50
परमप्रभु यसो भन्‍नुहुन्‍छ, "मैले तेरी आमालाई दिएको त्‍यागपत्रको प्रमाणपत्र कहाँ छ ? मेरो कुनचाहिँ ऋणीकहाँ मैले तँलाई बेचेँ ? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।2 म आउँदा त्‍यहाँ किन कोही पनि थिएन ? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन ? के मोल तिरेर छुटाउन मेरो हात धेरै छोटो भएको थियो र ? के तिमीहरूलाई छुटाउन ममा कुनै शक्ति थिएन र ? हेर, मेरो हप्कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुक्‍खा बनाउँछु । पानीको कमीले त्‍यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।3 आकाशलाई म अन्धकारले ढाक्‍नेछु । त्‍यसलाई म भाङ्‌ग्राले ढाक्‍नेछु।4 परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्तिको जस्‍तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्‍हाल्ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्‍छ । सिकाइएकाहरूका जस्ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्नुहुन्‍छ ।5 परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिठिउँ नै फर्काएँ ।6 मलाई पिट्नेहरूलाई मैले आफ्नो ढाड र मेरा दाह्री उखेल्नेहरूलाई आफ्ना गाला दिएँ । लाज र थुकाइका कामहरूबाट मैले आफ्नो मुख लुकाइन ।7 किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्‍यसैले मैले आफ्नो मुहार चक्मक ढुङ्‌गाझैँ बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्‍दछु ।8 मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्‍छ । कसले मेरो विरोध गर्छ र ? हामी खडा हौँ र एक-अर्कासँग भिडौँ । मलाई दोष लगाउने को हो ? त्‍यो मेरो नजिक आओस् ।9 हेर्, परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ । मलाई कसले दोषी घोषणा गर्नेछ ? हेर, ती सबै लुगाझैँ फाटेर जानेछन् । कीराले तिनलाई खानेछ ।10 तिमीहरूमध्‍ये कसले परमप्रभुको भय मान्‍छ रन? उहाँको सेवकको आवाज कसले पालन गर्छ र ? घोर अन्धकारमा उज्‍यालोबिना को हिँड्छ र ? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्‍वरमा नै भर पर्नुपर्छ ।11 हेर, आगो बाल्ने र आफैलाई राँकोले सुसज्‍जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्‍यालोमा र आफूले बालेका राँकोमा हिँड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ ।