7
परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो । हेर, वसन्त ऋतुको बाली मौलाउनै लाग्दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, यो चाहिँ राजाको कटनी पछिको बाली थियो ।2 जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्यसपछि मैले भनेँ, “परमप्रभु परमेश्वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्नेछ ? किनकि त्यो त धेरै सानो छ ।3 परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्नुभयो, “यस्तो हुनेछैन ।4 अनि परमप्रभु परमेश्वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भस्म पार्न सक्थ्यो ।5 तर मैले भनेँ, “परमप्रभु परमेश्वर, कृपया रोक्नुहोस् । याकूब कसरी बाँच्नेछ ? किनकि त्यो त धेरै सानो छ ।6 परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्वरले भन्नुभयो, “यो पनि हुनेछैन ।7 उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।8 परमप्रभुले मलाई भन्नुभयो, “आमोस, तैँले के देखिस् ?” मैले भनेँ, “एउटा साहुल ।” परमप्रभुले भन्नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बीचमा म एउटा साहुल राख्नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।9 इसहाकका उच्च ठाउँहरू नष्ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहसनहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्धमा खडा हुनेछु ।10 तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा षड्यन्त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्दैन ।11 किनकि आमोसले यसो भन्यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ’ ।12 अमस्याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।13 तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र स्थान र एउटा राजकीय घराना हो ।14 अनि आमोसले अमस्याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अञ्जीरका रूखहरूको रेखदेख गर्छु ।15 तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्नुभयो, ‘जा, मेरा मानिसहरू, इस्राएलको निम्ति अगमवाणी गर् ।’16 अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’17 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘तेरी पत्नी सहरमा वेश्या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ’ ।”