जीवनको सम्बन्धमा क्रमश: नियमहरू
22
“कुनै मानिसले गोरु वा भेड़ा चोर्यो, र त्यसलाई मार्यो वा बेच्यो भने यसले गोरुको बदलामा पाँचवटा गोरु, र भेड़ाको बदलामा चारवटा भेड़ा देओस्! 2 चोर फोर्दै गरेको बेला फेला पर्यो, र पिटियो, र त्यो मर्यो भने त्यसका निम्ति रगत बहाइनेछैन। 3 त्यसमाथि घाम झुल्किसकेको छ भने त्यसको रगतको दोष लाग्नेछ। त्यस चोरले पूरा भर्ना देओस्; त्यससँग केही छैन भने त्यसले चोरी गरेको बदलामा त्यो बेचिओस्! 4 चोरेको माल, चाहे गोरु, गधा वा भेड़ा होस्, त्यसको हातमा जिउँदै फेला पर्यो भने त्यसले दुई गुणा भर्ना देओस्!5 कुनै मानिसले खेतबारी वा दाखबारीमा चरायो, आफ्नो पशुलाई छोड़िदियो र त्यो अर्को मानिसको खेतबारीमा चर्यो भने त्यसले आफ्नो खेतबारीको सबभन्दा उत्तम उब्जनी र आफ्नो दाखबारीको सबभन्दा उत्तम उब्जनीबाट भर्ना तिरोस्!
6 आगो लागेर काँड़ाहरूलाई पक्र्यो, र अन्नका कुनिउँ, खड़ा बाली वा खेतबारी जलाइदियो भने जसले आगो सल्काएको थियो, त्यसले निश्चय नै भर्ना तिरोस्!
7 यदि कुनै मानिसले आफ्नो छिमेकीलाई पैसा वा कुनै मालसामान राख्न दिन्छ, र त्यस मानिसको घरबाट त्यो चोरिन्छ; त्यो चोर पक्राउ पर्यो भने त्यसले दुई गुणा भर्ना तिरोस्! 8 चोर पक्राउ परेन भने त्यस घरको धनीलाई, त्यसले कहीं आफ्नो छिमेकीको सामानमा हात हालेको हो कि भनी थाहा गर्नलाई न्यायकर्ताहरूकहाँ ल्याइयोस्! 9 हरेक किसिमको अपराधको विषयमा, चाहे त्यो गोरु, गधा, भेड़ा, लुगा वा हराएको कुनै चीज होस्, अर्कोले ‘यो मेरो हो’ भनी दाबी गर्छ भने दुवै दलको मामिला न्यायकर्ताहरूको सामु ल्याइयोस्; र जसलाई न्यायकर्ताहरूले दोषी ठहऱ्याउँछन्, त्यसले आफ्नो छिमेकीलाई दुई गुणा भर्ना तिरोस्! 10 यदि कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेड़ा वा कुनै पशु राख्न दिएको छ; र त्यो कसैले नदेखीकन मर्यो, त्यसलाई चोट लाग्यो वा त्यो हाँकेर लगियो भने, 11 त्यसले आफ्नो छिमेकीको सामानमा हात हालेको छैन भनी ती दुवैजनाको बीचमा परमप्रभुको शपथ रहोस्, अनि त्यसको धनीले यो कुरा स्वीकार गरोस्, र त्यसले भर्ना तिर्नुपर्दैन। 12 अनि त्यो कुरा साँच्ची नै त्यसकहाँबाट चोरिएको हो भने त्यसले त्यसको धनीलाई भर्ना तिरोस्! 13 यदि त्यो पशु पूरै च्यातचुत पारिएको छ भने त्यसले सबुतका निम्ति त्यो ल्याओस्, र त्यसले छिन्नभिन्न पारिएको पशुका निम्ति भर्ना तिर्नुपर्दैन।
14 अनि कुनै मानिसले आफ्नो छिमेकीबाट कुनै पशु पैंचो लियो, र त्यससँग त्यसको धनी नहुँदा त्यसलाई चोट लाग्यो वा त्यो मर्यो भने त्यसले निश्चय नै भर्ना तिरोस्! 15 तर त्यससँग त्यसको धनी छ भने त्यसले भर्ना तिर्नुपर्दैन; यदि त्यो भाड़ामा लिइएको हो भने त्यो त्यसकै भाड़ामा आउँछ।
16 यदि कुनै मानिसले मँगनी नभएकी कन्यालाई फकाई-फुस्लाई गरी उससँग कुकर्म गर्योक भने त्यसले निश्चय नै उसलाई आफ्नी स्वास्नी तुल्याउनका निम्ति मोल तिरोस्! 17 उसको बुबाले ऊ त्यसलाई बिलकुलै दिन मानेन भने कन्याहरूको मोलअनुसारख त्यसले पैसा तिरोस्!
18 तिमीले टुनामुना गर्ने स्त्रीलाईग जिउन नदिनू! 19 हरेक जसले पशुसँग कुकर्म गर्छघ, त्यो निश्चय नै मारियोस्! 20 जसले परमप्रभुका निम्ति बाहेक अरू कुनै ईश्वरका निम्तिङ बलि चढ़ाउँछ, त्यो बिलकुलै नाश पारियोस्!
21 तिमीले परदेशीलाई नसताउनू, न ता उसलाई थिचोमिचो गर्नू; किनकि तिमीहरू पनि मिस्र देशमा परदेशी थियौ।
22 तिमीहरूले कुनै विधवालाई वा टुहुरालाई कष्ट नदिनू! 23 यदि तिमीले तिनीहरूलाई कुनै रीतिले कष्ट दियौ भने, र तिनीहरूले कुनै प्रकारले मलाई पुकारे भने म निश्चय नै तिनीहरूको पुकार सुन्नेछु; 24 अनि मेरो क्रोध दन्कनेछ, र म तिमीहरूलाई तरवारले मार्नेछु; अनि तिमीहरूका स्वास्नीहरू विधवा हुनेछन्, र तिमीहरूका छोराछोरीहरू टुहुरा हुनेछन्।
25 यदि तिमीले मेरा जनहरूलाई – तिम्रो साथमा रहेको गरिबलाई ऋण दियौ भने उसका निम्ति तिमी ब्याज लिने नहुनू! तिमीले उसमाथि ब्याज नलगाउनू! 26 तिमीले कहीं आफ्नो छिमेकीको लुगा बन्धक-स्वरूप लिएका छौ भने घाम अस्ताउनुभन्दा पहिल्यैच तिमीले त्यो उसलाई फर्काइदिनू! 27 किनकि उसको एउटै मात्र ओढ्ने त्यही हो, उसको शरीरकोछ वस्त्र त्यही हो; ऊ केमा सुतोस्? अनि यस्तो हुनेछ: जब उसले मलाई पुकार्छ, तब म उसको पुकार सुन्नेछु; किनकि म अनुग्रहकारी छु।
28 तिमीले न्यायकर्ताहरूलाईज नधिक्कार्नू, न ता आफ्ना लोकहरूका शासकलाई सराप्नू!
29 आफ्नो फसलको भरपूरी र आफ्नो दाखरसबाट चढ़ाउन ढिलो नगर्नू! तिमीले आफ्ना छोराहरूमध्ये जेठाचाहिँ मलाई दिनू! 30 आफ्ना गाईगोरुहरू र आफ्ना भेड़ाबाख्राहरूसित तिमीले त्यस्तै गर्नू! सात दिनसम्म त्यो आफ्नो माउसँग रहोस्; आठौं दिनमा तिमीले त्यो मलाई दिनू!
31 अनि तिमीहरू मेरा निम्ति पवित्र मानिसहरू हुनू! मैदानमा पशुहरूले च्यातचुत पारेको मासु तिमीहरूले नखानू; त्यो तिमीहरूले कुकुरको अघि फालिदिनू!”