31
सहायताको निम्ति मिश्र देशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असङ्‌ख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार ! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्‍छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।3 मिश्र देश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्नो हात पसार्नुहुन्‍छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिँ ढल्नेछ । दुवै एकसाथ नाश हुनेछन् ।4 परमप्रभुले मलाई यसो भन्‍नुहुन्‍छ, "गोठालाहरूका समूह आफ्नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्नो शिकारमाथि गर्जेर झम्टन्‍छ तर तिनीहरूका स्‍वर सुनेर डराउँदैन, न तिनीहरूका स्‍वर सुनेर भाग्छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्‍यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।5 गुँडको रक्षा गर्ने चराले झैँ परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।6 ए इस्राएलका मानिसहरू हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।7 किनकि त्‍यो दिनमा तिमीहरूका आफ्नै हातले पापपूर्ण किसिमले बनाएका चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरूबाट प्रत्‍येक व्यक्ति मुक्त हुनेछ ।8 अश्शूर तरवारले ढल्नेछ । मानिसले नचालाएको तरवारद्वारा त्‍यो नाश हुनेछ । त्‍यो तरवारबाट भाग्‍नेछ र त्‍यसका जवान मानिसहरूलाई सित्तैका काम गर्न लगाइनेछ ।9 त्रासको कारणले तिनीहरू सबैले दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्‍यसका शासकहरू डराउनेछन् - यो परमप्रभुको घोषणा हो - जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।"