43
तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिँड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।3 किनकि म परमप्रभु तेरो परमेश्वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्र देशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बदलामा दिएको छु ।4 तँ मेरो दृष्टिमा मूल्यवान् र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र तेरो जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिनेछु ।5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पूर्वबाट ल्याउनेछु र तँलाई पश्चिमबाट जम्मा पार्नेछु ।6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्पिदे' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्' भन्नेछु । मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्याओ ।7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बाहिर ल्याओ ।9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो ? तिनीहरूलाई ठीक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्टि गरून् ।10 परमप्रभु घोषणा गर्नुहुन्छ, "तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । म भन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र नता मपछि कुनै ईश्वर हुनेछ ।11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ", परमप्रभु घोषणा गर्नुहुन्छ ।13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुटाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र ?14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, "तिमीहरूका निम्ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको स्वरमा बदली गर्नेछु ।15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।"16 परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैँ ती निभाइन्छन् ।)18 "यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पूरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बनाउनेछु ।20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र शुतुरमुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभूमिमा नदीहरू दिन्छु,21 यी मानिसहरू जसलाई मैले आफ्नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।22 तर ए याकूब, तैँले मलाई पुकारेको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।23 तैँले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।24 तैँले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैँले मलाई आफ्ना पापहरूले भार थोपरेको छस्, तैँले मलाई आफ्ना दुष्ट कामहरूले थकित बनाएको छस् ।25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्नै निम्ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्नो मनमा राख्नेछैनँ ।26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौँ । तेरो मुद्दा पेश गर्, ताकि तँ निर्दोष साबित हुन सक्छस् ।27 तेरो पहिलो बुबाले पाप गर्यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्धमा अपराध गरेका छन् ।28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पूर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपूर्ण निन्दाको निम्ति सुम्पनेछु ।"