9
मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्यो ! किनकि मेरा मानिसहरूका छोरीको बीचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।2 उजाड-स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्यो, म आफ्ना मानिसहरूलाई त्‍याग्‍न त्‍यहाँ जान सक्थे । तिनीहरूलाई मैले छोड्न सके हुन्‍थ्यो, किनकि सबै व्यभिचारी, विश्‍वासघातीको जमात हुन् !3 परमप्रभु घोषणा गर्नुहुन्‍छ, "आफ्ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्‍दैनन् ।4 तिमीहरू हरेक आ-आफ्नो छिमेकीदेखि होशियार बस, र आफ्नो कुनै भाइमाथि भरोसा नगर । किनकि हरेक भाइ निश्‍चय नै छली हो, र हरेक छिमेकी बदख्‍वाइँ गर्दै हिँड्छ ।5 हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।6 तेरो वासस्थान छलको बीचमा छ । आफ्नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।7 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, "मैले तिनीहरूलाई खार्न र जाँच्‍न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्‍यसको लागि म अरू के गर्न सक्छु र ?8 तिनीहरूका जिब्रा तीखा काँडहरू हुन् । तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् । आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्‍तिको घोषणा तिनीहरूले गर्छन्, तर तिनीहरूका हृदयले चाहिँ तिनीहरूलाई ढुकेर बस्छन् ।9 के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने ? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त ?10 म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्‍यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।11 त्‍यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।12 यसलाई बुझ्‍न कुनचाहिँ मानिस साँच्‍चै बुद्धिमानी छ ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्‍यसले यो घोषणा गर्नेछ ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थान जस्‍तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन ?13 परमप्रभु भन्‍नुहुन्‍छ, "मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्‍यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्‍यसद्वारा नहिँडेका हुनाले यस्तो भएको हो ।14 तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिँडेका हुनाले र आफ्ना पुर्खाहरूले सिकाएझैँ गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।15 त्‍यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, "हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।16 त्‍यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितर-बितर पार्नेछु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।17 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ, "यस विषयमा विचार गरः मृत्‍यु संस्कारका गीत गाउनेहरूलाई बोलाओ । तिनीहरू आऊन् । विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ । तिनीहरू आऊन् ।18 तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।19 किनकि सियोनमा विलापको स्‍वर सुनिएको छ, 'हामी कसरी तहस-नहस भएका छौँ । हामी ज्‍यादै लज्‍जित भएका छौँ । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौँ ।'20 त्‍यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्‍देशमा ध्‍यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्कारको गीत सिकाओ ।21 किनकि मृत्‍यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्‍छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ ।22 यसो भन, "यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैँ र बाली काट्नेहरूले छाडेका सिलाबालाझैँ छोडिनेछन्, र ती जम्मा गर्ने कोही हुनेछैन ।23 परमप्रभु यसो भन्‍नुहुन्‍छ, "बुद्धिमान् मानिसलाई आफ्नो बुद्धिमा वा योद्धालाई आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसलाई आफ्ना धनमा घमण्ड गर्न नदेओ ।24 किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने, त्‍यसले यस कुरामा गरोस् कि उसित अन्‍तर्दृष्‍टि छ र मलाई चिन्‍छ । किनकि म परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी, न्‍याय र धार्मिकतामा काम गर्छु । किनकि यी नै कुरामा म प्रसन्‍न हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।25 यो परमप्रभुको घोषणा हो, हेर, दिनहरू आउँदैछन्, जति बेला म शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु ।26 म मिश्र, यहूदा, एदोम, अम्मोन, मोआब र शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसहरूलाई दण्ड दिनेछु । किनकि यी सबै जाति बेखतनाका हुन्, र इस्राएलका सबै घरानासित बेखतनाको हृदय छ ।"