27
त्‍यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन्, गुँडुली पर्ने सर्प लिव्यातन्‌लाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्‍यलाई उहाँले मार्नुहुनेछ ।2 त्‍यस दिनमाः दाखमद्यको दाखबारीले यो गीत गाउँछ ।3 "म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।4 म रिसाएको छैन, ओहो, त्‍यहाँ सिउँडी र काँडाहरू थिए भने ! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जाने थिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउने थिएँ ।5 तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।6 आउने दिनहरूमा, याकूबले जरा हाल्नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।7 याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र ? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैँ के तिनीहरू मारिएका छन् ?8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठीक त्‍यस्तै किसिमले व्यवहार गर्नुभएको छ । पूर्वीय बतासका दिनमा झैँ आफ्नो डरलाग्दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।9 यसैले यसरी याकूबको अपराधको प्रायश्‍चित गरिनेछ, किनकि यही नै त्‍यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्‌गाहरूलाई खरी ढुङ्‌गा जस्‍तै बनाउनुहुनेछ र टुक्राटुक्रा पार्नुहुनेछ, अनि त्‍यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।10 किनकि किल्लाबन्‍दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्थानझैँ उजाड पारिएको र त्‍यागिएको छ । त्‍यहाँ बाछा चर्छ, पल्टन्‍छ र त्‍यसको हाँगाहरू खान्‍छ ।11 जब हाँगाहरू सुक्छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्‍यसबाट आगो बाल्नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।12 त्‍यो दिन यस्तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्र देशको खोलासम्म अन्‍न चुट्नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्मा गर्नुहुनेछ ।13 त्‍यस दिन एउटा ठूलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍ट भइरहेकाहरू र मिश्र देशमा निष्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।