होमबलिको वेदी
27
“अनि तिमीले बबुलको काठको पाँच हात लमाइ र पाँच हात चौड़ाइ भएको एउटा वेदी बनाउनू; त्यो वेदी वर्गाकार होस्, अनि त्यसको उचाइ तीन हातको होस्! 2 अनि तिमीले त्यसका चार कुनामा त्यसका सिङहरू एउटै टुक्राबाट बनाउनू; अनि तिमीले त्यसलाई पित्तलले मोहोर्नू! 3 अनि त्यसको खरानी उठाउनका निम्ति तिमीले त्यसका भाँड़ाहरू, त्यसका बेल्चाहरू, त्यसका बाटाहरू, त्यसका मासु उठाउने काँटाहरू र त्यसका आगो राख्ने भाँड़ाहरू बनाउनू; त्यसका सबै सामानहरू तिमीले पित्तलको बनाउनू! 4 अनि तिमीले त्यसका निम्ति एउटा पित्तलको जालीदार चाल्नी बनाउनू, अनि त्यस जालीमाथि त्यसका चार कुनामा तिमीले पित्तलका चारवटा मुन्द्राहरू बनाउनू! 5 अनि तिमीले त्यसलाई तलबाट वेदीको घेरामुनि राख्नू, र त्यो जालीचाहिँ वेदीको आधा उचाइमा रहोस्! 6 अनि तिमीले त्यस वेदीका निम्ति डण्डाहरू, बबुलको काठका डण्डाहरू बनाउनू, र तिनलाई पित्तलले मोहोर्नू! 7 अनि त्यसका डण्डाहरू मुन्द्राहरूभित्र लगाइऊन्; अनि त्यो वेदी बोक्नका निम्ति ती डण्डाहरू त्यसका दुवैपट्टि होऊन्! 8 फल्याकहरू लिएर तिमीले त्यसलाई खोक्रो बनाउनू; जस्तो तिमीलाई पहाड़मा देखाइएको थियो, त्यस्तै तिनीहरूले त्यसलाई बनाऊन्!”निवासस्थानको आँगन
9 “अनि तिमीले निवासस्थानको आँगन बनाउनू; दक्षिणपट्टि दक्षिणी भागका निम्ति बाटेको मिहिन मलमलका एक सय हात लामा आँगनका पर्दाहरू एकपट्टिका निम्ति बनाउनू! 10 अनि त्यसका बीसवटा खाँबाहरू र तिनका बीसवटा चूलघरहरू पित्तलका होऊन्; खाँबाहरूका अङ्कुसेहरू र तिनका जोड़्ने डन्डीहरू चाँदीका होऊन्! 11 अनि त्यसरी नै उत्तरी भागको लमाइका निम्ति एक सय हात लामा पर्दाहरू होऊन्; अनि त्यसका बीसवटा खाँबाहरू र तिनका बीसवटा चूलघरहरू पित्तलका होऊन्; खाँबाहरूका अङ्कुसेहरू र तिनका जोड़्ने डन्डीहरू चाँदीका होऊन्! 12 अनि पश्चिमपट्टि आँगनको चौड़ाइका निम्ति पचास हातका पर्दाहरू होऊन्; तिनका खाँबाहरू दसवटा र तिनका चूलघरहरू दसवटा होऊन्! 13 अनि पूर्वपट्टि, पूर्वीय भागमा आँगनको चौड़ाइ पचास हातको होस्! 14 ढोकाको एकपट्टिका पर्दाहरू पन्ध्र हातका होऊन्; तिनका खाँबाहरू तीनवटा र तिनका चूलघरहरू तीनवटा होऊन्! 15 अनि अर्कापट्टि पन्ध्र हातका पर्दाहरू होऊन्; तिनका खाँबाहरू तीनवटा र तिनका चूलघरहरू तीनवटा होऊन्! 16 अनि त्यस आँगनको ढोकाका निम्ति नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको, बेलबुट्टा हानिएको,क बीस हातको पर्दा होस्; अनि तिनका चारवटा खाँबाहरू र चारवटा चूलघरहरू होऊन्! 17 त्यस आँगनको वरिपरिका सबै खाँबाहरू चाँदीका डन्डीहरूले जोड़िएका होऊन्; तिनका अङ्कुसेहरू चाँदीका र तिनका चूलघरहरू पित्तलका होऊन्! 18 त्यस आँगनको लमाइ सय-सय हात र चौड़ाइ पचास-पचास हातका होऊन्; उचाइ पाँच हातको होस्, बाटेको मिहिन मलमलको पर्दा होस्; अनि तिनका चूलघरहरू पित्तलका होऊन्! 19 त्यस निवासस्थानका सम्पूर्ण सेवामा आउने त्यसका सबै सरसामानहरू र त्यसका सबै कीलाहरू, साथै त्यस आँगनका सबै कीलाहरू पित्तलका होऊन्!”
दियोको तेल
20 “अनि तिमीले इस्राएलीहरूलाई आज्ञा गर्नू, र तिनीहरूले उज्यालोका निम्ति दियो निरन्तर बालिराख्नलाई तिमीकहाँ कुटेको जैतुनको शुद्ध तेल ल्याऊन्! 21 भेट हुने पालभित्र साक्षीको सामु भएको बीचको पर्दाको बाहिरपट्टि हारून र उसका छोराहरूले त्यसलाई परमप्रभुको सामु साँझदेखि बिहानसम्म सजाइराखून्; इस्राएलीहरूका निम्ति यो तिनीहरूका पुस्तौंपुस्तामा सदा रहिरहने विधि होस्!”