64
ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्‍थ्यो ! तपाईंको उपस्थितिमा पहाडहरू काम्‍ने थिए,2 जसरी आगोले झिँजामिजा जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त , तपाईंको उपस्थितिमा जातिहरू काम्‍ने थिए ।3 पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहाडहरू कामे ।4 प्राचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्‍वरलाई देखेको छन्, जसले आफ्नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्‍छ ।5 जे ठीक छ त्‍यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्‍छ । हामीले पाप गर्दा तपाईं रिसाउनुभयो । तपाईंका मार्गहरूमा हामी सधैँ बचाइनेछौँ ।6 किनकि हामी सबै अशुद्धझैँ भएका छौँ र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैँ भएका छन् । हामी सबै पातहरू झैँ ओइलाएका छौँ । हावाले झैँ हाम्रा अपराधहरूले हामीलाई उडाएर लान्‍छन् ।7 तपाईंको नाउँ पुकार्ने कोही छैन, तपाईंलाई समात्‍ने कोसिस गर्ने कोही छैन । किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ र हाम्रा अधर्महरूका हातमा हामीलाई बेकम्मा बनाउनुभएको छ ।8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । हामी माटो हौँ । तपाईं हाम्रो कुमाले हुनुहुन्‍छ । अनि हामी सबै तपाईंको हातका काम हौँ ।9 हे परमप्रभु, हामीसँग ज्‍यादै नरिसाउनुहोस्, न त सधैँ हाम्रो विरुद्धमा हाम्रा पापहरूलाई मनमा याद गर्नुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ ।11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्‍दर मन्‍दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।12 हे परमप्रभु, तपाईं कसरी अझै पछि हट्नुहुन्‍छ ? तपाईं कसरी शान्‍त बस्‍न र हामीलाई निरन्‍तर अपमानित हुन दिनुहुन्‍छ ?