20
अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाउँदा, तिनी आएको वर्षमा, तिनले अश्दोदको युद्ध लडे र त्‍यसलाई कब्जा गरे ।2 त्‍यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्‍नुभयो, "जा र तेरो कम्मरबाट भाङ्‌ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।" नाङ्‌गो भएर र खाली खुट्टाले हिँडेर तिनले त्‍यसो गरे ।3 परमप्रभुले भन्‍नुभयो, "जसरी मेरो सेवक यशैया तीन वर्षसम्म नाङ्‌गै र खाली खुट्टाले हिँडेका छन्, यो मिश्र देश र कूशको निम्ति चिन्ह र शकून हो -4 यसरी नै अश्शूरका राजाले मिश्र देशका कैदीहरू र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्र देशलाई लाजमा पार्न नाङ्‌गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ ।5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्र देशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् ।6 यी समुद्री तटका बासिन्‍दाहरूले त्‍यस दिन भन्‍नेछन्, 'साँच्‍चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्‍नलाई हामी भाग्यौँ, र अब हामी कसरी उम्किन सक्छौँ र ?' "