46
बेल झुक्छ, नेबो निहुरिन्‍छ । तिनीहरूका मूर्तिहरूलाई जनावरहरू र भारी बोक्‍ने पशुहरूले बोक्छन् । तिमीहरूले बोक्‍ने यी मूर्तिहरू थकित पशुहरूका निम्ति गह्रौँ भारी हुन्‍छन् ।2 तिनीहरू एकसाथ झुक्छन् र घुँडा टेक्छन् । तिनीहरूले मुर्तिहरूलाई छुटकारा दिन सक्दैनन् र तिनीहरू आफै कैदमा गएका छन् ।3 ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्‍म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।4 तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्ने बेलामा पनि म तिमीहरूलाई बोक्‍नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्‍नेछु । म तँलाई बोक्‍नेछु र म तँलाई छुटकारा दिनेछु ।5 मलाई कोसँग तुलना गर्नेर्छस् ? म को जस्‍तो छु जस्‍तो लाग्छ ताकि हामीलाई तुलना गर्न सकियोस्?6 मानिहरूले झोलाबाट सुन खन्‍याउँछन् र चाँदीलाई तराजुमा जोख्‍नेछन् । तिनीहरूले सुनारलाई ज्‍यालामा लिन्‍छन् र त्‍यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्‍यसको सामु घोप्‍टो पर्छन् र त्‍यसको पूजा गर्छन् ।7 तिनीहरूले त्‍यसलाई आफ्नो काँधमा राख्छन् र त्‍यो बोक्छन् । तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् र त्‍यो त्‍यहाँ खडा हुन्‍छ र त्‍यो हलचल गर्दैन । तिनीहरू त्‍यससँग पुकारा गर्छन्, तर त्‍यसले जवाफ दिन सक्दैन न कुनै व्यक्तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ ।8 ए विद्रोहीहरू, यी कुराहरूका बारेमा विचार गर । तिनलाई कदापि बेवास्ता नगर ।9 पहिलेका कुराहरू अर्थात् विगतका समयहरूका बारेमा विचार गर, किनकि म परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन । म परमेश्‍वर हुँ र म जस्‍तो अरू कोही छैन ।10 सुरुदेखि नै म अन्‍तको बारेमा, अनि अझसम्म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्छु । म भन्‍छु, "मेरो योजना पूरा हुनेछ र मलाई जस्‍तो इच्‍छा लाग्छ त्‍यस्तै म गर्नेछु ।11 शिकारी चरालाई म पूर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पूरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्‍यो पूरा गर्नेछु ।12 ए हठी मानिसहरू, मेरो कुरा सुन, जो ठीक कुरा गर्नबाट टाढै बस्छौ ।13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।