस्त्रहरू बनाऊन्, र उसले पूजाहारी-पदमा रहेर मेरो सेवा गरोस्! 5 अनि तिनीहरूले सुन, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमल लिऊन्!”एपोद
6 “अनि तिनीहरूले सुनको, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको, शिल्पकारको कामअनुसार बनेको एउटा एपोद बनाऊन्! 7 यसका दुवैपट्टिका टुप्पाहरूमा दुईवटा काँधे-जोर्नीहरू होऊन्; यसरी यो गाँसियोस्! 8 एपोदको जुन बुट्टादार कमरपेटी एपोदमाथि रहन्छ, त्यो कमरपेटी त्यस एपोदको कामअनुसार एकै किसिमको बनोस् अर्थात् सुनको, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको बनोस्! 9 तिमीले गोमेदका दुईवटा पत्थरहरू लेऊ, र तिनमा इस्राएलका छोराहरूका नामहरू खोप! 10 तिनीहरूको जन्मअनुसार तिनीहरूका नामहरूमध्ये छवटा एउटा पत्थरमा र बाँकी छवटा नाम अर्को पत्थरमा खोप्नू! 11 मोहोर खोप्ने शिल्पकारको कामअनुसार मोहोरको खोपाइझैं गरीख तिमीले यी दुईवटा पत्थरहरूमा इस्राएलका छोराहरूका नामहरू खोप्नू; तिमीले तिनलाई सुनका मणिघरहरूमा जड़िने बनाउनू! 12 अनि तिमीले यी पत्थरहरू इस्राएलीहरूको सम्झना गराउने पत्थरहरूको रूपमा एपोदका काँधहरूमा लगाउनू; अनि हारूनले तिनीहरूका नामहरू आफ्ना दुई काँधहरूमा परमप्रभुको सामु सम्झनाका निम्ति बोकिराखोस्! 13 अनि तिमीले सुनका मणिघरहरू बनाउनू; 14 र त्यसका टुप्पामा निखुर सुनका दुईवटा सिक्रीहरू बनाउनू; तिमीले तिनलाई डोरी बाटेझैं गरी बनाउनू; अनि तिमीले ती बाटिएका सिक्रीहरू मणिघरहरूमा जड़्नू!”
छाती-पाता
15 “अनि तिमीले शिल्पकारको कामअनुसार बनेको एउटा न्यायको छाती-पाता बनाउनू; तिमीले त्यसलाई एपोद बनाउने ढङ्गले बनाउनू; तिमीले त्यसलाई सुनको, अनि नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको बनाउनू! 16 त्यो वर्गाकार, र दुईसरो होस्; त्यसको लमाइ एक बित्ता र त्यसको चौड़ाइ एक बित्ताको होस्! 17 अनि तिमीले त्यसमा मणिघरहरूमा जड़िएका पत्थरहरू, चार लहर पत्थरहरू हुने गरी जड़्नू; पहिलो लहरमा लालमणिग, पुष्पराज र पन्नाको लहर होस्; 18 अनि दोस्रो लहरमा हरितमणि, नीरमणि र हीरा; 19 अनि तेस्रो लहरमा धूम्रकान्त, सूर्यकान्तघ र मर्तिश;ङ 20 अनि चौथो लहरमा फिरोजा, गोमेद र स्फटिक होस्; यी आ-आफ्ना सुनका मणिघरहरूमा जड़िऊन्! 21 अनि ती पत्थरहरू इस्राएलका छोराहरूका नामअनुसार होऊन्, तिनीहरूका नामअनुसार बाह्रवटा; मोहोरको खोपाइझैं गरी बाह्र कुलअनुसार ती हरेकको आ-आफ्नो नाम होस्! 22 अनि तिमीले छाती-पाताका किनारहरूमा डोरी बाटेझैं गरीच निखुर सुनका सिक्रीहरू बनाउनू! 23 अनि तिमीले छाती-पातामा सुनका दुईवटा मुन्द्रीहरू बनाउनू, र ती दुईवटा मुन्द्रीहरू छाती-पाताका दुई कुनामा लगाउनू! 24 अनि ती दुईवटा बाटिएका सुनका सिक्रीहरू तिमीले छाती-पाताका कुनाहरूमा भएका दुईवटा मुन्द्रीहरूमा लगाउनू! 25 अनि बाटिएका दुई सिक्रीहरूका बाँकी दुई टुप्पाहरू तिमीले ती दुईवटा मणिघरहरूमा लगाउनू, र एपोदको अघिपट्टि त्यसका काँधे-जोर्नीहरूमा लगाउनू! 26 अनि तिमीले सुनका दुईवटा मुन्द्री बनाउनू, र तिनलाई छाती-पाताका दुईवटा कुनाहरूमा, त्यसको पुछारमाछ लगाउनू, जो भित्रपट्टि, एपोदतिर फर्केको छ। 27 अनि तिमीले अरू दुईवटा सुनका मुन्द्री बनाउनू, र तिनलाई एपोदका दुई काँधहरूमा मुनिपट्टि लगाउनू; एपोदको अघिल्तिर, त्यसको जोर्नीनिर, त्यसको बुट्टादार कमरपेटीको मास्तिर। 28 अनि तिनीहरूले छाती-पाता त्यसका मुन्द्रीहरूद्वारा एपोदका मुन्द्रीहरूमा नीलो फिताले बाँधून्; र त्यो एपोदको बुट्टादार कमरपेटीको मास्तिर रहोस्, अनि त्यो छाती-पाता एपोदबाट सर्न नपाओस्! 29 अनि पवित्रस्थानभित्र पस्दा हारूनले परमप्रभुको सामु निरन्तर सम्झनाका निम्ति आफ्नो हृदयमाथि न्यायको छाती-पातामा इस्राएलका छोराहरूका नामहरू बोकिराखोस्! 30 अनि तिमीले न्यायको छाती-पातामा ऊरीम र तुम्मीम लगाउनू; अनि हारून परमप्रभुको सामु जाँदा ती उसको हृदयमाथि होऊन्; अनि हारूनले इस्राएलीहरूको न्याय परमप्रभुको सामु निरन्तर आफ्नो हृदयमाथि बोकिराखोस्!”
अलखा
31 “अनि तिमीले एपोदको अलखा पूरै नीलो रङ्गको बनाउनू! 32 अनि अलखाकोज टुप्पामा, त्यसको बीच भागमा एउटा छेंड़ेझ होस्; कवचको छेंड़मा भएको जस्तै त्यसको छेंड़को वरिपरि बुनाइको काम गरेरञ त्यसको बन्धन होस्, र त्यो नफाटोस्! 33 अनि त्यसको फेरमा, त्यसको फेरको वरिपरि तिमीले नीलो, बैजनी र रातो रङ्गको धागोले दारिमहरू बनाउनू, र तिनको बीच-बीचमा वरिपरि सुनका घण्टीहरू बनाउनू! 34 त्यस अलखाको फेरको वरिपरि एउटा सुनको घण्टी र एउटा दारिम, एउटा सुनको घण्टी र एउटा दारिम होऊन्! 35 अनि सेवा गर्दाहुँदि हारूनले त्यो पहिरोस्; अनि पवित्रस्थानभित्र परमप्रभुको सामु जाँदा र निस्कँदा त्यसको आवाज सुनियोस्, र ऊ नमरोस्!”
महापूजाहारीका अरू वस्त्रहरू
36 “अनि तिमीले निखुर सुनको एउटा पाता बनाउनू, र त्यसमा मोहोर खोपेझैं गरी ‘परमप्रभुका निम्ति पवित्रता’ भन्ने वचन खोप्नू! 37 अनि तिमीले त्यसमा नीलो फिता लगाउनू, र त्यो पगरीमाथि रहोस्; पगरीको अघिल्तिर त्यो रहोस्! 38 अनि त्यो हारूनको निधारमाथि रहोस्; किनकि इस्राएलीहरूका सबै पवित्र भेटीहरूबाट उनीहरूले जुन कुराहरू पवित्र ठहऱ्याउनेछन्, ती पवित्र वस्तुहरूको अधर्म हारूनले बोकोस्; अनि त्यो निरन्तर उसको निधारमाथि रहोस्, यस हेतुले कि ती परमप्रभुको सामु ग्रहणयोग्य होऊन्!
39 अनि तिमीले मिहिन मलमलको लबेदामा बेलबुट्टा काढ़्नू, अनि तिमीले मिहिन मलमलको एउटा पगरी बनाउनू; अनि तिमीले एउटा बुट्टादार कमरपेटी बनाउनू!”
हारूनका छोराहरूका वस्त्रहरू
40 “अनि हारूनका छोराहरूका निम्ति तिमीले लबेदाहरू बनाउनू; अनि तिमीले उनीहरूका निम्ति कमरपेटीहरू बनाउनू; अनि महिमा र शोभाका निम्ति तिमीले उनीहरूका निम्ति टोपीहरू बनाउनू! 41 अनि तिमीले तिम्रा दाजु हारूनलाई र उसको साथमा उसका छोराहरूलाई ती पहिराइदिनू; अनि उनीहरूले पूजाहारी-पदमा रहेर मेरो सेवा गरून् भनेर तिमीले उनीहरूलाई अभिषेक गर्नू, उनीहरूलाई अर्पण गर्नू र उनीहरूलाई पवित्र पार्नू! 42 अनि उनीहरूको शरीरको नग्नता ढाक्नलाई तिमीले उनीहरूका निम्ति मलमलको कपड़ाको ठुटे सुरुवाल बनाउनू; ती कम्मरदेखि तिघ्रासम्मका होऊन्! 43 अनि भेट हुने पालभित्र पस्दा अथवा पवित्रस्थानमा सेवा गर्नलाई वेदीको नजिक जाँदा हारून र उसका छोराहरूले ती वस्त्रहरू पहिरेका होऊन्, र उनीहरूले अधर्म नबोकून् र नमरून्; उसका निम्ति र उसको पछि उसका सन्तानका निम्ति यो सदा रहिरहने विधि ठहरियोस्!”