8
परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो । ग्रीष्म ऋतुको फलको एउटा डालो हेर ।2 उहाँले भन्नुभयो, “आमोस, तँ के देख्छस् ?” मैले भनेँ, “ग्रीष्म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्नुभयो, “मेरा मानिसहरू, इस्राएलको निम्ति अन्त्य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।3 त्यो दिनमा मन्दिरका गीतहरू रुवाबासीमा बद्लिनेछन् - यो परमप्रभु परमेश्वरको घोषणा हो - धेरै लाशहरू जताततै फलिनेछन् ! शान्त हो !4 खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।5 तिनीहरू भन्छन्, “औँसी कहिले समाप्त हुन्छ, ताकि हामीहरूले फेरि अन्न बेच्न सकौँ ? शबाथ दिन कहिले समाप्त हुन्छ, ताकि हामीले गहूँ बेच्न सकौँ ? हामीले झूटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौँ र मूल्यलाई बढाउनेछौँ ।6 यसरी नै हामीले खराब गहूँ बेच्न सक्छौँ, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्न सक्छौँ ।7 परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।8 त्यसको निम्ति जमिन काम्नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र ? त्यसको सबै थोक नील नदीझैँ माथि उठ्नेछ, र मिश्रको नदीझैँ त्यो छचल्किनेछ र डुब्नेछ ।9 “यो परमप्रभु परमेश्वरको घोषणा हो - त्यो दिन यस्तो हुनेछ, सूर्यलाई दिउँसै अस्ताउने म बनाउनेछु, र पृथ्वीलाई मध्यदिनमा नै अँध्यारो म बनाउनेछु ।10 तिमीहरूका चाडहरूलाई विलापमा, अनि तिमीहरूका सबै गीतलाई रुवाइमा म बदल्नेछु । तिमीहरू सबैलाई भाङ्ग्रा लाउने, र हरेकलाई कपाल खौरने म बनाउनेछु । एक मात्र छोराको निम्ति विलाप गरेझैँ, र त्यसको अन्त्यमा तीतो म बनाउनेछु ।11 हेर, यस्ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्यो परमप्रभुको वचन सुन्ने कुराको हो ।12 परमप्रभुको वचन खोज्नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् ।13 त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्च्छा हुनेछन् ।14 सामरियाको पापमा शपथ खानेहरू र ‘ए दान, तेरो देवता जीवित भएझैँ’, र ‘बेर्शेबाको देवता जीवित भएझैँ’ भनेर भन्नेहरू, तिनीहरू पतन हुनेछन् र फेरि कहिल्यै उठ्नेछैनन् ।”