निवासस्थानका छानाहरू
26
“अनि तिमीले दसवटा पर्दा भएको निवासस्थान बनाउनू; ती पर्दाहरू बाटेको मिहिन मलमल, नीलो, बैजनी र रातो रङ्गका होऊन्! साथै तिमीले तिनलाई करूबहरूसहित शिल्पकारकोक कामअनुसार बनाउनू! 2 हरेक पर्दाको लमाइ अट्ठाइस हात र हरेक पर्दाको चौड़ाइ चार हातको होस्; अनि सबै पर्दाहरू एकै नापका होऊन्! 3 पाँचवटा पर्दा एक-अर्कासँग जोड़िऊन्, र अरू पाँचवटा पर्दा एक-अर्कासँग जोड़िऊन्! 4 अनि तिमीले पहिलो पर्दाको किनारमा, जोड़िने ठाउँको अन्तमा, नीलो रङ्गका मुन्द्रीहरू बनाउनू; अनि अर्को पर्दाको पल्लो किनारमा, त्यस दोस्रो जोड़िने ठाउँमा त्यस्तै बनाउनू! 5 पहिलो पर्दामा तिमीले पचासवटा मुन्द्रीहरू बनाउनू; अनि जुन पर्दा त्यस दोस्रो जोड़िने ठाउँमा छ, त्यस पर्दाको किनारमाख तिमीले पचासवटा मुन्द्रीहरू बनाउनू – ती मुन्द्रीहरू एक-अर्काका आमुन्ने-सामुन्ने होऊन्! 6 अनि तिमीले पचासवटा सुनका खीपहरू बनाउनू, अनि ती खीपहरू लगाएरग ती पर्दाहरू एक-अर्कासित जोड़्नू, र त्यो एउटा निवासस्थान होस्!7 अनि निवासस्थानमाथि पाल हुनका निम्ति तिमीले बाख्राको ऊनका पर्दाहरू बनाउनू; तिमीले एघारवटा पर्दाहरू बनाउनू! 8 हरेक पर्दाको लमाइ तीस हात र हरेक पर्दाको चौड़ाइ चार हातको होस्; एघारैवटा पर्दा एकै नापका होऊन्! 9 अनि तिमीले पाँचवटा पर्दा अलग्गै, र छवटा पर्दा अलग्गै जोड़्नू; अनि छैटौं पर्दाचाहिँ निवासस्थानकोघ अघिल्तिर दोबर पार्नू! 10 अनि त्यस पहिलो पर्दाको किनारमा, जो पल्लो छेउमा छ, तिमीले जोड़िने ठाउँमा पचासवटा मुन्द्रीहरू बनाउनू; अनि अर्को पर्दाको किनारमा, दोस्रो जोड़िने ठाउँमा पचासवटा मुन्द्रीहरू बनाउनू! 11 अनि तिमीले पचासवटा पित्तलका खीपहरू बनाउनू, अनि ती खीपहरू ती मुन्द्रीहरूभित्र लगाएर त्यो पाल एकसाथ जोड़्नू, र त्यो एउटै होस्! 12 अनि पालका पर्दाहरूको उब्रेको भाग अर्थात् त्यो आधा पर्दा जो उब्रिन्छ, त्योचाहिँ निवासस्थानको पछिल्तिर झुन्डिरहोस्! 13 अनि पालका पर्दाहरूको लमाइपट्टि उब्रेको एकतिर एक हात र अर्कातिर एक हात निवासस्थानको एकपट्टि र अर्कापट्टि त्यसलाई ढाकिराख्न झुन्डिरहोस्! 14 अनि तिमीले पाल ढाक्नका निम्ति रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरूको एउटा ओढ़ा बनाउनू; अनि त्यसमाथि तिमीले सिलका छालाहरूको एउटा ओढ़ा बनाउनू!
निवासस्थानका विविध सामग्रीहरू
15 “अनि निवासस्थानका निम्ति तिमीले बबुलको काठका खड़ा रहने फल्याकहरू बनाउनू! 16 हरेक फल्याकको लमाइ दस हात र हरेक फल्याकको चौड़ाइ डेढ़ हातको होस्! 17 हरेक फल्याकमा एक-अर्काको सामु राखिएका दुईवटा चूलहरू होऊन्; यसरी नै तिमीले निवासस्थानका सबै फल्याकहरू बनाउनू! 18 अनि तिमीले निवासस्थानका निम्ति फल्याकहरू बनाउनू; दक्षिणपट्टि, दक्षिणी भागका निम्ति बीसवटा फल्याक होऊन्! 19 अनि तिमीले बीसवटा फल्याकमुनि चालीस चाँदीका चूलघरहरू बनाउनू; एउटा फल्याकमुनि त्यसका दुईवटा चूलहरूका निम्ति दुईवटा चूलघरहरू, अर्को फल्याकमुनि त्यसका दुईवटा चूलहरूका निम्ति दुईवटा चूलघरहरू बनाउनू! 20 अनि निवासस्थानको अर्कापट्टि अर्थात् उत्तरी भागका निम्ति बीसवटा फल्याकहरू होऊन्; 21 र तिनका चालीसवटा चाँदीका चूलघरहरू होऊन्; एउटा फल्याकमुनि दुईवटा चूलघरहरू र अर्को फल्याकमुनि दुईवटा चूलघरहरू होऊन्! 22 अनि निवासस्थानको पछाड़िपट्टि पश्चिमी भागका निम्ति तिमीले छवटा फल्याकहरू बनाउनू! 23 अनि निवासस्थानका दुईपट्टिका कुनाहरूका निम्ति तिमीले दुईवटा फल्याकहरू बनाउनू! 24 अनि तल फेदमा ती एकसाथ खप्ट्याइएका होऊन्, र माथि तिनको टुप्पामा चाहिँ ती एउटै मुन्द्राभित्र एकसाथ खप्टिऊन्; ती दुवैका निम्ति यस्तै होस्; ती फल्याकहरू यी दुवै कुनाहरूका निम्ति होऊन्! 25 अनि आठवटा फल्याकहरू होऊन् र तिनका चाँदीका चूलघरहरू, सोह्रवटा चूलघरहरू होऊन्; एउटा फल्याकमुनि दुईवटा चूलघरहरू र अर्को फल्याकमुनि दुईवटा चूलघरहरू होऊन्!
26 अनि तिमीले बबुलको काठका साटाहरू बनाउनू; निवासस्थानको एकापट्टिका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू; 27 र निवासस्थानको अर्कापट्टिका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू, साथै पछाड़िपट्टि पश्चिमी भागका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू होऊन्! 28 अनि फल्याकहरूको माझमा भएको त्यो बीचको साटाचाहिँ एक छेउदेखि अर्को छेउसम्म पुगोस्! 29 अनि तिमीले फल्याकहरू सुनले मोहोर्नू, र साटाहरूका बस्ने घरहरूको रूपमा तिनीहरूका मुन्द्राहरू सुनको बनाउनू; अनि तिमीले ती साटाहरू सुनले मोहोर्नू! 30 अनि तिमीलाई त्यस पहाड़मा देखाइएको त्यसको रीतिअनुसार तिमीले त्यो निवासस्थान खड़ा गर्नू!”
बीचको पर्दा र पालको ढोकाको पर्दा
31 “अनि तिमीले नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको एउटा बीचको पर्दा बनाउनू! शिल्पकारको कामअनुसार करूबहरू लगाएर त्यो बनाइओस्! 32 अनि तिमीले त्यसलाई बबुलको काठका चारवटा सुनले मोहोरेका खाँबाहरूमा टाँग्नू; तिनीहरूका अङ्कुसेहरू सुनका होऊन्; ती खाँबाहरू चारवटा चाँदीका चूलघरमाथि खड़ा होऊन्! 33 अनि तिमीले यो बीचको पर्दा खीपहरूमुनि टाँग्नू; अनि त्यहाँ, यस बीचको पर्दाको भित्रपट्टि साक्षीको सन्दुक ल्याउनू; अनि यही बीचको पर्दाले तिमीहरूका निम्ति पवित्रस्थान र महापवित्रस्थानलाई छुट्याओस्!ङ 34 अनि महापवित्रस्थानभित्र तिमीले साक्षीको सन्दुकमाथि त्यो कृपा-आसन राख्नू! 35 अनि तिमीले त्यो टेबल बीचको पर्दाको बाहिरपट्टि राख्नू; अनि निवासस्थानको एकापट्टि, दक्षिणतिर त्यस टेबलको सामुन्ने त्यो सामदान राख्नू! अनि त्यो टेबल तिमीले उत्तरपट्टि राख्नू!
36 अनि तिमीले त्यस पालको ढोकाका निम्ति नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको, बेलबुट्टा हानिएकोच एउटा पर्दा बनाउनू! 37 अनि तिमीले त्यस पर्दाका निम्ति बबुलको काठका पाँचवटा खाँबाहरू बनाउनू, र तिनलाई सुनले मोहोर्नू; अनि तिनीहरूका अङ्कुसेहरू सुनका होऊन्; अनि तिमीले तिनका निम्ति पाँचवटा पित्तलका चूलघरहरू ढाल्नू!”