51
तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।3 हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्थानलाई अदनझैँ, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैँचाझैँ उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।4 "ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।5 मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्ति तिनीहरू उत्सुकतासाथ आशा गर्नेछन् ।6 आफ्ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैँ हराएर जानेछ, पृथ्वी लुगाझैँ फाटेर जानेछ र त्यसका बासिन्दाहरू झिँगाझैँ मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।7 ठीक कुरा जान्ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।8 किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैँ औँसाले तिनीहरूलाई खानेछ । तर मेरो धार्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैँ जागा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्न र, जसले अजिङ्गरलाई छेड्नुभयो ?10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनुभएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र ?11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको स्वर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्नेछ, र कष्ट र शोक भाग्नेछन् ।12 "तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्नेछन्, जसलाई घाँस जस्तै बनाइनेछन् ?13 परमप्रभु आफ्ना सृष्टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिँजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो ? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्यसको कडा क्रोधको त्रासमा निरन्तर परेका छौ । अत्याचारीको क्रोध कहाँ छ ?14 जो झुकेको छ, परमप्रभुले मुक्त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।15 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्नुहुन्छ ताकि त्यसको छालहरू गर्जून् - उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।16 मैले आफ्नो वचन तेरो मुखमा हालेको छु, र आफ्नो हातको छाँयाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्न सकूँ, पृथ्वीको जगहरू बसाल्न सकूँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्न सकूँ ।17 ए यरूशलेम जाग, जाग, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।18 त्यसलाई डोर्याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्याउनलाई त्यसले हुर्काएको सबै छोराहरूमध्ये कोही पनि छैनन् ।19 तँमाथि वियोग र विनाश, अनिकाल र तरवार - यी दुई कष्टहरू आइपरेका छन् - तँसँग कसले शोक गर्नेछ ? तँलाई कसले सान्त्वना दिनेछ ?20 तेरा छोराहरू मूर्च्छा परेका छन् । जालमा परेको चित्तलझैँ तिनीहरू हरेक गल्लीको कुनाहरूमा ढल्नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्वरको हप्कीले तिनीहरू भरिएका छन् ।21 तर अब यो कुरा सुन, तँ अत्यचारमा परेको र मात्तिएको, तर दाखमद्यले मात्तेको होइनः22 परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, "हेर्, मैले तेरो हात धरमराउने कचौराबाट - मेरो क्रोधको कचौराबाट लिएको छु, ताकि तैँले फेरि त्यो पिउनेछैनस् ।23 तँलाई सताउनेहरूका हातमा त्यो म राख्नेछु, जसले तँलाई भनेका छन्, 'भुइँमा सुत्, ताकि तँमाथि हामी हिँडौँ।' तिनीहरूलाई हिँड्न तैँले आफ्नो ढाडलाई जमिन र बाटोझैँ बनाइस् ।"