32
हेर, एक जना राजाले धार्मिकतामा राज्य गर्नेछन् र शासकहरूले न्यायमा राज्य गर्नेछन् ।2 प्रत्येक व्यक्ति हावाबाट बच्ने ठाउँ जस्तै, र आँधीबाट शरण लिने ठाउँ जस्तै, सुक्खा ठाउँको पानीको धारहरू जस्तै, थकानको देशमा भएको ठूलो चट्टानको छायाँ जस्तै हुनेछ ।3 तब हेर्नेहरूका आँखा धमिलो हुनेछैनन् र सुन्नेहरूका कानले ध्यानपूर्वक सुन्नेछन् ।4 हडबडेले समझदार भएर होशियारसाथ विचार गर्नेछ, अनि भकभकेले प्रष्टसँग र सजिलोसँग बोल्नेछ ।5 मूर्खलाई कदापि आदरणीय भनिनेछैन न छलीलाई चरित्रवान् भनिनेछ ।6 किनकि मूर्खले मूर्खताको कुरा गर्छ, उसको मनले दुष्ट र अधर्मी कामहरूका योजना बनाउँछ र उसले परमप्रभुको विरुद्धमा गलत किसिमले बोल्छ । उसले भोकाएकोलाई रित्तो बनाउँछ र तिर्खाएकोलाई पानीको कमी तुल्याउँछ ।7 छलीका विधिहरू खराब हुन्छन् । गरीबले ठीक कुरा भने पनि उसले गरीबलाई विनाश पार्ने दुष्ट योजनाहरू बनाउँछ ।8 तर आदरणीय मानिसले आदरणीय योजना बनाउँछ । अनि उसको आदरणीय कामहरूको कारणले नै ऊ खडा रहन्छ ।9 ए चैनमा बसेका स्त्रीहरू, खडा होओ र मेरो स्वरलाई सुन । ए चिन्ता नभएका छोरीहरू, मेरो कुरा सुन ।10 किनकि ए चिन्ता नभएका स्त्रीहरू, एक वर्ष भन्दा केही बढी समयमा तिमीहरूको दृढतालाई तोडिनेछ, किनकि दाखको कटनी बितेर जानेछ, फसल जम्मा गर्ने समय आउनेछैन ।11 ए चैनमा बस्ने स्त्रीहरू, थरथर होओ । ए निर्धक्क हुनेहरू, घबराओ । आफ्ना राम्रा पोशाकहरू फुकाल र आफैलाई नाङ्गो पार । आफ्ना कम्मरको वरिपरि भाङ्ग्रा लगाओ ।12 राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।13 मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।14 किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।15 माथिबाट हामीमा आत्मा नखन्याइएसम्म र उजाड-स्थान एउटा फलदायी खेत नभएसम्म र फलदायी खेतलाई एउटा जङ्गलझैँ नसोचेसम्म ।16 तब न्यान उजाड-स्थानमा वास गर्नेछ । अनि धार्मिकताचाहिँ फलदायी खेतमा वास गर्नेछ ।17 धार्मिकताको कामचाहिँ शान्ति हुनेछ । अनि धार्मिकताको परिणामचाहिँ सदासर्वदा शान्ति र दृढता हुनेछ ।18 मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा वास गर्नेछन् ।19 तर असिना परे पनि र जङ्गल नाश भए पनि र सहरलाई पूर्ण रूपमा निर्मूल पारिए पनि,20 तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित् हुनेछौ ।