मोशाको जन्म
2
अनि एकजना लेवीको घरानाका मानिस गए, र लेवीकी छोरीलाई विवाह गरे।क 2 अनि ती स्त्री गर्भवती भइन् र एउटा छोरा जन्माइन्। अनि जब तिनले उसलाई सुन्दर देखिन्, तब तिनले उसलाई तीन महिनासम्म लुकाइन्। 3 अनि जब तिनले उसलाई अरू बढ़्ता लुकाउन सकिनन्, तब तिनले उसका निम्ति पटेरले बनेको एउटा कोक्रो ल्याइन्, त्यसमा चिप्लो माटो र अलकत्रा लगाइन् र त्यसभित्र त्यस बालकलाई राखिन्; अनि तिनले त्यो नील नदीको किनारमा पटेरहरूको बीचमा राखिन्। 4 अनि उसकी दिदीचाहिँ उसलाई के हुने हो, सो जान्नलाई टाढ़ामा उभिरही। 5 अनि फाराओकी छोरी नदीमा नुहाउन झरिन्; अनि तिनका सहेलीहरू नदीको किनारमा टहल्न लागे; अनि जब तिनले पटेरहरूको बीचमा त्यो कोक्रो देखिन्, तब तिनले आफ्नी दासीलाई त्यो लिन पठाइन्। 6 अनि जब तिनले त्यो खोलिन्, तब तिनले त्यस बालकलाई देखिन्; अनि हेर, त्यो बालक रोइरहेको थियो। अनि उसप्रति दयाले भरिएर तिनले भनिन्: “यो हिब्रूहरूका छोराहरूमध्ये एउटा हो।” 7 तब उसकी दिदीले फाराओकी छोरीलाई भनी: “के म जाऊँ, र तपाईंका निम्ति हिब्रू स्त्रीहरूबाट कुनै एउटी धाईलाई बोलाऊँ, र त्यसले तपाईंका निम्ति यस बालकलाई दूध खुवाओस्?” 8 अनि फाराओकी छोरीले त्यसलाई भनिन्: “जाऊ!” अनि त्यो केटी गई, र यस बालककी आमालाई बोलाई। 9 अनि फाराओकी छोरीले तिनलाई भनिन्: “यस बालकलाई लैजाऊ, र मेरा निम्ति यसलाई दूध खुवाउने गर! अनि म तिमीलाई तिम्रो ज्याला दिनेछु।” अनि ती स्त्रीले त्यस बालकलाई लगिन्, र उसलाई दूध खुवाउने गरिन्। 10 अनि बालक ठूलो भयो, र तिनले उसलाई फाराओकी छोरीकहाँ लगिन्, अनि ऊ तिनको छोरो भयो। अनि तिनले उसको नाम ‘मोशा’ख राखिन्; अनि तिनले भनिन्: “किनभने मैले उसलाई पानीबाट निकालें।”मोशा मिद्यानमा भागे
11 अनि ती दिनहरूमा यस्तो भयो: जब मोशा ठूला भए, तब उनी आफ्ना दाजुभाइहरूकहाँ गए, र तिनीहरूका दु:खहरूग हेरे। अनि एक मिस्री मानिसले एक हिब्रू मानिसलाई अर्थात् आफ्ना दाजुभाइहरूमध्ये एकजनालाई कुटिरहेको उनले देखे। 12 अनि उनले यता र उता हेरे, र जब उनले कोही मानिसलाई देखेनन्, तब उनले त्यस मिस्रीलाई मारे र त्यसलाई बालुवामा लुकाए। 13 अनि भोलिपल्ट उनी बाहिर निस्के; तब हेर, दुई हिब्रू मानिसहरू झगड़ा गरिरहेका थिए; अनि उनले दोषीचाहिँलाई भने: “तिमी किन आफ्ना छिमेकीलाई हिर्काउँछौ?” 14 तब त्यसले भन्यो: “कसले तिमीलाई हामीमाथि शासक र न्यायकर्ता ठहरायो? जसरी तिमीले त्यस मिस्रीलाई मार्यौ, के तिमी त्यसरी नै मलाई मार्न चाहन्छौ?” अनि मोशा डराए, र भने: “निश्चय नै यो कुरा थाहा भएछ।”
15 अनि जब फाराओले यो कुरा सुने, तब तिनले मोशालाई मार्न खोजे। तर मोशा फाराओको सामुबाट भागेर गए, र मिद्यान देशमा बस्न लागे; अनि उनी एउटा इनारको छेउमा बसे। 16 अब मिद्यानका पूजाहारीका सातजना छोरीहरू थिए। अनि तिनीहरू आए, पानी भरे र आफ्ना बुबाका बगाललाई पानी खुवाउन डुँड़हरू भरे। 17 तब गोठालाहरू आए, र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, अनि तिनीहरूका बगाललाई पानी खुवाए। 18 अनि जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए, तब तिनले भने: “आज तिमीहरू यति चाँड़ै कसरी आयौ?” 19 अनि तिनीहरूले भने: “एकजना मिस्री मानिसले हामीलाई गोठालाहरूको हातबाट छुटाए, र हाम्रा निम्ति प्रशस्त पानी भरि पनि दिए, अनि बगाललाई पानी खुवाए।” 20 अनि तिनले आफ्ना छोरीहरूलाई भने: “अनि उनी कहाँ छन्? तिमीहरूले ती मानिसलाई किन छोड़िराख्यौ? उनलाई बोलाओ, र उनले रोटी खाऊन्!” 21 अनि मोशा ती मानिससित बस्न राजी भए; अनि तिनले आफ्नी छोरी सिप्पोरा मोशालाई दिए। 22 अनि तिनले एउटा छोरा जन्माइन्, र उनले उसको नाम ‘गेर्शोम’घ राखे; किनकि उनले भने: “म पराई देशमा परदेशी भएको छु।”
23 अनि धेरै समय बितेपछि यस्तो भयो: मिस्रका राजा मरे। अनि इस्राएलीहरूले दासत्वको कारण सुस्केरा हाले; अनि उनीहरू चिच्च्याए, र दासत्वको कारणलेङ उनीहरूको चिच्च्याहट परमेश्वरकहाँ पुग्यो। 24 अनि परमेश्वरले उनीहरूको ऐया-आत्थाच सुन्नुभयो; अनि परमेश्वरले अब्राहाम, इसहाक र याकूबसँग बाँध्नुभएको आफ्नो वाचा सम्झनुभयो। 25 अनि परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लाउनुभयो, र परमेश्वरले उनीहरूको वास्ता गर्नुभयो।