जीवनसम्बन्धी नियमहरू
21
“अब तिमीले तिनीहरूको सामु राख्नुपर्ने नियमहरू यिनै हुन्: 2 ‘तिमीले हिब्रू दासलाई किन्यौ भने त्यसले छ वर्षसम्म सेवा गरोस्; अनि सातौं वर्षमा त्यो केही नतिरीक स्वतन्त्र भएर जाओस्! 3 त्यो एकलै आएको छ भने त्यो एकलै निस्केर जाओस्; त्यसको विवाह भएको थियो भने त्यसकी स्वास्नी पनि त्योसित निस्केर जाओस्! 4 यदि त्यसको मालिकले त्यसलाई स्वास्नी दिएको हो भने, र यसले त्यसका निम्ति छोराहरू वा छोरीहरू जन्माएकी छ भने यो स्वास्नी र यसका छोराछोरीहरू यसका मालिकका होऊन्; तर त्योचाहिँ एकलै निस्केर जाओस्! 5 अनि यदि त्यस दासले ‘म मेरा मालिकलाई, मेरी पत्नी र मेरा छोराछोरीहरूलाई प्रेम गर्छु; म स्वतन्त्र भएर जानेछैनँ’ भनी सफासँग भन्यो भने, 6 त्यसको मालिकले त्यसलाई न्यायकर्ताहरूकहाँ ल्याओस्, अनि उसले त्यसलाई ढोकामा वा ढोकाको खाँबामा ल्याओस्; अनि त्यसको मालिकले त्यसको कान सुतारीले छेंड़ोस्, र त्यसले सधैंभरि उसको सेवा गरोस्!7 अनि कुनै मानिसले आफ्नी छोरीलाई दासी हुनका निम्ति बेच्छ भने त्योचाहिँ दासहरू निस्केझैं गरी निस्केर नजाओस्! 8 जुन मालिकले त्यसलाई आफ्नी स्वास्नी तुल्याएको थियो, उसको दृष्टिमा त्यो मन नपर्दी भई भने उसले त्यसलाई दाम तिरेर स्वतन्त्र हुनख देओस्; उसले त्यससँग विश्वासघात गरेको हुनाले त्यसलाई पराई जातिमा बेच्ने अधिकार ऊसित छैन। 9 अनि यदि उसले त्यसलाई आफ्नो छोराकी स्वास्नी तुल्यायो भने उसले त्यससँग छोरीहरूसित गरेझैं व्यवहार गरोस्! 10 यदि उसले आफ्ना निम्ति अर्की स्वास्नी ल्यायो भने उसले त्यसको भोजन, त्यसको वस्त्र र त्यसप्रतिको वैवाहिक कर्तव्य कम्ती नपारोस्! 11 अनि यदि उसले त्यसका निम्ति यी तीन कुराहरू गर्दैन भने त्यो केही पैसा नतिरी सित्तैंमा निस्केर जाओस्!
12 कसैले कुनै मानिसलाई हिर्कायो, र ऊ मर्यो भने त्यो निश्चय नै मारियोस्! 13 अनि त्यो मानिस जो ढुकेर बसेको थिएन, तर परमेश्वरले उसलाई त्यसको हातमा सुम्पनुभयो भने म तिम्रा निम्ति एउटा ठाउँ ठहऱ्याउनेछु, त्यहाँ त्यो भागेर जाओस्! 14 तर कोही मानिस दुःसाहसी भएर आफ्नो छिमेकीलाई छल गरेर मार्नलाई उसमाथि आइलाग्छ भने तिमीले त्यसलाई मेरै वेदीबाट लैजाऊ, र त्यो मरोस्!
15 अनि जसले आफ्ना बुबा वा आफ्नी आमालाई हिर्काउँछ, त्यो निश्चय नै मारियोस्! 16 अनि जसले कुनै मानिसलाई चोर्छ र उसलाई बेच्छ, अथवा ऊ त्यसको हातमा भेट्टाइयो भने त्यो निश्चय नै मारियोस्! 17 अनि जसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्छ, त्यो निश्चय नै मारियोस्!
18 अनि यदि मानिसहरूले आपसमा झगड़ा गरे, अनि एउटाले अर्कालाई ढुङ्गाले वा मुक्काले हिर्कायो, अनि यो मरेन, तर ओछ्यान पर्यो भने; 19 यदि ऊ फेरि उठ्यो र आफ्नो लाठीको सहारामा बाहिर यताउता हिँड़्यो भने उसलाई हिर्काउने मानिस निर्दोष ठहरियोस्! त्यसले केवल उसको ओछ्यान परेको समयको हानिको खर्च भरिदेओस्, र उसलाई बिलकुलै निको पारिदेओस्! 20 अनि यदि कुनै मानिसले आफ्नो दास वा आफ्नी दासीलाई लौराले हिर्कायो, र ऊ त्यसको हातबाट मर्यो भने त्यसलाई निश्चय नै दण्ड दिइओस्! 21 तर ऊ एक-दुई दिन बाँच्यो भने त्यसलाई दण्ड नदिइओस्; किनकि ऊ त्यसको पैसाग हो।
22 यदि मानिसहरूले झगड़ा गरे, अनि गर्भवती स्त्रीलाई चोट पारे,घ र उसको गर्भ तुह्यो, तर अरू हानि भएन भने यस स्त्रीको पतिले त्यसमाथि निर्धारित गरेअनुसार निश्चय नै त्यसले बिगो तिरोस्; अनि त्यसले न्यायकर्ताहरूले तोकेअनुसार देओस्! 23 तर कुनै हानि भयो भने तिमीले प्राणको बदलामा प्राण दिनू; 24 आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत, हातको बदलामा हात, खुट्टाको बदलामा खुट्टा; 25 जलेको डामको बदलामा जलेको डाम, घाउको बदलामा घाउ, कुटाइको बदलामा कुटाइ!
26 अनि यदि कुनै मानिसले आफ्नो दासको आँखामा वा आफ्नी दासीको आँखामा हिर्कायो, र त्यो नष्ट भयो भने उसले त्यसको आँखाको बदलामा त्यसलाई स्वतन्त्र भएर जान देओस्! 27 अनि यदि उसले आफ्नो दासको दाँत वा आफ्नी दासीको दाँत हिर्काएर झारिदियो भने उसले त्यसको दाँतको बदलामा त्यसलाई स्वतन्त्र भएर जान देओस्!
28 यदि कुनै गोरुले कुनै पुरुष वा स्त्रीलाई हान्यो, र तिनीहरू मरे भने त्यो गोरु निश्चय नै ढुङ्गाले हानियोस्, र त्यसको मासु नखाइयोस्, तर गोरुको धनीचाहिँ निर्दोष ठहरियोस्! 29 तर त्यस गोरुको पहिलेदेखि नै हान्ने बानी थियो, अनि यो कुरा त्यसको धनीलाई सुनाइएकोङ थियो, तर यसले त्यसलाई थुनामा राखेन, र त्यसले कुनै पुरुष वा स्त्रीलाई मार्यो भने त्यो गोरु ढुङ्गाले हानियोस्, साथै त्यसको धनी पनि मारियोस्! 30 यदि यस मानिसमाथि छुटकाराको दाम तोकियो भने यसमाथि जति तोकिएको छ, त्यति नै यसले आफ्नो प्राणको छुटकाराको दामको रूपमा देओस्! 31 चाहे त्यसले छोरालाई हानेको होस्, वा छोरीलाई हानेको होस्; यही न्यायअनुसार यस मानिससँग व्यवहार गरियोस्! 32 यदि त्यस गोरुले दासलाई वा दासीलाई हान्यो भने यसले तिनीहरूका मालिकलाई तीस शेकेलच चाँदी देओस्, र त्यो गोरुचाहिँ ढुङ्गाले हानियोस्!
33 अनि यदि कुनै मानिसले खाड़ल उघार्यो, वा कुनै मानिसले खाड़ल खनेर त्यसलाई छोपेन, र त्यसभित्र कुनै गोरु वा गधा खस्यो भने, 34 खाड़लको धनीले भर्ना तिरोस्; यसले त्यसको धनीलाई पैसा देओस्; अनि मरेको पशुचाहिँ यसैको होस्!
35 अनि एउटा मानिसको गोरुले अर्काको गोरुलाई हान्यो, र त्यो मर्यो भने तिनीहरूले जिउँदो गोरु बेचून् र त्यसको पैसा बाँडून्, अनि तिनीहरूले मरेको गोरुलाई पनि बाँडून्! 36 अथवा गोरुको पहिलेदेखि नै हान्ने बानी छ भनी जानिएको थियो, तर त्यसको धनीले त्यसलाई थुनामा राखेन भने यसले निश्चय नै गोरुको बदलामा गोरु देओस्, र मरेकोचाहिँ यसैको होस्!”